Sunday, December 27, 2009

मानव अधिकार उल्लंघन गर्नेलाइ संरक्षण सरकार

सरमानव अधिकार उल्लंघन गर्नेलाइ संरक्षण कार द्धारा म्ाानव अधिकार पत्रकार संघको पाचौ वार्षिकोत्सवमा आज राजधानिको पर्यटन बोडमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।नेपालमा रहेका विभिन्न संचार संस्थामा संलग्न मानव अधिकार सम्बन्धि क्षेत्रमा काम गर्ने पत्रकारहरुको संस्था हो। त्यतिखेरको सरकार पक्ष र विद्धोही पक्ष माओवादी सबैभन्दा बढि मानव अधिकार उलंघन गरेको देखिन्छ त्यतिखेरका कानन उलंघन गर्ने लाई अहिले सकार र नेकपा माओवादी ले प्रोत्साहन गरेको देखिन्छ । । रामहरि श्रेष्ठ उमा सिह राजकमार के सि जस्ता दोषिलाइ सरकारले संरक्षण गरेको देखिन्छ । ज्ास्तो कि रुकमकी पत्रकार टिका बिष्ट माथि भएको घटना लाइ पनि लिन सकिन्छ दगम भेग सानो जनसंख्या त्यहाका प्रत्येक जनतालाइ प्रसासनले एक एक गरि चिन्दछ त्यहाकोहि बाहिरको गैरनेपालीको आवत जावत हदैन त्यस्तो ठाउमा त प्रशासनले दोषिलाइ कान’न समक्ष ल्याउन सकेको छैन भने यो राजनिति ढाकछेप नभएर केहो तपाइहरुनै भन्नस मानव अधिकारकर्मी डा।गोपाल कृष्ण सिवाकोटी बताउदछन । घटना भयो यत्रि क्षेति भएको छ भनि मिडियामा आउछ आक्रमणकारी माथि केहि पनि भएकोृ देखिदैन किन आक्रण भयो घटना हनको मख्य कारण बाहिर आउदैन अनि आक्रमणकारी माथि किन कावार्ही हदैन के यो मानव अधिकारहनन हैन भनेर बताउदछन सो संस्थाका अध्यक्ष छत्र संकर । ँ लहरो तान्दा पहरो गजिन सक्छ आखाको बदल्ला आखा हैन विधिको शासन लाग गर्ने हो राष्टिय मानव अधिकार आयोगका पर्व सदस्य ससिल प्याकरेल बताउदछन ।सो संस्थाले स्थापना देखिनै मानव अधिकार उल्लंघन बिरुद्ध काम आएको हो संस्थाका अध्यक्ष छत्र संकर भन्दछन ँ मानव अधिकार घटनाका दोषिलाइ कावाहिको लागी कानन समक्ष ल्याउदा उल्टै सरकारले उनिहरुलाइ प्रोत्साहन गरिएको देखिन्छ ।” जसमा राष्टिय मानव अधिकार आयोगका अध्यक्ष कुलचंन्द गौतम ले उदघाटन गनुभएको थियो ।मानव अधिकार क्षेत्रमा लागिरहन भएका पत्रकार बरिष्ठ मानव अधिकार कर्मी थिए ।

Thursday, December 24, 2009

निजामती सेवामा समावेशीकरण

ऐतिहासिक दोस्रो जनआन्दोलनको सफलता, प्रतिनिधिसभाको जेठ ४ २०६३ को घोषणा र सात दल एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी बीच सम्पन्न सम्झौतायता देशमा राजनीतिक सामाजिक र आर्थिक परिवर्तनका ढोका खुलेका छन् निजामती सेवाको सोचपत्र-२०६४ । राज्य व्यवस्था पुनस्रंरचना र समावेशीकरणसम्बन्धी बहसले गति र आकार ग्रहण गर्दै गएको छ । नेपाल बहुभाषी बहुजाति बहुसांस्कृतिक र बहुधर्मी भएर पनि एउटै केन्द्र एउटै जाति एउटै भाषा र एउटै क्षेत्रको एकात्मक व्यवस्था रहिआएको छ । यसलाई नेपालको सामाजिक धरातलअनुरुप बनाउनु आवश्यक भएको छ । एकीकरणपछि नै केन्द्रीयस्तरबाट एकात्मक ढङ्गको शासनका कारण अधिकांश जाति जनजाति र भाषाभाषी बहिष्करणको मारमा पर्न गए र राज्यको स्वरुप असमावेशी ढङ्गको बन्न पुग्यो । जनसङ्ख्याको ठूलो हिस्सा ओगटेका महिला दलित जनजाति र मधेसीलाई किनारा लगाइयो र माथि उठ्न दिइएन । जङ्गबहादुरले बनाएको मुलुकी ऐनको प्रभाव अझै कायम छ । करिब १३ प्रतिशत दलित अझै पनि छुवाछूत जस्तो कुसंस्कारको मारमा छन् । यही कुसंस्कार नै आम दलित समुदायको विकासको बाधक बनिरहेको छ । राज्यका कुनै पनि अङ्गमा दलित समुदायको नाम देख्न पाइँदैन । सर्वत्र बाहुन क्षेत्री र नेवारको वर्चस्व रहिरहेको छ । दलितको सन्दर्भमा मात्र होइन महिला जनजाति र मधेसी समुदायले समेत विभेद व्यहोर्नुपरेको छ । नेपालमा हालसम्म अभ्यास गरिँदैआएको प्रजातान्त्रिक प्रणालीभित्र ब्राह्मण÷क्षेत्रीको प्रभुत्व कायम छ । धार्मिक दृष्टिले हिन्दु अधिराज्यको संज्ञाद्वारा अन्य धर्मलाई ओझेलमा पारिएको छ । एकात्मक केन्द्रिकृत शासन प्रणालीका माध्यमबाट काठमाडौंकेन्द्रित शासन कायम गरी क्षेत्रीय सन्तुलन नारामा मात्र सीमित गराइएको छ । नेपालीबाहेक अन्य भाषालाई मान्यता प्रदान गर्न अस्वीकार गरिएको छ । पुरुषप्रधान समाजको निरन्तरताद्वारा महिलालाई उपेक्षा गरिएको र छुवाछूतजन्य भेदभाव कायमै रहेको जस्ता कारणले हरेक पटकका राजनीतिक परिवर्तनले सार्थकता पाउन सकेको छैन । र जनताकै नाममा स्थापित राज्य व्यवस्थामा अधिकांश जनता मूल प्रवाहबाट बाहिरिएको स्थिति छ । यस्तो अवस्थाको अन्त्य गर्दै सबै वर्ग र समूहलाई राज्यको मूल प्रवाहमा हिँडाउन अहिले राज्य पुनस्रंरचना र समावेशीको बहसले महत्व पाएको हो । यस सन्दर्भमा राज्य व्यवस्थाको अभिन्न र अविभाज्य अङ्ग निजामती सेवालाई समयानुकुल सुधार गर्न समावेशी बनाउने विषयले पनि महत्व पाएको छ । वर्तमान निजामती सेवा परम्परागत मूल्यमान्यता र ढाँचामा मात्रै साचालन भएको छ । यसमा केही निश्चित जात वा समुदायको मात्र एकाधिकार रहिआएको छ । लामो समयदेखि मुलुकमा कायम क्षेत्रीय वर्गीय जातीय तथा अन्य विषमता र विभेदलाई हटाई समतामूलक समाज निर्माण गर्ने विगतका थोरबहुत प्रयास सफल हुन सकेको छैन । यही पृष्ठभूमिमा भएको जनआन्दोलन २०६२÷६३ को एउटा मुख्य मुद्दा समावेशीकरण पनि भएको यथार्थलाई मध्यनजर राखी अन्तरिम संविधान २०६३ मा समावेशीकरणका प्रावधानलाई विशेष महत्व दिइएको छ ।
नेपालको सन्दर्भमा महिला दलित जनजाति र मधेसी समुदाय सीमान्तकृत समुदाय हुन् । यसबाहेक कर्णाली लगायतका क्षेत्रसमेत सीमान्तकृतमा पर्छन् । यी समुदाय र क्षेत्रलाई विकासको मूलधारमा ल्याई तिनको आर्थिक सामाजिक मानवीय तथा सांस्कृतिक स्थितिमा सुधार ल्याउने चालु तीन वर्षीय अन्तरिम योजनाको उद्देश्य रहेको छ तीन बर्षिय अन्तरिम योजनाराष्ट्रिय योजना आयोग। देश सबैको साझा फूलबारी हो । जबसम्म कुनै फूल फुलिरहन्छ र कुनै सुकिरहन्छ तबसम्म यसलाई साझा भन्नुको कुनै अर्थ रहँदैन । सम्पूर्ण नागरिकले देशको नीति निर्माण नीति कार्यान्वयन र त्यसको प्रतिफल उपभोग गर्नमा समेत समान रुपमा जबसम्म सहभागी हुन पाउँदैनन् तबसम्म राजनीतिक परिवर्तन लोकतन्त्र र समावेशी जस्ता विषयहरु शब्दमा मात्र सीमित हुन्छन् । त्यसैले हरेक वर्ग र समुदायको राज्यका अङ्गहरुमा न्यायिक प्रतिनिधित्व हुन आवश्यक छ । देशको नीति निर्माण र कार्यान्वयन गरी सरकारको अनुभूति दिलाउने संयन्त्र निजामती सेवामा सीमित वर्ग र समूहको मात्र प्रतिनिधित्वले तथा अन्य वर्ग र समूहको विाचतीले राज्य समावेशी बन्न सक्तैन । त्यसैले निजामती सेवामा समावेशीकरणको आवश्यकता छ । अन्यथा विाचतीकरणको अवस्थाले समग्र राष्ट्र विकास र अखण्डता संरक्षणमा प्रतिकुल प्रभाव पार्न सक्छ । यस्तो स्थितिमा निजामती सेवालगायत क्षेत्रमा विभिन्न जातजाति समुदाय र वर्गको के-कस्तो सहभागिता छ भन्ने विषयमा जानकारी पाउन अध्ययन-अनुसन्धान गर्न र आवश्यक उपायको अवलम्बन गर्नसमेत अपरिहार्य देखिन्छ ।

