Tuesday, February 23, 2010


नेपाली महिलाको माओवादी विद्रोहमा सहभागिताको प्रसंग समेटेको चलचित्र वुमन रिबेलको ट्रेलर हेर्दा लाग्यो पन्ध्र सोह्र वर्षमा हातमा कलमको सट्टा बन्दुक समाएर नानीहरुले भविष्यलाई नै निशानामा राखेका हुन भनिन्छ, महिलाहरु धेरै सहनशिल हुन्छन् । महिलाले विद्रोह गरे भने त्यसले तत्काल परिणाम दिन्छ । त्यसैले त पुरुषले चाहे महिना दिन महिलाले चाहे एकै छिन भनिन्छ । नेपाली महिलाले व्यवस्थाका विरुद्ध हतियार उठाएको पछिल्लो उदाहरण हो माओवादी विद्रोह । त्यसमा धेरै महिलाको निशानामा पुरुष परे । सरकार र उसका निकायमा काम गर्ने कर्मचारीहरु परे । तर अन्तत महिला हुन या पुरुष हतियार उठाउनेको निशानामा उनीहरुको भविष्य नै परेको देखियो । निशाना बुमर्याड बन्यो आफ्नै भविष्यलाई छेड्यो महिलाको निशानाले । न त पुरुषकोले नै बचायो आफ्नो भविष्यलाई । अनमिनले अयोग्य भनेर शिविरबाट निकाल्यो माओवादी लडाकु बनेका कम उमेरदारलाई । ।


महिलालाई युद्धबाट टाढै राख्ने सनातन समाजको पौराणिक र परम्परागत पक्ष भएपनि नेपाल एकीकरणको अभियानमा महिलाले सुत्केरी नभनेको इतिहास छ । माओवादीले गरेको विद्रोहमा पनि महिलाले महिला भनेनन् । बन्दुक समातेर निस्के । उमेर, परिवार अनि जवानी भनेनन् ।

No comments:

Post a Comment