झलक्क हर्ेदा लाग्छ, हाम्रो नेतृत्व सालीन छ । राजनीतिक शास्त्रको वैज्ञानिक विश्लेषण गर्नमा पोख्त छ । शारीरिक सुगठन र व्यक्तित्व लोभ लाग्दो छ । विद्वान् पनि छ । ढंग पुर्याएर खान र लाउन पनि प्रवीण छ । समकालीन नेपाली नेताबीच मात्र होइन, विश्वकै समयावीहरूसँग प्रतिस्पर्धा गर्न तत्पर अनि सक्षम पनि देखिन्छ ।
उसका कार्यकर्ताहरू पनि अनुशासित छन् । पार्टर्ीीे आदेश र जनताप्रति इमानदार छन् । पार्टर्ीी अंगीकार गरेका विचारमा दृढ छन् । त्यसैले मृत्युदेखि किञ्चित पनि डराउ�दैनन् । नेतृत्वलाई सर्वोपरि ठान्छन् र कर्तव्य पालनामा अत्यन्त जिम्मेवार छन् ।
नेपालमा एकपटक यस्तो समय आयो, यी पार्टर्ीी होनहार कार्यकर्ताहरू देशैभरि छानीछानी हत्या गरिए । हिंसाको राजनीतिक महामारीमा प्रजातान्त्रिक राजनीतिक पार्टर्ीी सयौं कार्यकर्ताहरू बच्न सकेनन् । जो बचेका छन् उनीहरूले प्यारो जन्मभूमि, घरबार, श्रीसम्पत्ति, पशुधनआदि जम्मै छाडेर विस्थापित भएर ज्यान जोगाए । आङ्खनै देशमा शरणार्थी बनेर कष्टकर जिन्दगी बा�चेकाहरूको संख्या अझै पनि मुलुकमा ठूलो छ । उनीहरूको एउटै दोष थियो, आङ्खनो विचारप्रति प्रतिबद्ध रहनु ।
संसारको अविभावक संयुक्त राष्ट्रसंघ हो । नेपालमा मापाको किचलो देखेर अविभावकको भूमिका खेल्न भनेर राष्ट्रसंघ आयो । शान्तिको मिसन लिएर आएको राष्ट्र संघ हुस्सु गोठालाले बा�दर हेरेभै+m हेरेको हेरेकै छ । बारीको डिलमा बनाइएको टौवामा चडाएको गोठालाले बा�दरले बाली खाएको टुलुटुलु हेरेर सा�झ परिवारमा 'बा�दरले कसरी बाली खान्छ' भनेर हेरेको प्रतिवेदन जस्ताको तस्तै बुझाए के हुन्छ -
ऐतिहासिक संविधानसभाको निर्वाचनमा उम्मेदवार ढुटिएर चुनाव प्रचारमा जान सक्तैन, राष्ट्र संघ हेरिदिन्छ । पर्ूवजानकारी दिँदा पनि सुन्दैन । क्यान्टोन्मेन्टका कथित 'जनयोद्धा'ले नागरिक कुटिकुटी धुलो पार्छन्, यूएन ध्यानमग्न छ । अर्धमृत नागरिक लिएर जोदाहाहरू अस्पताल ओहोरदोहोर गर्छन्, ऊ सुइको पनि पाउ�दैन । नागरिक मारिन्छ, खाल्टो खनेर गाडिन्छ, उसका मह�गा आ�खा खुल्दैनन् । खाल्टोबाट झिकेर नदी किनारामा लगेर फालिन्छ । अनि बल्ल आ�खा मिच्दै बा�दर गोठालो उठ्छ र भन्छ, 'ए � झकाए छु, भसक्कै पारी गएछ नि बन्करले ।' यसरी अविभावकत्व प्रदान गर्न आएको राष्ट्र संघ 'लाटाले पापा' हेरेभै+m हेरिरहेको छ ।
मान्छेले मान्छेको घा�टी सर्ेर्नु त्यति सजिलो छैन । आजका भैंसी पूजकले अबोध गाईलाई बली दिएजस्तो होइन मान्छे मार्नु । ऊ सचेत छ, बोल्छ, आङ्खनो बा�च्न पाउने अधिकारबाट वञ्चित हु�दै छु भन्ने पर्ूवजानकारी पनि पाउ�छ । आङ्खनो प्राण लिन आएका जल्लादहरूलाई दुत्कार्छ । उनीहरूको घृणित कर्ुकर्मको निन्दा र भर्त्सना गर्छ । या तै हुन्छ कि भनेर 'भाला, बर्छर्ाा तरबार धारी यमदूत' सामु जीवन बचाउन अनुनय विनय गर्छ ।
त्यति गर्दा पनि केही नलागेमा संर्घष्ा गर्छ । उनीहरूले घा�टर्ीतर्फ सोझयाउ�दै गरेको धारीलो छुरी पन्छाउन भरमग्दुर प्रयत्न गर्छ । जल्लादहरूले सबै अंग-प्रत्यंग समातेर थिच्दा पनि अन्तिम दमसम्म छट्पटाउ�छ ।
इराकी आतंककारीहरूले बाह्रजना नेपालीको सामूहिक हत्याको हृदयविदारक दृश्य देखियो । कसरी मारिन्छन् हतियारविहीनहरू, हतियारधारीबाट भन्ने अनुमान गर्न सजिलो भएको हो । इराकी आतंककारीहरू त्यस मामलामा निकै इमानदार रहेछन् । जसले आङ्खनो क्रुरतम हत्याको दृश्य लुकाएनन् । भिडियोमार्फत् संसारभरि प्रचार गराए ।
जुनबेला इराकमा १२ नेपालीको क्रुरतम हत्या हु�दै थियो, त्यतिबेला नेपालमा राजनीतिक हत्याको महामारी उच्चदरमा चम्क�दै र ग्राफमा माथिमाथि लम्क�दै थियो । त्यसबेला कैयौं व्यक्तिलाई समाउ�दै मार्दै गरियो । कसैलाई गोलीले भुटियो । कसैलाई रूखमा झुन्डयाइयो । कसैको गला रेटेर टाउको एकातिर र गिँड अर्कातिर फालियो । कसैलाई आ�खा फोरेर, अंगभंग गरेर तड्पाइ-तड्पाइ मारियो । कसैलाई नानाथरि यातना दिएर अन्त्यमा ढुंगाले किचिकिची हत्या गरियो । आफन्त मरेर शोक विह्वल भएको किरिया-पुत्री कोराबाटै थुतेर मारियो । यसरी किसिमकिसिमका यातना दिएर मारिएका हतियारविहीन निहत्था व्यक्तिहरूलाई हत्या गर्दाका क्रुरतम दृश्य विशेष धातुले बनेका नेपाली 'महान क्रान्तिकारी'हरूले लुकाए ।
यसरी मारिने, लुटिने, कुटिने, घरबाट निकाला हुने, अंगभंग हुने सब नेकपा -एमाले), नेपाली कांग्रेसलगायतका राजनीतिक पार्टर्ीी कार्यकर्ताहरू हुन् । आज यिनै पीडितहरूकै पार्टर्ीीे नेतृत्वमा सरकार छ । यी मारिनेहरू अब हाम्रा अगाडि आएर बोल्दैनन् । एक बारको जुनीमा पाएको हरिया बुट्टा हर्ेर्ने अवसरबाट बेलैमा वञ्चित गरियो । मार्न खोज्दाखोज्दै पनि विभिन्न कारणले प्राण जोगाएकाहरूको अनुभवबाट अनुमान गर्न सकिन्छ- मारिनु अगाडिको यातनामा तिनीहरूले आ-आफूले बोकेको सिद्धान्त खुब सम्झे होलान् । आ-आङ्खना नेतालाई पनि स्मरण गरे हुनन् । आङ्खनो मातहत सम्झे हुन् । आङ्खनो र मुलुकको विगत, वर्तमान र भविष्य पनि सम्झे हुन् ।
राजनीतिक उच्चता र सत्ता सुखले आ�खा पुरिएर धरातल
No comments:
Post a Comment