अध्ययनको उद्देश्य
यस अध्ययनको उद्देश्य निजामती सेवामा रहेको लैङ्गिक तथा जातिगत समावेशीकरणको विद्यमान अवस्था तथा ती समूहको निजामती सेवा प्रवेशको अवस्था पत्ता लगाउने निजामती सेवा समावेशीकरण हुन नसक्नाका कारण पहिचान गर्ने र समावेशीकरणका लागि आवश्यक सुझाव सिफारिश गर्ने समेत रहेको छ ।

अध्ययनको पद्धित
यस अध्ययनको मुख्य आधार निजामती सेवासम्बन्धी प्रकाशित विभिन्न सामग्री हो । अध्ययनका क्रममा नीतिपरक अध्ययन सामग्री विभिन्न ऐन नियमावली तथा कार्य योजनाहरु समुदायहरुको तथ्याङ्क समावेशीकरणसम्बन्धी सान्दर्भिक पुस्तक तथा लेखरचनाको समीक्षा गरिएको छ ।
सम्बन्धित कर्मचारीको नामावली निजामती किताबखानाबाट लिइएको छ । यसबाहेक दर्खास्त तथा सिफारिसको स्थिति लोकसेवा आयोगको प्रतिवेदन प्रशासन पत्रिका आदिबाट सफ्लन गरी विश्लेषण गरिएका छन् । निजामती सेवाको राजपत्राङ्कित तहसम्मको विश्लेषण सम्पूर्ण सङ्ख्यामध्येबाट गरिएको हो भने राजपत्राङ्कित र श्रेणीविहीन कर्मचारीको नमूनालाई आधार मानी विश्लेषण गरिएको छ ।

अध्ययनको क्षेत्र र सीमा
अनेकौँ किसिमबाट सीमान्ततामा परी निजामती सेवामा समावेश हुन नसकेका समुदाय र वर्ग अन्य धेरै भए तापनि यस अध्ययनको विषय लैङ्गीय जातीय र क्षेत्रीय रुपमा सीमान्तकृत महिला दलित जनजाति र मधेसी समुदायको निजामती सेवामा समावेशीकरणलाई मात्र यस अध्ययनमा समेटिएको छ । विभिन्न कारणले यसबाहेक अन्य समुदाय र वर्गलाई यस अध्ययनको दायराभित्र नराखिनु यसको सीमा हो । द्वितीय तथ्याङ्क प्रयोग गरिएको र नामावलीबाट कतिपय थर नछुट्टिने कतिपय पहाडी र मधेसी मूलका व्यक्तिको थर एउटै हुने दलितहरुको थर पनि ब्राह्मण÷क्षेत्रीको थरसँग मिल्ने आदि कारणले सम्पूर्ण समावेशीको अवस्था यही नै हो भनेर भन्न सकिँदैन । तर प्रतिनिधित्वको अवस्था उस्तै छ भनी सजिलै आँक्न सकिन्छ । स्रोत साधन र समय अभावले विभिन्न सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गरी थप पुष्टि गर्न सकिएन ।

निजामती सेवाको अवधारणा र विकास
सामान्य अर्थमा निजामती सेवा भन्नाले कुनै पनि मुलुकको सरकारी प्रशासनयन्त्रमा कार्यरत निजामती कर्मचारीको सेवा बुझिन्छ । विशेषज्ञहरुको उपस्थिति भएको स्थायी र संसदबाट पारित बजेटमा व्यवस्था भएअनुसार तलबभत्ता तोकिएका व्यक्तिहरुको सरकारी सेवा नै निजामती सेवा हो भट्टसार्वजनिक कर्मचारी प्रशासन। यस किसिमको सेवामा कर्मचारीहरु स्वतन्त्र निकायबाट विधि अपनाई प्रतिस्पर्धाका आधारमा छानिन्छन् । यद्यपि यस किसिमको सेवाको अवधारणा विश्व समुदायमा धेरैपछि मात्र विकास भएको पाइन्छ । अठारौँ शताब्दी अघिसम्म विभिन्न मुलुकमा संरक्षण प्रणाली७३टज्ञटण्ठस अन्तर्गत प्रशासन साचालन गर्ने सरकारी प्रशासन कार्यलाई करारमा दिने र सरकारको फेरबदल भएको अवस्थामा कर्मचारी पनि फेरबदल हुने व्यवस्था थियो । यस किसिमको व्यवस्थाले सरकारका नीतिहरु कार्यान्वयन हुन सकेनन् । स्थायित्वको अभावमा कर्मच्ाारीहरु भ्रष्ट उदासीन उत्तरदायित्वविहीन एवं अवसरवादी भई सरकारी प्रशासन अस्तव्यस्त

