टेक बहादुर कुँवर पश्चिम नेपालको पहाडी जिल्ला अछाम झकाले गाउँमा २०४2 सालमा जन्मिएको हुँ । जिवनमा चाहिने गाँसबास र कपासका साथै शिक्षाजस्त्ँै आधारभूत कुराको अभाव त कहिल्यै थिएन । परिवार कृषक नभएर व्यापारिक भएका कारणले होला काममा कहिल्यै संघर्ष गर्नुपरेन ।
म सानो छदाकेहि वर्ष घरमा बसे पछि पसलमा वुबा संग बस्न थाले । पसल नजीकै भारतको बिहारका कृपा नन्द झा भन्ने शिक्षक बस्नुहुन्थो । उहाले क ख …।सिकाउनुभयो । त्यत्तिखेर कपीमा लेख्न दिइन्नयो कालो पाटी भन्ने सिलोटा हुन्यो त्यसैमा लेख्ने गथे । मलाई त्यत्तिखेर आफूभन्दा ठुलो कक्षाको दाइहरुले माया गनुहुन्यो किनभने सबैभन्दा सानो थिए त्यहा पढ्नेमा । हाम्रो घरमा दाजुहरुसबै आवासिय निजी विद्यालयमा अध्यनरत हुनुहन्यो । कान्छो भएुरहोला घरको सोभा पुलपुलाएको थिए म । दोकान देखि विद्यालय ५ मिनेट लाग्दथ्यो ।
त्यत्तिखेरको मेरो नास्ता भनेको एक कप चिया र रु।२ पर्ने चमेना बिस्कुट थियो । म सानोमा लुगामा लगाउने बटनको घुच्ची पछिगएर पसबाट सिक्का चोरेर खोपी खेल्थे । कक्षा ३ मा पढ्दा मैले एक जना टाढाबाट पढ्न आउने साथीलाइ पिटेको के थिए उसले दोकानमा गएर वुवालाई भनिदीएछ मलाई बुवाले बोरामा हालेर कपडा नाप्ने मिटरले पिट्नु भएको अहिले सम्म याद आइरहन्छ । पढाइ थालनी क॥ख देखि प्राथमिक तहसम्म त राम्रै प्रथम दि्रतिय सम्म भइन्यो । पछि पसलमा बस्ने सामान लिन जानुपर्ने भएका कारणे गर्दा पनि पढाइमा कमजोर भएको सक्छहोला । बाल्यकाल देखि श्री त्रिपुरा सुन्दरी मा।वि मा पढाइ सुरुगरेदेखि उच्च शिक्षा पनि त्यहिबाट हासिल गरे । सान्ौ उमेरदेखि पसलमा बस्ने गरेकोले रुपैयाको आवश्यकता पर्देनथ्यो आवश्यक जति पसलबाट लिने गदर्थे । त्यहि बानीले गर्दा पछि त फजुल खर्च गर्ने बानीबढ्न पो थालेछ कहिलेकाही पैसानहुदा पसलबाट चोरेर खर्च गर्न पनि थालीएछ । म कक्षा ७ पढ्दा साथीहरु मलाई जिस्काएका थिए मैले उनीहरुसंग झगडा गरेछु अनि संस्कृत पढाउने भण्डारी सरले मलाई अपिसमा लगेर पात्तीको लट्ठीले पिटेको झल्भल्ली याद आइरहन्छ । त्यतिखेर अलिधेरै चाचले स्वभाबको थिए म । त्यसदिन देखि मैले कसैसंग पनि झगडा गरेन । म निमावीमा पढ्दा अली अली छुकछुके पनि थिए । त्यहिबानीले मलाइ टेस्ट परीक्षामा २ विषय लागेको थियो एस एल सी मा म तेस्रो श्रेणीमा पास भएछु जम्मा ८९ विद्यार्थीमा म लगाएत ७ जना मात्र नियमीत तर्फबाट पास भयौ । कस्तो विडम्मबना मैले एस एल सी पास गरेकै बर्ष २०६० सालमा बुवा स्वगबास हुनुभयो । जेठो दाइ पहिलादेखि नै धनगडीमा बस्नुहुन्यो । माइलो घरमा र साइलो दाजु काठमाण्डौमा बस्नुहुन्यो । म माइलो दाजु ममी र १ बहिनी र २ दिदी घरमा थियौ । बुवाको निधन भएकोले पसलमा बस्ने कोहि नभएकोले मैले उच्च शिक्षा पढ्नलाई गाउ भन्दा बाहिरको क्याम्पसमा पढ्ने अवसर पाएन किनभने घरभित्र देखि घर बाहिरको कारोवार हेर्नुपर्ने भएको सम्पूर्ण जीम्वेबारी म माथि नै आइपयो । जहा बाट मैले आधारभूत शिक्षादेखि लिएर माध्यामीक शिक्षा हासिल गरे त्यहि विद्यालय २ शिक्षामा भर्ना भए । पसल र विद्यालय भ्याउनुपर्ने भएको पसल र पढाइ डामाडोल त्यहि बाट सुरुभयो तर २ नियमीत रुपले पास गरे । त्यसपछि म २०६४ सालमा काठमाण्डौ दाजु भएकोले स्नातक पढ्ने भनेर आए । सामुदायीक शिक्षा क्याम्पसमा मिनभवनमा स्नातक तहमा भर्ना भए । पहाडको नेपाली माध्यम पढ्ेको मलाई यहा पढ्नलाइ सम्स्या परेछ प्रथम र दि्रतिय वर्षको परिक्षा दिए पास हुन लाइ धौ धौ परेपछि पढेर केहिपनि हुदैन भनेर पत्रकारीतामा प्रवेश गरे केहि समय काचनपुर स्थित रेडियो महाकालीमा पत्रकार भएर काम गरेको हुनाले पत्रकारीतामा प्रवेश गरे । पत्रकारीता पेशा जो धेरै प्रयोगात्मक भएकोले होला यस पेशामा काम गर्न सविलोलागेका कारण मैले थापाथली स्थित नेपाल प्रेस इ_िन्स्च्युटमा भर्ना भएको हू । जिवनमा संघर्ष गरेर पैसा कमाउने भनिन्छ तर त्यस्तो नभएर नाम पो कमाउनु रहेछ बल्ल थाहा पाएर यो पेसामा सुरुवात गर्ने जमको गरेको हू । मरेर केहिपनि लानु छैन आप्ाु्नो भन्दा पछाडीको पुस्तामाझ केवल नाम छोडन पाए राम्रो हुने थियो ।
No comments:
Post a Comment