Wednesday, October 28, 2009

नेपालमा अन्तर्राष्ट्रिय कला महोत्सव

टेक कुँवर
October 29, 2009

सिदार्थ आर्ट ग्यालरीले शुक्रबार देखि दश दिवशिय अन्तर्राष्ट्रिय कला महोत्सव आयोजना गर्दैछ ।

नेपाली समाजमा नारीलाई देवीको रुपमा पुजा गरिन्छ । तापनि यहाँ महिलाहरुको स्थान नाजुक रहेको छ । सामाजिक आर्थिक क्षेत्रमा महिलाप्रति गरिने व्यबहार पुरुषको तुलनामा आकाश जमिनको अन्तरमा छ । सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक तथा महोत्सव आयोजक संगीता थापा बताउनु हुन्छ ।

महोत्सवमा चित्रकला रेखाचित्र प्रतिस्थापना कला तस्वीरलाई श्रब्य दृष्य सामग्रीका माध्यमबाट महिलाहरुले सामना गरिरहेका अनगिन्ती चुनौतिलाई विरोधाभाश तरीकाले प्रस्तुत गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २० मुलुकका कलाकारहरुले भाग लिदैछन् ।महिलाहरुको दुर्गती कमजोरी शोषण र उनीहरुप्रति सरकार र समाजको उपेक्षा यस क्षेत्रका महत्वपूर्ण सवाल हुन र तिनीहरुलाई सबैको जानकारीमा ल्याउनु पर्दछ भन्ने महोत्सवको मुल सन्देश हुन्छ ।

महोत्सव सिद्धार्थ आर्ट ग्यालरी बबरमहल नेपाली आर्ट काउ_िन्सल बबरमहल र पाटन गरी तीन ठाउँमा आयोजना गरिदैछ ।

Tuesday, October 27, 2009

Monday, October 26, 2009

farwestern resion of nepal