Monday, December 21, 2009

काठमाण्डौ जिल्लाका सि डि ओ संगको अन्तवार्ता

एमाओवादीको देशव्यापी रुपमा तीनदिने आम हडताल गरेको आज दोस्रो दिन राजधानीको वातावरण शान्त रहयो जसमा काठमाण्डौ जिल्लाको सुरक्षा स्थित्ािका बारेमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल संग नेपाल प्रेस इ_िन्स्च्युटका प्रशिक्षुर्थी पत्रकार टेक कुवँरको अन्तरबार्ता यस प्रकार रहेकोछ ।


१।जिल्लामा कर्मचारीको उपस्थिती कस्तो छ

यहा कर्मचारीको उपस्थित पुरै छ । स्थानिय निकाय अन्तगत जिल्ला विकास समिती र महानगरपालीका बाहेक अन्य सबै निकायमा काम सुचारु छ ।

२। सुरक्षामा व्यबस्था मिलाउनलाई कुनै कठिनाइ महशुस भएको छ

सुरक्षाको लागी नेपाल प्रहरि २३२९ र ससस्त्र १६३९ प्रत्यक्ष रुपमा र अप्रत्यक्ष गरि बाह् सय जति परिचालीत छ । पहिलो दिनको तुलना भन्दा अली बढिमात्रामा सुरक्षाकर्मी परिचालीत छन ।
३।sस्ता प्रकारका काम भएका छन यस बन्दमा
बन्दको पहिलो दिन ५० नागरिता १० वटा राहादानी र २ वटा संस्था दर्ता भएका छन भने आज जो हिजो भन्दा अलिकम मात्रामा सेवाग्रही छन् ।
४।आज कति ठाउमा घटना घटेका छन

हिजोको भन्दा आज शान्त छ कहि तोडफोड आगजनि कहि भएको छैन । हिजोको भन्दा आज शान्तिपूर्ण हिसाबले आन्दोलन भएको छ ।

६।एमाओवादीलाई के भन्न चाहानुहुन्छ
आइतबारको भन्दा आज शान्तिपूर्ण सहसाबले आन्दोलन भएको कहि कतै िहंसात्मक घटना नभएकोले धन्यबाद दिन चाहान्छु ।

Wednesday, December 16, 2009

छापाखानाको इतिहास


विश्वमा छाप्ने प्रथाको इतिहासलाई हेर्दा पहिलो मुद्रण त्यस चिनिया पुरुषको नाम अज्ञातभएपनि उसले काठको चिल्लो टुक्रामा कुनै हतियारद्धारा खोपेर डिजाइन तयार पारी त्यसै डिजाइमाथि मसीपोत्ाी त्यसमाथि कागजराखी थिच्दथे । र तस्विर निकाल्ने गर्दथे । यसलाई इसा पूर्व ११२२-२५८ मा चीनमा त्यहाका बादशाहको बहादुरीको वर्णन खोपेर राखेको प्राप्त सबुतबाट प्रमाणीत गरिएको छ । यसै छाप्ने प्रथालाइ इतिहासकारहरुले छाप्ने प्रथाकॊ पूर्वकाल मानेका छन् । टाइपको प्रयोग सबैभन्दा पहिला सन् १४४० मा युरोपमा भयो पन्धौ शताब्दीमा श्री जान गुटेनवर्गले पहिलो प्रेस बनाए । यस प्रेसमा टाइपमाथि कागज राखेर थिचि छाप्ने गरिन्थ्यो ।
नेपालमा प्रेसको स्थापना
नेपालमा छापाखानाको स्थापना हुनु अगाडि पुस्तकहरु एकातिर पहेलो एकातिर सेतो रङ्ग भएको नेपाली बाक्लो घोटुवा पाको कागजमा पाको कालो रङ्गको मसीले र कालो रङ्गको बाक्लो घोटुवा कागजमा सुनौलो मसी सुनको जलपको मसी ले हातले लेख्ने चलन थियो । छापाखानाको स्थापना भएपछी शुरु शुरुमा सरकारी इस्तिहार लिफा टिकट आदि छापाखानाबाट छापिने गदथ्यो । त्यसको केहि वर्षपछि मात्र पुस्तकहरु छापिन सुरु भयो ।
नेपालमा छापाखाना प्रेसको स्थापना संवत १९०८ सालमा भएको भन्ने छ । यसको कुनै प्रमाण भेटिएको छैन । त्यतिखेरका प्राइम्मिनिष्टर श्री ३ महाराज जंग बहादुर राणा बेलायत जानु भै त्यहाबाट फकेर आउदा एउटा हाते प्रेश र सामान ल्याएको थियो भन्ने भनाइ छ । त्यतिखेर देखि भनिदै आएको यो भनाइ अहिले सम्म भनिदै छ । यसको प्रमाणको रुपमा छाप्ने हाते मसिनका सबै सामान देखा पर्दछन । जो भूग्ााेल पार्क न्यूरोड गोरखापत्र छापाखाना मा छन । उक्त छापाखाना बेलायतबाट श्री ३ जंग बहादुर राणाले ल्याएको छापाखाना भनि देखाइन्छ र यसको प्रमाणका रुपमा अहिले यसका पार्टपूजा काम नलाग्ने हिसाबले गोरखापत्र छापाखाना मा थुपारिएर राखिएका छन । यस छापाखानालाइ गिद्दे प्रेश पनि भनिदोरहेछ किनभने उक्तछापाखाना ग्ािद्दको पखेटा र आकारजस्तो भएको हुनाले गिद्दे प्रेश नाम राखीएको भन्ने भनाइ छ । अझै पनि हामीहरु यो मसीनलाइ प्रमाणका रुपमा त्यहा हेर्न सक्नेछौ । सुरुमा यो मेसिन थापाथली मा थियो । यसले लिफा हुलाक टिकट आदि छाप्दथ्यो । नेपालमा जंग बहादुर राणा जबरा ले ल्याएको गिद्धे प्रेस पछि मात्र नेपाली प्रेसको स्थापना भएको भनिन्छ । गिद्धे प्रेस ल्याएको केहि वर्ष पछि नेपालमा अर्को प्रेस पनि ल्याइयो र यसलाई मनोाजन छापाखाना भन्ने गरेको थियो । मनोाजन छापाखाना कुन सालमा ल्याइयो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । नेपालमा ऐनको किताब पनि सबैभन्दा पहिले मनोाजन छापाखाना मा छापिएको र यो छाप्नमा तिन वर्ष लागेको थियो । नेपालमा छाप्ने मेशीन १९४९ सालमा पाको काठमाण्डौ निवासी श्री कुबेररत्न बज्राचार्य ले बनाउनुभयो । नेपालमा बनेको यो पहिलो हाते फलामे प्रेस हो । यो प्रेस लाई वि।सं १९४९ देखि १९७९ सम्ममा बुद्धप्रेस नामबाट चिनिन्थ्यो ।
यसरी प्रेसको स्थापना पछि नेपालमा अरु प्रेसको स्थापना भएको पाइन्छ तर ति प्रेस छापाखाना राणाशासक सन्तान र गुरुहरुबाहेक अरुका थिएनन् ।
नेपाली पत्रकारीताको विकासक्रम
नेपाली पत्रकारीताको विकासक्रमलाइ विभिन्न चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।

