Friday, February 26, 2010

फागुन १२ गते

फागुन महिना को दोस्रो साता बिहान निन्द्रालाइ छोडेर अनि न्यानो ताप बाट बाहिरी संसारको विहानि पखको चिसो वातावरणमा मील्न पगे । न्यानो सीरक लाई चटक्कै छाडेर सुनौलौ विहनको ५ वजेर ४५ मीनेटको संङ्ककेत गरीसकेको थियॊ पिलपिले घडिले । थोरै पानिले आखालाई भिजाए र नामको मात्र मह स्वादले चिनी मीसेजस्तो महलाई एक गीलास तातो पानि राखेर दई थोपा अमीलो कागतिको रस मिलाएर सुरुप सुरुप पारेर खानाको भण्डार अर्थात भोको पेटलाई केहीबेरको लागी शान्त पार्न दिए । हतारमा झोलामा १ बोतल मेलम्चिको फोहर पानि ताएको भाडोबाट बोतलमा राखे । छ बजिसकेको थियो २ मिनेटको हतारको हिडाई पछि अरनिको राजर्माग सढकमा आइपुगे । कुन समयमा बनेका हुन स्वयम गाडिका मालिकलाई समेत थाहा नभएको भक्तपुरे ठिमी बाट चल्ने छ पाडग्र्े तरकारी बोक्ने बसमा चढे किनभने सो गाडीमा भक्तपुरका नेवारी कृषको उत्पादन तरकारी नै थियो । १५ मिनेट को समय पछि बवरमहलमा र ९ मिनेट पछि आफनो १० महिने अध्ययन गर्ने कक्षुमा पुगे । साथिहरु कमै मात्रामा आएका थिए । कक्षामा कोहि नभएकाले झुपडि नेवारे अङ्ककलको पसलमा एक कप तातो चिया खान गए । थोरै साथिहरु पढ्नलाई भनेर कक्षामा आएका थिए र साढे सात बजे बल्ल कक्षु संाचालन भयो । त्यो दिनको कक्षा नेपालमा कानुन व्यावसाय गर्दे आएका र सर्वोच्च अदालत का रजिस्टा कृष्णहरि आचार्य ले ढाई घण्टे कक्षालाई छोटाएर २ घण्टाको लाग्ाी भनेर पढाउन थाल्नुभयो । मिडियामा कानुनलाई कसरी लागुगर्ने र कानुनको बारेमा आफुसंग भएको अदालतिय नेपाली ज्ञानलाई पत्रकारीता शिक्षाको अभावमा भौतारीरहेका साथिहरुमा वा पत्रकारीतामा बामे सदैगरेकाहरुलाई म जस्तालाई सिकाउनथाल्नुभयो । समयले आफ्नो गत्ति लिएको थाहानै नपाई नेटो काटिसकेको थाहानै थिएन । सरले नै समय सिदिएको जानकारी गराउनुभयो । फेरि विजय ले चिया खाने भने नेवारे अंकलको चिया पसलमा चिया खाने भन्नुभयो चिया । खाइयो र कृष्ण लाई लगेर थापाथली चोक सम्म लगीयो उनि बानेश्वर जाने म ललितपुर जाने फकाएर कछुवाको गतिमा लगे किनभने मैले जानुपर्ने कायक्रममा ८ बजेर ४५ मीनेटमा पूग्नुपर्नै अघिल्लो दिन आदेश पाएको थिउ । सो आदेशलाई पालना गनुपनर््े भएकोले थापाथलीचोक बाट कृष्णलाई मेरो आज लतिलपुरकाम छ भनेर त्यहाबाट म लगनखेलजाने सेतो माइक्रो चढॆ । करिव १० मिनेटमा पुल्चोक याक प्यालेस पुगीसकेको थिए । करीव १० मिनेटको ढिलाई संगसंगै प्रवेश द्धारमा भेटिए राजतन्त्रका बारेमा मरिहत्ते लेखीरहेका र नेपाली मिडियाका जल्दा बल्दा घटनालाई तत्काल विश्लेषण गर्ने लेखक खगेन्द्र सग्रौला भेटिए अंकल नमस्कार को अभिवादन गरे पश्चात उहाबाट लामा हात मतिर सारेर पश्चिम मुलुककको हेन्डचेक गरीयो ।sेही समयको फाल्तु गफ पछि हामी त्यहाबाट हलमा गयौ । सो दिनको कायक्रम मार्टिन चौतारीले आयोजना गरेका थियो । सो राष्टियता सम्बधी बहस थियो । नौ वजे सुरुहुने कायक्रम दिउसो तिन बजे समाप्त हनेछ भन्ने जानकारी अघिल्लो दिनै थाहापाइसकेको थिए । केहिसमय पछि खचाखचहलमा मान्छेको ओइरो लाग्न थाल्यो । त्यो ओइरोमा सी के लाल पनि हुनुहुन्थ्यो जो सो कायक्रम मा उहालेनै प्रस्तुति गरीने पेपर रहेको थियो । उहालाई मैले भूतकालमा चिनेको थिए ।
केही समय पश्चात सो बहस कायक्रमको लागी निमन्त्रणा द्रारा पाल्नुभएका सबै बिज्ञहरु आइसक्नुभएका थिए र ठिक नौ वजे चिया खाइबरी कायक्रम सुरु भयो । सीके लाल ले बोल्नुभन्दा पहिला कायक्रम संाचालक डा ।प्रत्युष वन्त ले कायक्रमको सुरुवात गरेपश्चात सीके लाल लाई कायक्रम अगाडी बढाउन भनेर बोल्ने माइक हस्ताणत्रण गर्नुभयो । सीके लाल बाट सुरुवात गनुभयो ।
सो विषयका बारेमा डिजीटल प्रविधिबाट कालो मसीले लेखिएको पत्र सबैको हातमा थमाइदिनुभयो । सो कागजी पत्रमा नेपालीय हुनलाईं……ठुलो शीर्षकमाा लेखिएको थियो अलि बुझ्नलाई अप्ठेरो तर के गर्ने हामीहरुले सामना गर्नुपरेको समय नै असजिलो थियो । अनि सीके लाल बाट खर्र खर्ति पढ्न सुरु भयो । सबैभन्दा पहिले यो सोच पत्र हो शोधपत्र हौइन त्यसैले नेपाली राजनितिमा देखिएका अध्ययनहरुलाई केलाएर त्यहा प्रस्तुती हुनरहॆछ एक त म राजनितिक नजान्ने अर्को त मलाई अलि अप्ठेरो महसुश हुन थालिसकेको थियो त्यहा नागरिक आन्दोलनका अगुवा डा । देवेन्द्र पाण्डे सभाषद डा। बाबुराम भट्राईनरहरि आर्चाय जय प्रकाश गुप्ता खगेन्द्र संङ्कग्रौला जस्ता बौद्धिक व्यक्तित्वहरु रहेका थिए । त्यहा सबैभन्दा सँनुे र कम ज्ञान भएको मै नै थिए । नेपालको राजनितमिा देखिएका भाषिक कमजोरीको लाई केलाउन खाजिएको रहेछ । जस्तो कि नेपालीय हुनलाई…॥प्रश्नको औचित्य आवश्यकता एवंम सान्दभिकता केहो भन्ने बारेमा केलाएको पाइन्छ । नेपालीय हुनलाई आवश्यक पहिचानका आयामहरुको खोजि आवश्यक भइसकेको छ । नेपालीयको पहिचान असली हिन्दुस्तान बफादार सामन्त निमकको सोझो जातिय प्रतिबिम्ब एवं खाका र ढाचा जस्ता प्रारुपहरुको विनिर्माण गर्ने प्रयत्न गरिने छ । व्यक्तिवादि म त नेपाली भन्ने सोच ने्पाली समाजमा व्यप्त हुनुका कारण खोतलिएका छन । राज्यले नेपाली जनता लाई सुरक्षु र सेवामा कस्तो प्रकारको सुनिश्चितता गरेको छ भन्ने बारेमा पनि छ लफल भयो । सात साल देखिको मधेश विद्रोहसम्मका माओवादी असशस्त्र द्धन्द लगायतका असन्तुष्टिका विस्पोटहरुको लेखाजोखा सास्कृतिक नेपालीपन प्रवासी नेपालीहरुकन लाग्ी अझै उपयोग भएता पनि नेपाली नागरिकहरुको राष्टियता भने व्यापक बन्नुपर्ने सामुहिक नेपालीय परिचयका सम्भाब्य आयामहरुबारेमा बहस चलाउनुपर्ने आवश्यकतालाई औल्यायको छ ।नेपाली परिचयका पाच आयामहरु न्ााम भाव प्रतीक संस्था एवम संरचनाबारेमा पनि छलफलहुनेछ ।
सो कायक्रमका निम्न नतिजाहरु रहेका छन नेपालीहरुको राष्टिय भावना लाई बलियो बनाउनुपर्दछ किनभने परिचयका क्रममा पहिला म नेपालको साटो म नेवार नेपाली वा मारवाडी नेपाली जस्ता संयुत्त पहिचानले स्विकायर्ता पाउछ । यसमा कुन पहिलो कुन दोस्रो भन्नेमा व्यतिको प्राथमीकतामा भर पर्ने विषय हो । यहिले नेकपा माओवादी ले नेपालको भलढडा फेर्ने कुरा संसदमा भलाएका छन सो बारेमा नेपाली झण्डालाई राष्टिय प्रतिकका रुपमा राख्नुउपयुत रहने छ । जस्तोकी नेपाल हिन्दु राष्ट चाहिन्छ भन्ने ब्यापक माग भइरहेको छ त्यसको साटोसर्वधर्म सम्भव हुने सम्भावना उपयुत बाटो हो । प्रत्येक नेपाली नागरिकलाई परिचय पत्र अनिर्वाउपलब्ध गराउनुपर्दछ । नेपालमा देखिएको अन्तरधर्म को सम्बन्धलाई एउटै थलोका रुपमा बनाइनुपदछ

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete