Wednesday, December 16, 2009

छापाखानाको इतिहास


विश्वमा छाप्ने प्रथाको इतिहासलाई हेर्दा पहिलो मुद्रण त्यस चिनिया पुरुषको नाम अज्ञातभएपनि उसले काठको चिल्लो टुक्रामा कुनै हतियारद्धारा खोपेर डिजाइन तयार पारी त्यसै डिजाइमाथि मसीपोत्ाी त्यसमाथि कागजराखी थिच्दथे । र तस्विर निकाल्ने गर्दथे । यसलाई इसा पूर्व ११२२-२५८ मा चीनमा त्यहाका बादशाहको बहादुरीको वर्णन खोपेर राखेको प्राप्त सबुतबाट प्रमाणीत गरिएको छ । यसै छाप्ने प्रथालाइ इतिहासकारहरुले छाप्ने प्रथाकॊ पूर्वकाल मानेका छन् । टाइपको प्रयोग सबैभन्दा पहिला सन् १४४० मा युरोपमा भयो पन्धौ शताब्दीमा श्री जान गुटेनवर्गले पहिलो प्रेस बनाए । यस प्रेसमा टाइपमाथि कागज राखेर थिचि छाप्ने गरिन्थ्यो ।
नेपालमा प्रेसको स्थापना
नेपालमा छापाखानाको स्थापना हुनु अगाडि पुस्तकहरु एकातिर पहेलो एकातिर सेतो रङ्ग भएको नेपाली बाक्लो घोटुवा पाको कागजमा पाको कालो रङ्गको मसीले र कालो रङ्गको बाक्लो घोटुवा कागजमा सुनौलो मसी सुनको जलपको मसी ले हातले लेख्ने चलन थियो । छापाखानाको स्थापना भएपछी शुरु शुरुमा सरकारी इस्तिहार लिफा टिकट आदि छापाखानाबाट छापिने गदथ्यो । त्यसको केहि वर्षपछि मात्र पुस्तकहरु छापिन सुरु भयो ।
नेपालमा छापाखाना प्रेसको स्थापना संवत १९०८ सालमा भएको भन्ने छ । यसको कुनै प्रमाण भेटिएको छैन । त्यतिखेरका प्राइम्मिनिष्टर श्री ३ महाराज जंग बहादुर राणा बेलायत जानु भै त्यहाबाट फकेर आउदा एउटा हाते प्रेश र सामान ल्याएको थियो भन्ने भनाइ छ । त्यतिखेर देखि भनिदै आएको यो भनाइ अहिले सम्म भनिदै छ । यसको प्रमाणको रुपमा छाप्ने हाते मसिनका सबै सामान देखा पर्दछन । जो भूग्ााेल पार्क न्यूरोड गोरखापत्र छापाखाना मा छन । उक्त छापाखाना बेलायतबाट श्री ३ जंग बहादुर राणाले ल्याएको छापाखाना भनि देखाइन्छ र यसको प्रमाणका रुपमा अहिले यसका पार्टपूजा काम नलाग्ने हिसाबले गोरखापत्र छापाखाना मा थुपारिएर राखिएका छन । यस छापाखानालाइ गिद्दे प्रेश पनि भनिदोरहेछ किनभने उक्तछापाखाना ग्ािद्दको पखेटा र आकारजस्तो भएको हुनाले गिद्दे प्रेश नाम राखीएको भन्ने भनाइ छ । अझै पनि हामीहरु यो मसीनलाइ प्रमाणका रुपमा त्यहा हेर्न सक्नेछौ । सुरुमा यो मेसिन थापाथली मा थियो । यसले लिफा हुलाक टिकट आदि छाप्दथ्यो । नेपालमा जंग बहादुर राणा जबरा ले ल्याएको गिद्धे प्रेस पछि मात्र नेपाली प्रेसको स्थापना भएको भनिन्छ । गिद्धे प्रेस ल्याएको केहि वर्ष पछि नेपालमा अर्को प्रेस पनि ल्याइयो र यसलाई मनोाजन छापाखाना भन्ने गरेको थियो । मनोाजन छापाखाना कुन सालमा ल्याइयो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । नेपालमा ऐनको किताब पनि सबैभन्दा पहिले मनोाजन छापाखाना मा छापिएको र यो छाप्नमा तिन वर्ष लागेको थियो । नेपालमा छाप्ने मेशीन १९४९ सालमा पाको काठमाण्डौ निवासी श्री कुबेररत्न बज्राचार्य ले बनाउनुभयो । नेपालमा बनेको यो पहिलो हाते फलामे प्रेस हो । यो प्रेस लाई वि।सं १९४९ देखि १९७९ सम्ममा बुद्धप्रेस नामबाट चिनिन्थ्यो ।
यसरी प्रेसको स्थापना पछि नेपालमा अरु प्रेसको स्थापना भएको पाइन्छ तर ति प्रेस छापाखाना राणाशासक सन्तान र गुरुहरुबाहेक अरुका थिएनन् ।
नेपाली पत्रकारीताको विकासक्रम
नेपाली पत्रकारीताको विकासक्रमलाइ विभिन्न चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।