१ पहिलो चरण वि सं १९४३ देखी २००७
२ दास्रो चरण वि सं २००७ देखी २०१७
३ तेस्रो चरण वि सं २०१७ देखी २०४६
४ चौथो चरण वि सं २०४७ देखी २०६२
५ पाचौे चरण वि सं २०६३ देखी हालसम्म

१ पहिलो चरण वि सं १९४३ देखी २००७ सम्म
१९४३ मा युवाकवि मोतीराम भट्टको सक्रीएता र सम्पादनमा हिन्दी भाषाका नेपालीे अनुवाद संस्करण गोर्खा भारत जिवन प्रकाशन भएको पाइन्छ । गार्खा दर्ता नभइ प्रकाशन भएकोले वैधानीक भन्न मिल्दैन । तर पनि नेपाली पत्रकारिता सुरुवात यहाबाट भएको पाइन्छ । वि सं १९५५ मा सुधा सागर मासीक पत्रिका प्रकाशन भएको थियो । यो नेपाली भूमिमा प्रकाशन भएको पहिलो वैधानीक पत्रीका हो । नेपाली भाषाको उन्नतीमा समर्पित यो पत्रीकामा विशेषत कथा कविता र निबन्ध छापिने गरिन्थ्यो ।
सुधा सागर पछि मुलुकमा उदारवादि राणा प्रधानमन्त्री देव शमशेरले वि।सं १९५८ वैशाख २४ गते साप्ताहिक रुपमा गोरखापत्र प्रकाशन गरेका थिए । त्यसबेला विश्वमा नै साप्ताहिक रुपमा प्रकाशन गर्ने प्रचलन भएकोले नेपालमा पनि गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन हुनुलाइ स्वाभाविक मान्न सकिन्छ । नेपाली समाचारको इतिहासमा गोरखापत्र लाई पहिलो मात्र नभइ दीर्घजीवी जेठो अखबारका रुपमा लिइन्छ । सुधा सागर मासीक साहित्यिक पत्रिका भएकोले नेपाली पत्रपत्रितामा गोरखापत्र नै पहिलो साप्ताहिक समाचारपत्र हो । गोरखापत्र नरदेव मोतिकृष्ण शर्माको सम्पादनमा ठहिटी पशुपतिमा छापिन्थ्यो ।
नेपाली भाषामा नेपालमा साचार माध्यम संगठनको इतिहासलाई गोरखापत्र प्रकाशनको इतिहाससंग जोडेर हेरिने गरिन्छ । वि सं १९५८ वैशाख २४ गते सोमबार गोरखापत्र छाप्नका लागी श्री ३ देवशमशेरद्धारा नरदेव मोतीकृष्णलाइ दिएको निर्देशनमा साचार माध्यमको संगठन र व्यवस्थापनका बारेमा प्रत्येक्ष अनुभव गर्न पाइन्छ । जसमा प्रत्येक गाता १००० प्रति गोरखापत्र छाप्नु त्यसमा अनौठा कुराअड्डा अदालत फोहोर भए हाकीम नबसे जुलुस अन्याए भए करार गरी हाकीम बदलीए फजुल गरे खेतिपातीको उन्नती बारे विरतापूर्वक भालु चीतुवा मार बेदानमा छाप्नु अथवा कसैले म फलानो इलम जान्दछु जागीर पाउ भन्न आए पैसा लिइ छापिदिनु स्वर्गवासी श्री ३ महाराजको तारिफ छाप्न हुन्छ तर फौज सरकारको आए व्यय सीमानाको विकट बाटो सुनखानी श्री ३ का दरबार आइमाइबारे तथा हाम्रो तारिफ हुने नछाप्नु भन्ने उल्लेख छ ।
श्री ३ महाराज देवशमसेरको शासन कालपछि नेपालका प्राइम्मिनिष्टर श्री ३ महाराज जुद्ध समशेरको शासनकालमा हप्तामा एक पटक निष्कने गोरखापत्र हप्तुमु दुई पटक निष्कने भयो र नेपालबाट छापि निष्कने पत्रिकामा दर्ता नम्बर राख्नुपर्ने चलन पनि चल्यो ।
मुलुकमा कठोर राणाशासन भएकोले विचार र अभिव्यक्ति स्वतन्त्रताको कल्पना नै गर्न नसकिने अवस्थामा मुलुकमा बसेर पत्रपत्रिका प्रकाशन गर्नु एवंम शिक्षा आर्जन गर्न कठिनको कुरा थियो । यसर्थ नेपाली भाषा साहित्यको वृद्धिमा चासो राख्ने व्यत्ािु जो रााणाशासनका कारण स्वदेशमा बस्न सकेनन् । तिनिहरुले प्रवासमा बसेरपनि योगदान गरेका थिए । वि।सं १९५८ मै पादरी गंगाप्रसादको सम्पादकत्वमा दार्जिलिङबाट गोर्खे खबर कागज प्रकाशन भयो । यता स्वदेशमा वि।सं १९९१ मा ऋाद्धिबहादुर मल्लको सम्पादनमा शारदा पत्रिका प्रकाशन भयो । राणा शासकहरुको गतिविधिलाई प्रमुख स्थान दिने गरेको यो पत्रिकाले सरकार द्धारा आर्थिक सहाएता पाउदथ्यो शारदा पछि उधोग पाक्षिक १९९२ घरेलु इलम पत्रिका २००४ आखँ २००५ आदि प्रकाशन भए ।
वि सं २००२ असोज ९ गते अर्धसाप्ताहिक र वि सं २००३ साल देखि हप्ताको तीनपटक प्रकाशन भयो । वि सं २००५ सालमा पहिलोपटक छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २००५ जारी भयो । यो ऐनले त्यतिखेरका श्री ३ र श्री ५ को आलोचना गर्न नपाइने ज्यान मार्न सघाउने र सैनिक जवानलाई राजभक्ती कर्तव्यबाट विलचन गराउने हिसावबाट कुनै पनि सामग्री प्रकाशन मुद्धण गर्न निषेध गयो ।

दोस्रो चरण वि सं २००७ २०१७ सालसम्म
त्यतिखेरको खासगरेर नेपाली कागं्रेसद्धारा साचालन गरिएको आन्दोलनले गति लिएपछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएपछि १०४ वर्ष लामो राणाशासन अन्त्य भयो र नेपालमा स्वत्रन्त राजनितीक वातावरण कायम भयो । २००७ सालपछि नेपालमा पत्रकारिता संख्यात्मक रुपमा वृद्धि भएको पाइन्छ । २००७ साल फागुन ४ गते ह्दय चन्द्र िसंह प्रधान र केदारनाथ न्यौपानेको सम्पादकत्वमा जागरण नामक साप्ताहिक अखबार प्रकाशित भएको थियो । निजी लगानीबाट प्रकाशित भएको यो पहिलो साप्ताहिक पत्रिको हो । यो पत्रिका एक वर्षभन्दा बढि चल्न सकेन । त्यसपछि २००७ सालमै फागुन ८ गते स्व।सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा आवाज दैनिक प्रकाशन भयो । यो नेपाली पत्रकारिताको इतिहासमा पहिलो दैनिक समाचारपत्र हो । आवाजले त्यतिखेरका मानिस मा पत्रिका पढ्ने वातावरण वा रुचि बनाइएको भनिन्छ ।
त्यतिखेर जनताबाट लोकपि्रयता पाएको थियो र १५०० प्रति छापीएको थियो र मौषफल बाहिर पनि वितरण गरिन्थो । आर्थिक लगायतका अन्य कारणलेगर्दा २ वर्ष १०७ अंक प्रकाशन भएपछि यो पत्रिका बन्द भयो । आवाज बन्द भएपछि २०११ साल भदौ २४ गते अनिल राज उपाध्यायको सम्पादनमा दैनिक समाज प्रकाशनभएको थियो । यो अखबारपनि लामो समयसम्म टिक्न सकेन किनकी आर्थिक समस्या एउटा थियो भने सरकारद्धारापनि दुख दिएको थियो । २०१२ सालमा स्वं गोपालदास श्रेष्ठको सम्पादनमा तजभ अयुयलभच नामक पहिलो अग्रेजी भाषाको दैनिकी पत्रिका प्रकाशित भएको थियो ।
यस अवधिमा ३६ वटा दैनिकी ४८ वटा साप्ताहिक ५ अर्धसाप्ताहिक र ११ वटा मासिक र अन्य भाषाका पत्रिका प्रकाशित भएको पाइन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको २००७ साल चैत २० रेडियो नेपालको स्थापना भएको थियो भने २०१६ पुस १ गते नेपाल संवाद समिति नामक समाचार समितिको स्थापना भइ केहि अखबारहरु लाइ समाचार दिन थाल्ाियो ।

तस्रो चरण वि सं २०१७ देखि २०३६ सम्म
२०१७ साल पुस १ गते तत्कालीन श्री ५ महेन्द्रले जननिर्वाचित सरकारलाई बखास्त गरी सबै राजनितीक सता आप्ाु्नो हातमा लिए । यस पछि देशमा निदलीय पंचायती व्यवस्था सुरु भयो । यस समयमा पत्रकारितामा सरकारी प्रतिबन्धीत नियन्त्रण बढेको पाइन्छ । वि सं २०१७ सालदेखि हप्तामा तीन पटक प्रकाशन हुदै आएको गोरखापत्र दैनिक अखबारका रुपमा प्रकाशन हुन थाल्यो । गोरखापत्र संस्थान ऐन२०१९ अनुसार नै गोरखापत्र संस्थानका रुपमा परिणत भयो । पंचायती संविधान २०१९ ले दलगत उदेश्यबाट प्रेरित प्रकाशनलाइ नियन्त्रत गर्ने व्यवस्था गयो । त्यसो त छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०१९ ले प्रकाशन र अभिव्यत्ािु स्वतन्त्रतालाई कठोर नियन्त्रण गयो । राष्ट्यि संवाद समिति ऐनअनुसार २०१८ सालमा नेपाल संवाद समितिलाई गाभेर राष्ट्यि समाचार समितिको स्थापना गरियो । यसले देश विदेशमा भएका समाचारलाई आमसाचारमाध्यमले प्रयोग तथा उपयोग गर्न पाउने भए ।
नेपाल अधिराज्यभर प्रकाशित भएका पत्रपत्रिकाको तथ्याडराख्ने पत्रकारहरुका लागि आचारसंहिता जारी गर्ने उदेश्यनले २०२७ सालमा प्रेस काउ_िन्सलको स्थापना भयो । यहि समयमा तीन वटा छापाखाना र प्रकाशन ऐन लागु गरिएको थियो । ति हुन छापाखाना र प्रकाशन ऐन २०१९ र २०३२ र छापाखाना र प्रकाशन ऐन २०३९ले नेपाली पत्रकारिताको इतिहासमा यस समयमा धेरै सकारात्मक र नकारात्मक उपलव्धिहरु हासिल गरेका छन ।सर्वप्रथम त्रिभुवनविश्व विद्यालयमा २०३३ सालमा पत्रकारिता र आमसंाचार विषयमा शिक्षा संाचालन भयो । त्यसै गरि २०४२ सालमा लभउबि उचभकक ष्लकतष्तगतभ जस्त्ाा आमसंाचार सम्बन्धित १० महिने विषयमा पढाइ सुरु भएको पाइन्छ । २०३९ सालमा नेपाल इन्टलस्याटमार्फत् भू उपग्रह संाचारमा प्रवेश गरि २०४१ माघ १७ देखि नेपालमा टेलिभिजन परियोजनाका रुपमा प्रसारण भयो भने २०४२ सालबाट नियमीत रुपमा प्रसारण हुन थाल्यो । हामीहरुले टेलिभिजन प्रसारण भएको वर्ष लाई भन्ने कि मिति लाई यस चरणमा प्रकाशन भएका पत्रपत्रिकाहरुमा अग्रेजी दैनिक दि राइजिङ नेपाल गोरखापत्र मधुपार्क मासिक समीक्षा साप्ताहिक बुधबार रुपरेखा मातृभूमी विर्मश सगरमाथा टाइम्स जनआवाज छलफल अन्तर्राष्टिय माच युवा माच देशान्तर विमोचन गरिमा मूल्याङकन अरुणोदय दृष्टि जन्मभूमि कामना नेपाल भाषा पत्रिका जनवार्ता द कमनर नया नेपाल पोष्ट आवाज जस्ता विभिन्न नाम भएका पत्रपत्रिका निस्किएका अर्थात प्रकाशन भएका पाइन्छन। त्यतिखेर प्रेस माथि कडा निगरानिका साथै प्रेसमाथि सेन्सरसपि थियो । निर्दलिय पंचायती व्यवस्थाको सर्मथन गर्ने र बहुदलको पक्षका सर्मथन गर्ने गरि प्रेस दुइ भागमा विभाजन थियो । सरकारका पक्षमा सर्मथनगरि लेख्ने पत्रपत्रिकालाइ सरकारद्धारा रकम सुविधा अनुदान वा पालनपोषन थिए । भने सरकारका विरोधी पत्रपत्रिकाको दर्ता खारेजी गरिने पत्रकारलाई यातना दिने सुविधा कटौति गरिने र छापाखाना बन्द गरिने कि्रय

पत्रकारितामा टेक

टेक कुँवरको व्यक्तिगत विवरण

टेक बहादुर कुँवर पश्चिम नेपालको पहाडी अछाम जिल्ला झकाले गाउँमा २०४३ सालमा जन्मिएको हुँ । जिवनमा चाहिने गाँसबास र कपासका साथै शिक्षाजस्त्ँै आधारभूत कुराको अभाव त कहिल्यै थिएन । परिवार कृषक नभएर व्यापारिक भएका कारणले होला काममा कहिल्यै संघर्ष गर्नुपरेन ।

म सानो छदाकेहि वर्ष घरमा बसे पछि पसलमा वुबा संग बस्न थाले । पसल नजीकै भारतको बिहारका कृपा नन्द झा भन्ने शिक्षक बस्नुहुन्थो । उहाले क ख …।सिकाउनुभयो । त्यत्तिखेर कपीमा लेख्न दिइन्नयो कालो पाटी भन्ने सिलोटा हुन्यो त्यसैमा लेख्ने गथे । मलाई त्यत्तिखेर आफूभन्दा ठुलो कक्षाको दाइहरुले माया गनुहुन्यो किनभने सबैभन्दा सानो थिए त्यहा पढ्नेमा । हाम्रो घरमा दाजुहरुसबै आवासिय निजी विद्यालयमा अध्यनरत हुनुहन्यो । कान्छो भएुरहोला घरको सोभा पुलपुलाएको थिए म । दोकान देखि विद्यालय ५ मिनेट लाग्दथ्यो ।
त्यत्तिखेरको मेरो नास्ता भनेको एक कप चिया र रु।२ पर्ने चमेना बिस्कुट थियो । म सानोमा लुगामा लगाउने बटनको घुच्ची पछिगएर पसबाट सिक्का चोरेर खोपी खेल्थे । कक्षा ३ मा पढ्दा मैले एक जना टाढाबाट पढ्न आउने साथीलाइ पिटेको के थिए उसले दोकानमा गएर वुवालाई भनिदीएछ मलाई बुवाले बोरामा हालेर कपडा नाप्ने मिटरले पिट्नु भएको अहिले सम्म याद आइरहन्छ । पढाइ थालनी क॥ख देखि प्राथमिक तहसम्म त राम्रै प्रथम दि्रतिय सम्म भइन्यो । पछि पसलमा बस्ने सामान लिन जानुपर्ने भएका कारणे गर्दा पनि पढाइमा कमजोर भएको सक्छहोला । बाल्यकाल देखि श्री त्रिपुरा सुन्दरी मा।वि मा पढाइ सुरुगरेदेखि उच्च शिक्षा पनि त्यहिबाट हासिल गरे । सान्ौ उमेरदेखि पसलमा बस्ने गरेकोले रुपैयाको आवश्यकता पर्देनथ्यो आवश्यक जति पसलबाट लिने गदर्थे । त्यहि बानीले गर्दा पछि त फजुल खर्च गर्ने बानीबढ्न पो थालेछ कहिलेकाही पैसानहुदा पसलबाट चोरेर खर्च गर्न पनि थालीएछ । म कक्षा ७ पढ्दा साथीहरु मलाई जिस्काएका थिए मैले उनीहरुसंग झगडा गरेछु अनि संस्कृत पढाउने भण्डारी सरले मलाई अपिसमा लगेर पात्तीको लट्ठीले पिटेको झल्भल्ली याद आइरहन्छ । त्यतिखेर अलिधेरै चाचले स्वभाबको थिए म । त्यसदिन देखि मैले कसैसंग पनि झगडा गरेन । म निमावीमा पढ्दा अली अली छुकछुके पनि थिए । त्यहिबानीले मलाइ टेस्ट परीक्षामा २ विषय लागेको थियो एस एल सी मा म तेस्रो श्रेणीमा पास भएछु जम्मा ८९ विद्यार्थीमा म लगाएत ७ जना मात्र नियमीत तर्फबाट पास भयौ । कस्तो विडम्मबना मैले एस एल सी पास गरेकै बर्ष २०६० सालमा बुवा स्वगबास हुनुभयो । जेठो दाइ पहिलादेखि नै धनगडीमा बस्नुहुन्यो । माइलो घरमा र साइलो दाजु काठमाण्डौमा बस्नुहुन्यो । म माइलो दाजु ममी र १ बहिनी र २ दिदी घरमा थियौ । बुवाको निधन भएकोले पसलमा बस्ने कोहि नभएकोले मैले उच्च शिक्षा पढ्नलाई गाउ भन्दा बाहिरको क्याम्पसमा पढ्ने अवसर पाएन किनभने घरभित्र देखि घर बाहिरको कारोवार हेर्नुपर्ने भएको सम्पूर्ण जीम्वेबारी म माथि नै आइपयो ।

जहा बाट मैले आधारभूत शिक्षादेखि लिएर माध्यामीक शिक्षा हासिल गरे त्यहि विद्यालय २ शिक्षामा भर्ना भए । पसल र विद्यालय भ्याउनुपर्ने भएको पसल र पढाइ डामाडोल त्यहि बाट सुरुभयो तर २ नियमीत रुपले पास गरे । त्यसपछि म २०६४ सालमा काठमाण्डौ दाजु भएकोले स्नातक पढ्ने भनेर आए । सामुदायीक शिक्षा क्याम्पसमा मिनभवनमा स्नातक तहमा भर्ना भए । पहाडको नेपाली माध्यम पढ्ेको मलाई यहा पढ्नलाइ सम्स्या परेछ प्रथम र दि्रतिय वर्षको परिक्षा दिए पास हुन लाइ धौ धौ परेपछि पढेर केहिपनि हुदैन भनेर पत्रकारीतामा प्रवेश गरे केहि समय काचनपुर स्थित रेडियो महाकालीमा पत्रकार भएर काम गरेको हुनाले पत्रकारीतामा प्रवेश गरे ।

पत्रकारीता पेशा जो धेरै प्रयोगात्मक भएकोले होला यस पेशामा काम गर्न सविलोलागेका कारण मैले थापाथली स्थित नेपाल प्रेस इ_िन्स्च्युटमा भर्ना भएको हू । जिवनमा संघर्ष गरेर पैसा कमाउने भनिन्छ तर त्यस्तो नभएर नाम पो कमाउनु रहेछ बल्ल थाहा पाएर यो पेसामा सुरुवात गर्ने जमको गरेको हू । मरेर केहिपनि लानु छैन आप्ाु्नो भन्दा पछाडीको पुस्तामाझ केवल नाम छोडन पाए राम्रो हुने थियो ।

नेपालमा नक्कल गनॆ्र बानी

हामीहरु प्राय कतिपय कुराहरु देखासीकिका कारणले नक्कल गर्नेगदर्छाै त्यसैगरी नेपालका मंन्त्रीहरुले पनि नक्कल गर्न भ्याइहाल्न थालेछन । केहिदिन अगाडी माल्दिभ्सले पानिमुनी ुजलवायु परिवर्तनु सम्बन्धि बैठक गरेको थियो त्यस्तै नेपालमा आज ुजलवायु परिवर्तनु सम्बन्धि मन्त्री परिषदको बैठक सगरमाथाको आधारशिविर कालापत्थरमा बस्दैछ भने पश्चिम नेपालमा यतिखेर सुकुम्बासीका नाममा वन क्षेत्र फडानी हुदैछ । धेरैजसो वन क्षेत्र माओवादी निकट अखिल नेपाल सुकुम्बासी संघका ब्यानर टागीयका छन । सुकुम्बासी भनेपछि बस्नलाई बास र खानलाइ गास नभएका भनिन्छ तर त्यहा घरबार नभएका सुकुम्बासी हैन घरबास भएका सुकुम्बासीद्धारा अतिक्रम हुदैछ । यसरी वन क्षेत्रमा टहराबनाउनु भनेको वनविनाश गर्नु हो । अनि राजधानीमा ध्वनि धुलो धुवा र सवारि साधनका कारण हिड्न लाइ समस्या परेको भनिन्छ । भएका वन अतिक्रम र ट्रलिबस संाचालन नहूनुमा भनेको वातावरण प्रदुषण हुनु हैन र सेता हिमाल पग्लेर काला हुनथालेका हुन वन अतिक्रम रोक्ने प्रयास गरौ र ट्रलिबस साचालनमा ल्याइ

