Wednesday, March 31, 2010

तपाइ मासु किन्न जादैहुनुहन्छ किन्नु अघि त्यो उपभोग्य छ छैन









टेक कुँवर प्रशिक्षार्थी पत्रकार
काटमाण्डौ चैत १५ नागरिक दैनिक
तपाइ मासु किन्न जादैहुनुहन्छ किन्नु अघि त्यो उपभोग्य छ छैन त्यो मासु कुन जनावरको हो चेक जाच भएको छ कि छैन कहिल्यै विचार गर्नु भएको छ तर तपाइहरुले यसबारे चोसो नराख्नाले तपाइको वेवास्ताको फाइदा उठाउदैछन मासु व्यापारिहरु ।
अहिले उपत्यकाका मासु पसलमा यस्तै भइरहेको छ । अधिकास मासु पसलेले मासुको गुणस्तरीय छ छैन भनेर पशुपन्छिको चेक जाच गरेको पाइदैन । उनिहरु किन्छन काट्छन त्यस्तै तपाइहरु विना हिच्कीटावट खरिद गर्ने गनुहन्छ । यसरी प्रशासनको वेवास्ता र मासु व्यापारिको लापरवाहिले उपभोक्ताको स्वास्थ जोखिममा परेको छ । उपत्यकामा रहेका मासु पसललाई मापदण्ड मा ल्याउन नसक्दा उपभोक्ताहरु अस्वस्थ मासुजन्य जनावरको मासु खान बाध्यछन । एक त रोगी जनावर अर्को गर्मीको समय यस्तो मासु खानाले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पुयाएको छ चिकित्सक बताउदछन ।
स्थानीय विष्णुमतिको किनारामा चार दशक देखि मासु व्यावसायी गदै आएका चिर्ते शाहि भन्छन कसरी हामीहरु वधशाला निमार्ण गर्न सक्छौ सानो लगानिमा यति ठुलो लगानि गने हाम्रो क्षमता हुदैन यसका लागी स्थानिय निकायले वधशाला निर्माण गर्नको लागी सहयोग नगरेको गुनासो पोख्छन उनि ।
पशु वधशाला तथा मासु ऐन निमार्ण भएपनि लागुहुन सकेको छैन । नियम कानुन छ तर कायान्वयन भएको छैन काठमाण्डौ महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख डा बाबुराम गौतम भन्छन गोठ देखि ओठ सम्म आउदा सुरक्षित हुनुपछ त्यसो भएको पाइदैन । अस्वस्थ्य मासुले महामारीको समस्या ल्याउन सक्छ जस्तो कि रातो मासी टाइफाइड जन्डिस आउ झाडापखाला छारे टिबि जस्ता रोगहरुले समस्या ल्याउन सक्ने उनि बताउदछन । ऐनमा पशुजन्य जनावर पशुचिकित्सकले पशुजाच गरेर छाला र रगत निकालेर चिस्यानमा राखेको र छाप लगाएको मासु पसलेले बेच्ने प्रावधान रहेको छ । तर उपत्यकाका अधिकांस मासु पसले भने यस्तो नभएर प्रायजसो खोलाका किनार व्यस्त सडकका किनार मा प्राय जसो मासु पसल खोलेर बिकि्र गर्ने गरेको पाइन्छ गौतम बताउदछन ।
अधिकांश मासु पसलमा गणस्तर चेक जाच हुदैन । उपत्कामा रहेका महानगरपालिका उपनगरपालिकार नगरपालिकाको काम हो निश्चीत स्थानमा व्यवस्थित तरिकाले वधशाला निमार्ण गनुपनेहो तर लागु नगरेकाले यस्तो समस्या देखापरेको हो दृष्टिपुगेन लगानि गर्नुपछ सामुदायिक पशु विकास आयोजनाका प्रमुख डा रेवतिमान श्रेष्ठ बताउदछन । कुनैपनि मासु जन्य जनावरलाइ पशुवधशालामा नै काटिनु भन्दा पहिले सो काट्ने स्थान सफा हुनुपर्दछ तवमात्र काटिने पशुको पशुचिकीत्सक बाट जाच गरेपछि मात्र खान योग्य ठिक छ भनेमात्र खानको लागी योग्य मानिन्छ तर त्यसो गरेरेको पाइदैन । वधशाला नभएक्ो अवस्थामा सफाठाउमा काटेर बिकि्र गर्नुपयो एक ठाउबाट अको ठाउमा लैजादा छोपेर लिनुपयो यसो गदा मासुमा जीवाणुहरुले असर नगरेको र डिप फ्जिमा राखेर र मात्र बेच्नुपर्ने हो तर यसरी बेचेको पाइदैन श्रेष्ठ बताउदछन । आफुहरुले बधशाला निमाण र नमुनाका रुपमा एक दर्जन मासु पसल खोल्नलाइ प्रोत्साहन गरेपनि व्यावसायिहरु त्यसतर्फ आर्कषित नभएको गुनासो गर्छन उनि ।
पशु जनस्वास्थ्य कार्यालयका भेटनरि प्रमुख डा बोधप्रसाद पराजुली का अनुसार राजधानिमा रहेका आधाभन्दा वढि मासु व्यावसायीहरुले अस्वस्थ्य मासु विकि्र गरेको पाइन्छ । यस्ता पसलमा सबैभन्दा वढि रागा र भैसीको मासु वढि अस्वस्थ्य बिकि्रहुन्छ भने यसको तुलनामा कुखुरा बोका खसी र बगुरको मासु कम अस्वस्थ्य को सुचिमा रहेको पाइन्छ डा पराजुली बताउदछन ।
उपभोक्ता हित संरक्षण माचका वरिष्ट अनुसन्धान अधिकृत प्रमोद कोइराला मासु जाच ऐन २०५५ लागुहुनुपयो स्थानिय निकायले इच्छाशक्ति देखाउनु पर्दछ तवमात्र उपभोक्ता सचेतहुनु पदछ । यसरी विना इजाजत लिएर खोलिएका मासुपसलेलाई मापदण्डभित्र ल्याउनको लागी उपभोक्ताले स्थानिय निकायमा दवाव सिर्जना गनुपदछ तब मात्र उपभोक्ता स्वस्थ मासु खान पाउने छन उनि बताउदछन । अहिले उपत्यकामा करिव चौध सय जति मासु व्यावसायी रहेका छन ।


यसमा रहेका तस्बिर भक्तपुर र बिष्णुत्ति खोलाका किनारमा खिचीएका हुन । तस्बिर लेखक

No comments:

Post a Comment