Wednesday, March 31, 2010

नेपालको एक मात्र दलित विद्यार्थि बस्ने छात्रवास

टेक कुँवर प्रशिक्षार्थी पत्रकार
नागरिक दैनिक
काटमाण्डौ चैत १५

नेपालको एक मात्र दलित विद्यार्थि बस्ने छात्रवास कमजोर आर्थिक व्यवस्थाका कारण सुविधाविहीन अवस्थामा चलिरहेकोछ । सो छात्रवासमा १४ वर्ष देखि साचालक समिति छैन । काठमाण्डौ महानगरपालिका १५ विजेश्वरि स्थित रहेको छात्रवास विसं २०३३ सालमा ३ रोपनि सात आना जग्गामा स्थापना भएको थियो ।

२ तला ३२ कोठा रहेको छात्रवासमा अहिले सत्तरी विद्यार्थि बस्ने गरेका छन । दुइवर्ष अगाडि खाना पकाउने मेस साचालन थियो अहिले सबै विद्यार्थि आ आफ्नो कोठामा आफै खाना पकाउनु परेको र खाने पानि समेत रु प्रति एक रुपैयामा २ लिटर पानि किनेर ल्याउछौ विद्यार्थिहरुको गुनासो रहेको छ ।

समाज कल्याण मन्त्रालयबाट वार्षिक ४५ हजार सहयोग पाउदै गरेको छात्रवासले साचालक समिति निस्क्रीय भएका कारणले गर्दा गत वर्ष आर्थिक सहयोग पाएन । संाचालक समितिको काम भनेको आर्थिक श्रोतसाधन संाचालन गनु विद्यार्थि लाई व्यवस्थापन गर्ने रेखदेख गने छात्रवासमा देखापरेका समस्यालाइ समाधान गर्न हो तर संाचालक समिति नभएकोले यहाका वार्डेन वसन्तकुमार विश्वर्कमा पनि विश्वविद्यालय किर्तिपुर सरुवा भएकोल अहिले अन्योल ग्रस्त भएको छ । निर्मीत वार्डेन राम नेपाली बताए ।
सबैजना विद्याथि गएर विधुत प्राविधिकरण काठमाण्डौ उपत्यका खानेपानि लिमीटे्ड संस्थानलाइ पटक पटक आग्रह समेत गर्दा लाइन काटेको छैन यसभन्दा अगाडि बिधुत प्राविधीकरणले एक पटक पैसा नतिरेको भनि लाइन काटेको थियो । गत असाढ महिनासम्मको खानेपानिको करिव रु ३ लाख विधुत प्राविधीकरणको रु ७० हजार रकमको बिल आएको छ कसरि तिर्ने हौ । हामीहरुले विभिन्न संघ संस्थालाइ सहयोगको लागि आग्रह समेत गरेका थियो तर उहाहरुबाट संाचालक समिति नभएर कसरी तपाइहरुलाइ सहयोग गर्ने भनेर भनेपछि पुरानो संाचाक समितिका पदाधिकारीलाइ १० औ पटक नया कार्य समिति गठन गर्नको लागी पत्र काट्दा समेत कोहि पनि नआएको गुनासो रहेको छ वार्डेन नेपालीको ।
धेरै पटक पैसा छिटो तिनुस भनेर खबर आइसक्यौ पैसा नतिरेकोृमा लाइन काटिनेछ भन्ने बारेन्ट पत्र पाइसकेका छौ तर पैसा कहा बाट तिर्ने हो हामी संग आथिक श्रोत भनेको त्यहि वाषिक ४५ हजार मात्र हो कहाबाट ल्याएर तीर्ने हो थाहा छैन । नेपाल टेलिक्रमलाइ २ वर्ष अगाडि रु २० हजार बिलको रकम तिर्न नसकेका कारण टेलिफोनको लाइन काटेको थियो । अहिले विभिन्न संघ सस्थाले सहयोग गर्न खोजिरहेका छन संाचाक समिति नभएका कारणले अन्योलमा परेका छौ वाडेन नेपालीले बताए ।
पैसा तिर्न नसकेका कारणले गर्दा महानगरपालिकाले फेहोर उठाउन छोडेका कारण अहिले छात्रवास कम्पाउन्डमानै फोहोर पाल्ने गरेका छौ विद्यार्थिहरले बताए । हामी ७० जना विद्यार्थि बस्छौ जावॊॆ एक लाइन त हो खाने पानिको कसरी पुगोस तपाइ आफै भन्नुहोस विद्यार्थि गणेश कामीले भने । एक त ठेगानानै हुदैन खानेपानि आउनको कहिले दिउसो आउछ भने कहिले राति थाहानेै हुदैन ।
त्यतिखेर संाचालक समितिका अध्यक्ष मोहनलाल कपाली कपाली थिए उनको निधन पश्चात बैठक बस्न नसकेको हो र हामीहरुले मन्त्रालयलाइ नया संाचालक समिति गठन गरिदिनुहुन भनि आग्रह समेत गर्दा गठन गरिनदिएको गुनासो पोख्छन दलित आयोगका सदस्य पदम सुनदास ।
दलित आयोग शिक्षा मन्त्रालय र महिला वालबालिका तथा समाज कल्याण मन्त्रालयलाई पाले पिउन साधारण खर्चको लागी वार्षिक ३ लाख ६४ हजार रुपैयाको माग पेशगरेका छौ हाम्रो मागको सुनुवाइ नभएको बताउदछन दलित आयोगका अध्यक्ष र पुरानो संाचालक समितिका सदस्य विजुल विश्वकर्मा ।
नेपाल सस्कृत विश्वविद्यालयको छात्रवासका विद्यार्थिलाइ सरकारले घ्यू मासिक भर्ता समेत दिनेगरेको छ त्यहाबस्ने वार्डेन लाइ समेत तलव लिएको छ म यो दलित छात्रवासमा निस्वार्त रुपले स्वयमसेवको रुपमा काम गरेको छु यो एउटा दलितको लागी ऐतिहासीक छात्रवास हो जो आर्थिक अभावका कारणले लोपहुने अवस्थामा रहेको छ वार्डेन नेपालीले बताए ।
कुनैपनि राजनितिक पाटीले दलित छात्रवासको समस्यालाइ गम्भीरताका साथ नउठाएको छ हाम्रो छात्रवास अहिले वेसाहार हुने अवस्थामा पुगेको छ । यो कस्तो छात्रवास हो हामीहरु हुने थिएनौ एक विद्यार्थिले बताए ।
२०१९ सालमा राजा महेन्द्रले सहश्रनाथ कपालीलांई त्यतिखेरका पाचायतकाल सांसद थिए । दलितहरुलाइ खुसीहुन भनि दिएको रकमले महेन्द्रले बाट बक्सीस स्वरुप रु २५ हजार पाएका थिए त्यहि रकमबाट उनले ३ रोपनि सात आना जग्गा किनेको पाइन्छ ।

No comments:

Post a Comment