जुम्लाको खेित

टेक कुँवर
काठमाण्डौ-मंसिर ८

वर्षको दोस्रो महिना भर्खर जेठ लागेको थियो सुरुवात हुन्छ गाउघरका झुपडि -झुपडी कहां थियो मा शान्तमय - कमेन्ट ः वातारण शान्तमय छ भने शान्तमय नभन्ने । के के कुराले वातावरणलाई शान्तमय बनाएको छ त्यो कुरा लेख्ने छ ।वाताबरण देखापर्दछ । त्यहाका मान्छेलाइ कामको चटारो सुरुहुन्छ । पसिना बगाउन कोदालो कसेर किसानहरु कोदालो बोकेर खेतका आलिीमा उभिएका देखिछन् । केही पाकेको अन्न कुन बाली भित्राउन के के काम हो दुरुस्त लेख्नपर् यो कोही र उम्रेकोधानको बिउ आलिमा सार्न यही काम गर्दै थिए त दुरुस्त भयो त हली बाउसे र रोपारा हिलोमा छ्याप्छाप्ती एकअर्कामा व्यस्त थिए यो थियो र देखिन्थे । तीला नदी डाडाबाट हो र उलेर भाग्दैछ खोला शान्त वातावरणमा चाचल आवाज दिइरहेछ अनिगन्तब्य तर्फ अघिबढदैछ । त्यहि आलीमा आली भनेको के हो कालो रङका भैंसी आहार पुगेर आराम गर्न बसेजस्ता देखिन्थे काली भैसितर होइन । टन्न पानिले भरीएका खेतमा पानी टलपल भरिएको थियो । कहि कहि घरपालुवा पशुपन्छिको मल लहरै थुप्रयाएको थियो । छरिएको देखिन्थे । जेठ महिना भएकोले होला खोला बाट लगीएको कुलोमा पानि आप्ाु्नै गत्तिमा बगेको देखिन्थो । अरु महिनामा चािहं कुलो अर्काको गतिमा बग्छ
हुनपनि हो वर्षको जेठ महिना वा खेतिपाती गर्ने समय पनि यहि भएको हुनाले त्यसरीनै कृषक खेतबारीमा अल्झेका देखिन्थे ।

गोरखा जिल्लाको विद्यालय दहिनीय अवस्था

टेक कुँवर
गोरखा- तिन दशकअघिको कुरा हो । उत्तरी गोर्खामा ुस्कुल पढॆ विद्यार्थीहरु काम लाग्दैननबिग्रीन्छन सरकारले प्रहरी बनाछु लगायतका रुढीवादी मान्यता थिए ।sतिपय गाउलेले बालबालिकालाई स्कुल पठाए ुबाली बिग्रार्ने बार भत्काउने मान्छे कुट्ने हुन्छु भन्ठानेर स्कुल पठाउन मान्दैनथे ।

यस्तो संस्कार भएपनि उनि कहिले पछि परेन्ान । सानोमा उनि लुकिछिपीत कहिले परिबारलाइ फर्काएर विद्याल पढन जान्थे । उनका परिबारबाट उनले पढ्ने प्रेरणा कहिलै पाएनन् । सानोमात पढेतर पछि कसरी पढौला भनेर उनलाइ समस्या परेन हिमाली छात्रवृति किताब पढ्दा लाग्ने खर्च र बस्नलाई कोठा पाएर उनि सदरमुकामा गएर पढेछन ।

उनि हुन उत्तरी दुर्गम क्षेत्र छेकमपार गा।वि।स गोरखा स्थित स्थानिय शिक्षक आटुक लामा । उनि त्यही गाउको छेकम प्रावि मा २०४८ सालमा शिक्षक भएका हुन । उनि भन्छन ुहामी पढदा दश÷बाह्र्र जना हुन्थ्यौ अहिले साठी÷सत्तरी जना विद्यार्थी हुन्छन अहीले पहिले भन्दा दश गुणा विद्याथी बढेका छनु । त्यतिखेरका अग्रजहरुले शिक्षाको महत्व बुझेका थिएनन्ा । उनी छेकम प्राविमा स्थानिय भाषामा पढाउदछन । स्थ्ाानीय भाषामा पढाउदा विद्यार्थीलाइ पढ्न लेख्नलाइ सजिलो भएकोले विद्यार्थी बढेका छन् जो पहिलेको भन्दा अहिले ।
तातोपानी प्रा।वि उहियाका प्रधानाध्यापक दयाराम अर्यालका अनुसारु गोरखा सदरमुकामदेखि २४ कोस टाढा र अतिविकट सानो क्षेत्र विद्यालयमा एक जना शिक्षक मात्र हुनेभएकोले पढाउनलाइ अप्ठेरोपरेको शिक्षकको तलव विद्यार्थीकालागी पुस्तकलिन सदरमुकाम जानुपर्ने भएको महिनामा पन्ध्ा÷बिस दिन विद्यालय बन्द गनुपर्नेहुन्छु। शिक्षा निमावली अनुसार प्राविमा एक जना महिलाको दरबन्दी हुनुपर्नेहो तर हाम्रो यस क्षेत्रमा एक जना पनि महिला शिक्षक छैन । सोहि विद्यालयका अर्का शिक्षक दल बहादुर गरुङ्गका अनुसार ु पन्ध्र गाविसमा प्रावि मात्र छन् एउटापनि माध्यामीक विद्यालय छैन । एक गाउबाट अर्को गाउका विद्यालयमा पढ्नलाइ जान एक दिन लाग्दछ कसरी पढ्ाउनुत ।ु उनले आफ्ना बच्चालाइ कोदोको ढीणो मकैको च्याखला खुवाएर अनि चालीस हजार रुपैया खर्च गरेर सदरमुकाममा पढाएका रहेछन ।
सदरमुकामदेखि साठी कोष टाढारहेको सिद्धीबासका गाविसमा पनी कमरहेनछ । श्रीङग हिमाली प्राविका शिक्षक हरी प्रसाद पोखरेल का अनुसार ुउनका गाविसमा जनसंङख्या धेरै भएकाकारण खाद्यान्न अभावहुने भएकाले वालवालीकालाइ विद्यालयमा नपढाइ काममा लगाइने चलन रहेछ । बच्चाहरुको आधारभूत शिक्षा नभइ काम पो दिइनेरहेछ । अर्को विद्यार्थीलाई बस्ने भवन नभएकाकारणले गदापनि विद्यार्थीमा पढ्ने रुचि नभएको हुनसक्दछ ।ुसोहि गाविसका बल बहादुर कार्कीका अनुसार अनुसार ुयहाका विद्यार्थी कक्षा तिन उर्तिण गरिसकेपछि फेरी कक्षा एकमा बस्ोर क॥ ख सीक्नुपर्ने क हुन्छ । किनभने हाम्रो यहा निमावि छैन निमावि पढ्नलाई बेसी -आरुघाट जानुपर्या कि सरदमुकाम जानुपयो त्यहा जानलाइ आर्थिक स्थितिले पनि भ्याउनुपयो त्यहिकारणले बच्चाहरु क।ख॥नै पढाउछौ ।

उहीया गाविसका राम प्रसाद घलेका अनुसार उत्तरी क्षेत्रमा १५ वटा दुगम गाविस छन । जसमा एक मात्र निमावि सिद्धीबास गाविसमा रहेको छ । कतिपय स्थ्ाानमा चउरमा समेत पढाइहुन्छ । एकत यहापढाउने शिक्षक यहाका नभइ बाहिरका शिक्षक भएरपनि होला ।


सो जिल्लाका जिविस सभापति चंन्द्र प्रसाद न्यौपानेका अनुसार ुराष्ट्टले वार्षीक २५÷२६ लाख वार्षिक दुर्गम क्षेत्रमा शिक्षामा लगानी गर्छ तर उत्पादन भने गरीएको पाइदैन । उनको पनि चाहाना नै थियो त्यहादुईवटा आवासीय विद्यालय बनाइदिनाले दुर्गम क्षेत्रका जनताले शिक्षा पाउने थिएकी । समस्या आवासिय स्कुल खोल्नुहो भवन बनाउन हैन स्थानीय जनगुनासो छ ।
उत्तरीभेगमा स्थानीस्तरका कर्मचारी प्रायगरेर छैनन त्यहा कार्यरत प्रायगरी दख्खिन क्षेत्रका पाइन्छन । म
टेक कुँवर
गोरखा- तिन दशकअघिको कुरा हो । उत्तरी गोर्खामा ुस्कुल पढॆ विद्यार्थीहरु काम लाग्दैननबिग्रीन्छन सरकारले प्रहरी बनाछु लगायतका रुढीवादी मान्यता थिए ।sतिपय गाउलेले बालबालिकालाई स्कुल पठाए ुबाली बिग्रार्ने बार भत्काउने मान्छे कुट्ने हुन्छु भन्ठानेर स्कुल पठाउन मान्दैनथे ।

यस्तो संस्कार भएपनि उनि कहिले पछि परेन्ान । सानोमा उनि लुकिछिपीत कहिले परिबारलाइ फर्काएर विद्याल पढन जान्थे । उनका परिबारबाट उनले पढ्ने प्रेरणा कहिलै पाएनन् । सानोमात पढेतर पछि कसरी पढौला भनेर उनलाइ समस्या परेन हिमाली छात्रवृति किताब पढ्दा लाग्ने खर्च र बस्नलाई कोठा पाएर उनि सदरमुकामा गएर पढेछन ।

उनि हुन उत्तरी दुर्गम क्षेत्र छेकमपार गा।वि।स गोरखा स्थित स्थानिय शिक्षक आटुक लामा । उनि त्यही गाउको छेकम प्रावि मा २०४८ सालमा शिक्षक भएका हुन । उनि भन्छन ुहामी पढदा दश÷बाह्र्र जना हुन्थ्यौ अहिले साठी÷सत्तरी जना विद्यार्थी हुन्छन अहीले पहिले भन्दा दश गुणा विद्याथी बढेका छनु । त्यतिखेरका अग्रजहरुले शिक्षाको महत्व बुझेका थिएनन्ा । उनी छेकम प्राविमा स्थानिय भाषामा पढाउदछन । स्थ्ाानीय भाषामा पढाउदा विद्यार्थीलाइ पढ्न लेख्नलाइ सजिलो भएकोले विद्यार्थी बढेका छन् जो पहिलेको भन्दा अहिले ।
तातोपानी प्रा।वि उहियाका प्रधानाध्यापक दयाराम अर्यालका अनुसारु गोरखा सदरमुकामदेखि २४ कोस टाढा र अतिविकट सानो क्षेत्र विद्यालयमा एक जना शिक्षक मात्र हुनेभएकोले पढाउनलाइ अप्ठेरोपरेको शिक्षकको तलव विद्यार्थीकालागी पुस्तकलिन सदरमुकाम जानुपर्ने भएको महिनामा पन्ध्ा÷बिस दिन विद्यालय बन्द गनुपर्नेहुन्छु। शिक्षा निमावली अनुसार प्राविमा एक जना महिलाको दरबन्दी हुनुपर्नेहो तर हाम्रो यस क्षेत्रमा एक जना पनि महिला शिक्षक छैन । सोहि विद्यालयका अर्का शिक्षक दल बहादुर गरुङ्गका अनुसार ु पन्ध्र गाविसमा प्रावि मात्र छन् एउटापनि माध्यामीक विद्यालय छैन । एक गाउबाट अर्को गाउका विद्यालयमा पढ्नलाइ जान एक दिन लाग्दछ कसरी पढ्ाउनुत ।ु उनले आफ्ना बच्चालाइ कोदोको ढीणो मकैको च्याखला खुवाएर अनि चालीस हजार रुपैया खर्च गरेर सदरमुकाममा पढाएका रहेछन ।
सदरमुकामदेखि साठी कोष टाढारहेको सिद्धीबासका गाविसमा पनी कमरहेनछ । श्रीङग हिमाली प्राविका शिक्षक हरी प्रसाद पोखरेल का अनुसार ुउनका गाविसमा जनसंङख्या धेरै भएकाकारण खाद्यान्न अभावहुने भएकाले वालवालीकालाइ विद्यालयमा नपढाइ काममा लगाइने चलन रहेछ । बच्चाहरुको आधारभूत शिक्षा नभइ काम पो दिइनेरहेछ । अर्को विद्यार्थीलाई बस्ने भवन नभएकाकारणले गदापनि विद्यार्थीमा पढ्ने रुचि नभएको हुनसक्दछ ।ुसोहि गाविसका बल बहादुर कार्कीका अनुसार अनुसार ुयहाका विद्यार्थी कक्षा तिन उर्तिण गरिसकेपछि फेरी कक्षा एकमा बस्ोर क॥ ख सीक्नुपर्ने क हुन्छ । किनभने हाम्रो यहा निमावि छैन निमावि पढ्नलाई बेसी -आरुघाट जानुपर्या कि सरदमुकाम जानुपयो त्यहा जानलाइ आर्थिक स्थितिले पनि भ्याउनुपयो त्यहिकारणले बच्चाहरु क।ख॥नै पढाउछौ ।

उहीया गाविसका राम प्रसाद घलेका अनुसार उत्तरी क्षेत्रमा १५ वटा दुगम गाविस छन । जसमा एक मात्र निमावि सिद्धीबास गाविसमा रहेको छ । कतिपय स्थ्ाानमा चउरमा समेत पढाइहुन्छ । एकत यहापढाउने शिक्षक यहाका नभइ बाहिरका शिक्षक भएरपनि होला ।


सो जिल्लाका जिविस सभापति चंन्द्र प्रसाद न्यौपानेका अनुसार ुराष्ट्टले वार्षीक २५÷२६ लाख वार्षिक दुर्गम क्षेत्रमा शिक्षामा लगानी गर्छ तर उत्पादन भने गरीएको पाइदैन । उनको पनि चाहाना नै थियो त्यहादुईवटा आवासीय विद्यालय बनाइदिनाले दुर्गम क्षेत्रका जनताले शिक्षा पाउने थिएकी । समस्या आवासिय स्कुल खोल्नुहो भवन बनाउन हैन स्थानीय जनगुनासो छ ।
उत्तरीभेगमा स्थानीस्तरका कर्मचारी प्रायगरेर छैनन त्यहा कार्यरत प्रायगरी दख्खिन क्षेत्रका पाइन्छन । म