Saturday, March 27, 2010
poem 1
अधरमा तिमी
नजरमा तिमी
भ्ाावसँगै जोडिएका रहरमा तिमी
रातको सुनसान मौनतामाा तिमी
विहानी उषाको स्तब्दतामा तिमी
नदिमा तिमी
नहरमा तिमी
स्वर्गीय आनन्दको शहरमा तिमी
जलधारा शितल छहरामा तिमी
लहराउदैं फूल्ने फूल पहरामा तिमी
स्नेहमा तिमी
सृष्टिमा तिमी
अनन्त सुन्दर दृष्यमा तिमी
श्वासको अनुभूति भित्र धड्कनमा तिमी
ओठबाट निस्कने पहिलो शब्दमा तिमी
poem 2
एकदिन मैले उनलाई भेटे
असीम प्रेमको रुप उनीभित्र देखें
क्रमबध्द माया छचल्कियो वरिपरी
बढ्न थाल्यो धड्कन कल्पनामै घरिघिर
केही देखिएन दृष्य एकैतिर
आँखाभित्र खुसी र आनन्द सजिएर
दिनको उज्यालो अनि रातको चन्द्रमा
सबै भेटिया रहदा उनको साथमा
सम्झे इश्वर दयालु छन् हर्षीत भयो सबै प्रहर
डुबेर सपना भित्र उदाइदिए सबै रहर
एउनको यादमा मुटु दुख्न थाल्छ कताकता
लाग्छ मेरो सामिप्यता भित्रै छौ कि यतै कता
अनन्त खुशी सबै हावासँगै उडि गए
जति जे भयो सम्बन्ध सबै विना अर्थ रहे
संघर्षलाई उछिनेर अघि बढ्न खोजे पनी
आशुको धारालाई अमृत सम्झी पिए पनी
उत्साहको दियो बाली कति लिउँ हातमा
उज्यालो नदेख्दै बत्ती निभ्यो मध्यरातमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment