Saturday, February 6, 2010

ज्ञापन पत्र


विहीबार हिमाली भोटे लामा राष्टिय मक्ति मोर्चा नेपाल ले संविधान सभा भवन नया बानेश्वरमा संविधान सभाका सम्माननिय अध्यक्ष सुभास नेङवाङ लाई ज्ञापन पत्र बुझाएको छ । जो नेपाल प्रेस इ_िन्स्च्युटका प्रशिक्षार्थी पत्रकार टेक कुवर ले यसरी प्रस्तुत गर्दछन ।
हाम्रो देश नेपाललाइ वास्तविक रुपमा नया नेपाल बनाउने उदेश्यले संविधान सभाले मस्यौदा तथा खाका तयार पार्ने ११ वटा विषयगत समितिहरुको निणर्यगरी कायविभाजन गरिएको थियो । उक्त समितिहरुको मस्यौदा संविधान सभामा पेश गर्ने शिलसिलामा अन्तिम मस्यौदाकार राज्य पुनरसंरचना समितिले पनि आफ्नो मस्यौदा तयार पारि जातीय एवम क्षेत्रीय उत्पीडनको आधारमा १४ वटा राज्यहरुको नामाङकन र सिमाङकन तोकि संविधान सभामा पेश गरेको अवस्था छ । हाम्रो हिमाली भोटेलामा मुक्तिमोचा नेपाल हाम्रो मातृ पाटि ए। नेकपा माओवादी मार्फत हाम्रो राज्यको कामाङकन भोट स्वायत राज्य र सिमाङकन को हकमा पूर्व गणेश हिमाल देखि पश्चिम अपि सैपाल हिमाल भित्र गोर्खाको सिदीवास्ा गाविस सहित उत्तर चुमनुबरीको ८ गाविस मनाड जिल्लाको १३ गाविस मुस्ताड जिल्लाको १६ गाविस डोल्पा जिल्लाको ११ गाविस मुगु जिल्लाको ७ गाविस जुम्ला जिल्लाको ५ गाविस हुम्ला जिल्लाको २२ वटा गाविस र बाजुरा जिल्लाको २ गाविस गरि जम्मा ८ जिल्लालाइ भोट स्वायत गणराज्य घोषणा गरिसकेको छ तर राज्य पुनरसंरचना समितिले माथि उल्लेखित ८ जिल्लाको भूभागलाई नसमेटेर कर्णाली अाचलका उत्तरी तीन जिल्ला लाइ मात्र जडान राज्यको प्रस्ताव पेश भएको अवस्था छ । उक्त मस्यौदा प्रति हाम्रो मोर्चा लगायत सम्पूण भोट क्षेत्रका भोटे जातीहरु असहमति जाहेर गर्दछ । माथि उल्लेखित भोटे जातीको । राष्टियता र स्वतन्त्र पहिचान एवं आत्मनिणय अधिकार सहितको अग्रअधिकार सुनिश्चित हुनेगरी नया नेपालको नया संविधान लेखिनुपर्ने हाम्रो जोडदार माग छ । राज्य पूनरसंरचना समितिले जसरी हाम्रो भोट क्षेत्रका भोटे समुदायलाइ कमजोर पार्ने हिसाबले विभाजन गरि जडान राज्य नाम राखि प्रस्ताव गरेको छ । सो पस्ताव हाम्रो मार्चाको लागी र भोट क्षेत्रका सम्पूर्ण भोटे जाति तथा सिगो भोटबासीहरुमाथि अन्याय भएको छ । जुन विषयमा पूनरविचार गरिदिनुहुन सम्माननीय अध्यक्ष ज्यू मार्फत सम्मान्ाीत संविधानसभाको ध्यानाकर्षण गर्दछ ।
भ्ोट छेत्रका उत्पीडित उपेक्षित जातीहरुको मनोविज्ञान र भावनालाइ बुझ्दै राज्य पुनरसंरचना समितिले पेश गरिएको जडान राज्यलाइ भोट राज्य बनाइयोस र सिमाङकन को हकमा पूर्वमा गोर्खाको गणेश हिमाल देखि पश्चिम अपी सैपालसम्म सिमाङकन तोकियोस भन्नॆ मुग्ा यसै ज्ञापन पत्र माफत जाहेर गदछौ । हाम्रो यो माग लाइ गम्भीरतापूवक ध्यान दिइयोस । यदि हाम्रो यो मागलाइ बेबास्ता गरेमा हिमालबाट भोटे समुदायको विद्रोह मार्फत अहिलेको कटपुतली सरकार र प्रतिगामी राजनितिक दलहरु भ्ााेट क्षेत्रबाटसदाको लागी बढारीनेछ । साथै बाध्यात्मक ढंगले गरीने विद्रोह बाट निस्कने परिणामको जिम्मा सम्बन्धित पक्षले लीनु पर्ने छ ।
ह्ाम्रो मागहरु
1 भोट स्वायत गणराज्य घोषणा गर
2 पूर्वमा गोर्खाको गणेश हिमाल देखि पश्चिम अपी सैपालसम्म सिमाना सुनिश्चित गर
3 हालको जडानको ठाउमा भोट राज्य नामाङकन गर
4 २०५८ सालको मिथ्याङ्कन जनगणना खारेज गरी वैज्ञानिक जनगणना लागु गर
5 हाल भोट क्षेत्रमा भएका राष्टिय निकुाजहरु ह्टाइयोस ।
6 भोट क्षेत्रको मातृभाषा सम्बोटा लिपीबाट लागुगर
7 भोट स्वायत राज्यको राजधानी डोल्पा वा मुस्ताङ मा स्थापना गर
8 मित्र राष्ट चीन बाट प्राप्त हुने सम्पूर्ण आर्थिक सहयोग भोट क्षेत्रमा खर्च गर
9 नेपालका विभीन्न आयोगहरुमा भोटेलामा जातिको कोटा लागु गर
10 धर्मनिरपेक्ष निती तुरुन्त कायम गर
11 गाइ काटि खाएकाृ आरोपमा जेल मा थुनिएका भोटेहरुलाइ रिहा गर
12 भोटे जातिको बैदेशिक भ्रमणमा जादा शरणार्थी सरह गरीने व्यबहार बन्द गर
13 भोट क्षेत्रका विद्यार्थी लाइ नि।शुल्क शिक्षा लागु गर
14 भोटे जातिको महान पर्व ल्होसार एवम अन्य पर्व लाइ राष्टिय चाडको रुपमा बिदा गर

No comments:

Post a Comment