१ पहिलो चरण वि सं १९४३ देखी २००७
२ दास्रो चरण वि सं २००७ देखी २०१७
३ तेस्रो चरण वि सं २०१७ देखी २०४६
४ चौथो चरण वि सं २०४७ देखी २०६२
५ पाचौे चरण वि सं २०६३ देखी हालसम्म

१ पहिलो चरण वि सं १९४३ देखी २००७ सम्म
१९४३ मा युवाकवि मोतीराम भट्टको सक्रीएता र सम्पादनमा हिन्दी भाषाका नेपालीे अनुवाद संस्करण गोर्खा भारत जिवन प्रकाशन भएको पाइन्छ । गार्खा दर्ता नभइ प्रकाशन भएकोले वैधानीक भन्न मिल्दैन । तर पनि नेपाली पत्रकारिता सुरुवात यहाबाट भएको पाइन्छ । वि सं १९५५ मा सुधा सागर मासीक पत्रिका प्रकाशन भएको थियो । यो नेपाली भूमिमा प्रकाशन भएको पहिलो वैधानीक पत्रीका हो । नेपाली भाषाको उन्नतीमा समर्पित यो पत्रीकामा विशेषत कथा कविता र निबन्ध छापिने गरिन्थ्यो ।
सुधा सागर पछि मुलुकमा उदारवादि राणा प्रधानमन्त्री देव शमशेरले वि।सं १९५८ वैशाख २४ गते साप्ताहिक रुपमा गोरखापत्र प्रकाशन गरेका थिए । त्यसबेला विश्वमा नै साप्ताहिक रुपमा प्रकाशन गर्ने प्रचलन भएकोले नेपालमा पनि गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन हुनुलाइ स्वाभाविक मान्न सकिन्छ । नेपाली समाचारको इतिहासमा गोरखापत्र लाई पहिलो मात्र नभइ दीर्घजीवी जेठो अखबारका रुपमा लिइन्छ । सुधा सागर मासीक साहित्यिक पत्रिका भएकोले नेपाली पत्रपत्रितामा गोरखापत्र नै पहिलो साप्ताहिक समाचारपत्र हो । गोरखापत्र नरदेव मोतिकृष्ण शर्माको सम्पादनमा ठहिटी पशुपतिमा छापिन्थ्यो ।
नेपाली भाषामा नेपालमा साचार माध्यम संगठनको इतिहासलाई गोरखापत्र प्रकाशनको इतिहाससंग जोडेर हेरिने गरिन्छ । वि सं १९५८ वैशाख २४ गते सोमबार गोरखापत्र छाप्नका लागी श्री ३ देवशमशेरद्धारा नरदेव मोतीकृष्णलाइ दिएको निर्देशनमा साचार माध्यमको संगठन र व्यवस्थापनका बारेमा प्रत्येक्ष अनुभव गर्न पाइन्छ । जसमा प्रत्येक गाता १००० प्रति गोरखापत्र छाप्नु त्यसमा अनौठा कुराअड्डा अदालत फोहोर भए हाकीम नबसे जुलुस अन्याए भए करार गरी हाकीम बदलीए फजुल गरे खेतिपातीको उन्नती बारे विरतापूर्वक भालु चीतुवा मार बेदानमा छाप्नु अथवा कसैले म फलानो इलम जान्दछु जागीर पाउ भन्न आए पैसा लिइ छापिदिनु स्वर्गवासी श्री ३ महाराजको तारिफ छाप्न हुन्छ तर फौज सरकारको आए व्यय सीमानाको विकट बाटो सुनखानी श्री ३ का दरबार आइमाइबारे तथा हाम्रो तारिफ हुने नछाप्नु भन्ने उल्लेख छ ।
श्री ३ महाराज देवशमसेरको शासन कालपछि नेपालका प्राइम्मिनिष्टर श्री ३ महाराज जुद्ध समशेरको शासनकालमा हप्तामा एक पटक निष्कने गोरखापत्र हप्तुमु दुई पटक निष्कने भयो र नेपालबाट छापि निष्कने पत्रिकामा दर्ता नम्बर राख्नुपर्ने चलन पनि चल्यो ।
मुलुकमा कठोर राणाशासन भएकोले विचार र अभिव्यक्ति स्वतन्त्रताको कल्पना नै गर्न नसकिने अवस्थामा मुलुकमा बसेर पत्रपत्रिका प्रकाशन गर्नु एवंम शिक्षा आर्जन गर्न कठिनको कुरा थियो । यसर्थ नेपाली भाषा साहित्यको वृद्धिमा चासो राख्ने व्यत्ािु जो रााणाशासनका कारण स्वदेशमा बस्न सकेनन् । तिनिहरुले प्रवासमा बसेरपनि योगदान गरेका थिए । वि।सं १९५८ मै पादरी गंगाप्रसादको सम्पादकत्वमा दार्जिलिङबाट गोर्खे खबर कागज प्रकाशन भयो । यता स्वदेशमा वि।सं १९९१ मा ऋाद्धिबहादुर मल्लको सम्पादनमा शारदा पत्रिका प्रकाशन भयो । राणा शासकहरुको गतिविधिलाई प्रमुख स्थान दिने गरेको यो पत्रिकाले सरकार द्धारा आर्थिक सहाएता पाउदथ्यो शारदा पछि उधोग पाक्षिक १९९२ घरेलु इलम पत्रिका २००४ आखँ २००५ आदि प्रकाशन भए ।
वि सं २००२ असोज ९ गते अर्धसाप्ताहिक र वि सं २००३ साल देखि हप्ताको तीनपटक प्रकाशन भयो । वि सं २००५ सालमा पहिलोपटक छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २००५ जारी भयो । यो ऐनले त्यतिखेरका श्री ३ र श्री ५ को आलोचना गर्न नपाइने ज्यान मार्न सघाउने र सैनिक जवानलाई राजभक्ती कर्तव्यबाट विलचन गराउने हिसावबाट कुनै पनि सामग्री प्रकाशन मुद्धण गर्न निषेध गयो ।

दोस्रो चरण वि सं २००७ २०१७ सालसम्म
त्यतिखेरको खासगरेर नेपाली कागं्रेसद्धारा साचालन गरिएको आन्दोलनले गति लिएपछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएपछि १०४ वर्ष लामो राणाशासन अन्त्य भयो र नेपालमा स्वत्रन्त राजनितीक वातावरण कायम भयो । २००७ सालपछि नेपालमा पत्रकारिता संख्यात्मक रुपमा वृद्धि भएको पाइन्छ । २००७ साल फागुन ४ गते ह्दय चन्द्र िसंह प्रधान र केदारनाथ न्यौपानेको सम्पादकत्वमा जागरण नामक साप्ताहिक अखबार प्रकाशित भएको थियो । निजी लगानीबाट प्रकाशित भएको यो पहिलो साप्ताहिक पत्रिको हो । यो पत्रिका एक वर्षभन्दा बढि चल्न सकेन । त्यसपछि २००७ सालमै फागुन ८ गते स्व।सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा आवाज दैनिक प्रकाशन भयो । यो नेपाली पत्रकारिताको इतिहासमा पहिलो दैनिक समाचारपत्र हो । आवाजले त्यतिखेरका मानिस मा पत्रिका पढ्ने वातावरण वा रुचि बनाइएको भनिन्छ ।
त्यतिखेर जनताबाट लोकपि्रयता पाएको थियो र १५०० प्रति छापीएको थियो र मौषफल बाहिर पनि वितरण गरिन्थो । आर्थिक लगायतका अन्य कारणलेगर्दा २ वर्ष १०७ अंक प्रकाशन भएपछि यो पत्रिका बन्द भयो । आवाज बन्द भएपछि २०११ साल भदौ २४ गते अनिल राज उपाध्यायको सम्पादनमा दैनिक समाज प्रकाशनभएको थियो । यो अखबारपनि लामो समयसम्म टिक्न सकेन किनकी आर्थिक समस्या एउटा थियो भने सरकारद्धारापनि दुख दिएको थियो । २०१२ सालमा स्वं गोपालदास श्रेष्ठको सम्पादनमा तजभ अयुयलभच नामक पहिलो अग्रेजी भाषाको दैनिकी पत्रिका प्रकाशित भएको थियो ।
यस अवधिमा ३६ वटा दैनिकी ४८ वटा साप्ताहिक ५ अर्धसाप्ताहिक र ११ वटा मासिक र अन्य भाषाका पत्रिका प्रकाशित भएको पाइन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको २००७ साल चैत २० रेडियो नेपालको स्थापना भएको थियो भने २०१६ पुस १ गते नेपाल संवाद समिति नामक समाचार समितिको स्थापना भइ केहि अखबारहरु लाइ समाचार दिन थाल्ाियो ।

तस्रो चरण वि सं २०१७ देखि २०३६ सम्म
२०१७ साल पुस १ गते तत्कालीन श्री ५ महेन्द्रले जननिर्वाचित सरकारलाई बखास्त गरी सबै राजनितीक सता आप्ाु्नो हातमा लिए । यस पछि देशमा निदलीय पंचायती व्यवस्था सुरु भयो । यस समयमा पत्रकारितामा सरकारी प्रतिबन्धीत नियन्त्रण बढेको पाइन्छ । वि सं २०१७ सालदेखि हप्तामा तीन पटक प्रकाशन हुदै आएको गोरखापत्र दैनिक अखबारका रुपमा प्रकाशन हुन थाल्यो । गोरखापत्र संस्थान ऐन२०१९ अनुसार नै गोरखापत्र संस्थानका रुपमा परिणत भयो । पंचायती संविधान २०१९ ले दलगत उदेश्यबाट प्रेरित प्रकाशनलाइ नियन्त्रत गर्ने व्यवस्था गयो । त्यसो त छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०१९ ले प्रकाशन र अभिव्यत्ािु स्वतन्त्रतालाई कठोर नियन्त्रण गयो । राष्ट्यि संवाद समिति ऐनअनुसार २०१८ सालमा नेपाल संवाद समितिलाई गाभेर राष्ट्यि समाचार समितिको स्थापना गरियो । यसले देश विदेशमा भएका समाचारलाई आमसाचारमाध्यमले प्रयोग तथा उपयोग गर्न पाउने भए ।
नेपाल अधिराज्यभर प्रकाशित भएका पत्रपत्रिकाको तथ्याडराख्ने पत्रकारहरुका लागि आचारसंहिता जारी गर्ने उदेश्यनले २०२७ सालमा प्रेस काउ_िन्सलको स्थापना भयो । यहि समयमा तीन वटा छापाखाना र प्रकाशन ऐन लागु गरिएको थियो । ति हुन छापाखाना र प्रकाशन ऐन २०१९ र २०३२ र छापाखाना र प्रकाशन ऐन २०३९ले नेपाली पत्रकारिताको इतिहासमा यस समयमा धेरै सकारात्मक र नकारात्मक उपलव्धिहरु हासिल गरेका छन ।सर्वप्रथम त्रिभुवनविश्व विद्यालयमा २०३३ सालमा पत्रकारिता र आमसंाचार विषयमा शिक्षा संाचालन भयो । त्यसै गरि २०४२ सालमा लभउबि उचभकक ष्लकतष्तगतभ जस्त्ाा आमसंाचार सम्बन्धित १० महिने विषयमा पढाइ सुरु भएको पाइन्छ । २०३९ सालमा नेपाल इन्टलस्याटमार्फत् भू उपग्रह संाचारमा प्रवेश गरि २०४१ माघ १७ देखि नेपालमा टेलिभिजन परियोजनाका रुपमा प्रसारण भयो भने २०४२ सालबाट नियमीत रुपमा प्रसारण हुन थाल्यो । हामीहरुले टेलिभिजन प्रसारण भएको वर्ष लाई भन्ने कि मिति लाई यस चरणमा प्रकाशन भएका पत्रपत्रिकाहरुमा अग्रेजी दैनिक दि राइजिङ नेपाल गोरखापत्र मधुपार्क मासिक समीक्षा साप्ताहिक बुधबार रुपरेखा मातृभूमी विर्मश सगरमाथा टाइम्स जनआवाज छलफल अन्तर्राष्टिय माच युवा माच देशान्तर विमोचन गरिमा मूल्याङकन अरुणोदय दृष्टि जन्मभूमि कामना नेपाल भाषा पत्रिका जनवार्ता द कमनर नया नेपाल पोष्ट आवाज जस्ता विभिन्न नाम भएका पत्रपत्रिका निस्किएका अर्थात प्रकाशन भएका पाइन्छन। त्यतिखेर प्रेस माथि कडा निगरानिका साथै प्रेसमाथि सेन्सरसपि थियो । निर्दलिय पंचायती व्यवस्थाको सर्मथन गर्ने र बहुदलको पक्षका सर्मथन गर्ने गरि प्रेस दुइ भागमा विभाजन थियो । सरकारका पक्षमा सर्मथनगरि लेख्ने पत्रपत्रिकालाइ सरकारद्धारा रकम सुविधा अनुदान वा पालनपोषन थिए । भने सरकारका विरोधी पत्रपत्रिकाको दर्ता खारेजी गरिने पत्रकारलाई यातना दिने सुविधा कटौति गरिने र छापाखाना बन्द गरिने कि्रय

3 comments:

  1. २०११ अनिलराज उपाध्यायको सम्पादकत्वमा दैनिक समाज प्रकाशन भयो भन्नुभएको रहेछ । दैनिक समाज २०११ मा अनिलराज उपाध्यायको सम्पादकत्वमा हैन, मणिराज उपाध्यायको सम्पादकत्वमा प्रकाशन शुरु भएको हो । उहाँ अझै जीवित हुनुहुन्छ र डिल्ली बजारमा बस्नुहुन्छ । २०४४ देखि २०५० सम्म मैले पनि त्यही दैनिक समाजमा काम गर्ने अवसर पाएको थिएँ । धन्यवाद ।

    ReplyDelete
  2. यश लेखमा ३ बर्ष लगाएर एेनको किताब मनोरञ्जन छापाखानाबाट छापिएको लेखिएको रहेछ यो किताब त लेटरप्रेस छापाखाना बाट छापिएको भन्ने पनि छ नि ।

    ReplyDelete
  3. यो महत्वपूर्ण लेखको पूर्ण प्रती पाए आभारी हुने थिएँ । सम्भव भए यश लेखको श्रोतको पनि जान्न इछुक छु । मेरो स्वर्गीय बुबा पनि काठमाडौ असन महान्बौद्धतिर २०१७-१९ सालतिरै कम्पोजर हुनुहुन्थ्यो तर प्रेसको नाम यकीन गर्न सकिएन । कसैले जगदम्बा प्रेस पनि भन्नुभयो - भूमीगत कालका पर्चा कम्पोज गर्न राती पनि काम गरेको सुनाउनुहुन्थ्यो । कृपया nugasa@gmail.com इमेल गरिदिनुहुन सादर अनुरोध ।

    ReplyDelete