Tuesday, February 23, 2010

मेरो करिअर पत्रकारिता होइनजस्तो लाग्छ



मेरो करिअर पत्रकारिता होइनजस्तो लाग्छ । मात्रै 'रोटी' हो जस्तो लाग्छ । किन हो कुन्नि अझै पनि आफ्नो करिअर लेखनलाई बनाऊँ भन्छु । कमसेकम लेखनमा 'रोटी'को पछि दगर्नु त पर्दैन । विडम्बना ! हामीजस्ता पहुँच र सिकारु लेखनमा रोटी पाक्दैन । यही हो, तीतो सत्य ।
जैदीले बुसलाई जुत्ता हानेदेखि मनमा नजानिदो लोभ र चुनौती पलाएको छ, पत्रकारिता भन्ने चिजमा । खासमा हामीले कहाँनेर गर् यौं पत्रकारिता ? कति लेखे होलान्, यिनले इराकी जनताका सपनाका पक्षमा र बुसका खिलाफमा समाचार ? मलाई थाहा छैन । तर उनले लेखेका कुरा पुर् याउने संचारमाध्यम सीएनएन र बीबीसीजस्ता संसारभर जानेखाले थिएनन् । जहिल्यै जैदीले सम्प्रेसन गरेका कुरा थोरै मान्छेकहाँ पुगे । अझ भनौं बुसकहाँ पुग्दै पुगेन .
उनले लेख्दैआएका समाचार र कलममा तागत नभएर उनले जुत्ता हानेका होइनन् । पत्रकारले जुत्ताले हान्न हुन्छ या हुन्न ? त्यो छुट्टै बहसको विषय होला । तर जैदीले हानेको जुत्ता र इराकी जनतामाथि बुसले गरेको बर्बरतामाथि तुलना हुन सक्तैन । जतिपालि हाने पनि त्यो थोरै हुन्छ ।
हामीले नेपाल र नेपालीको नाउँमा पत्रकारिता भन्दा पनि कि 'पार्टीकारिता' गर् यौं कि त 'रोटीकारिता' । पार्टीकारिता भन्दा पनि संकटकालताका नेपालको रोटीकारिता सबैभन्दा उदेकलाग्दा थिए ।
जसले अमेरिकी सेनाका बुटमुनि आफ्ना सिन्दुर बगाए । आफ्ना सपना र रहर चढाए । आफ्नो जीवन र सन्तानका भविष्य पनि गुमाए । आफूले टेकेको जमीन र आफू जन्मेको भूमिमा विदेशी सेनाका इशारामा िहंड्न बाध्य भए । बलात्कृत भए । मारिए । ती सारा इराकी जनताका नाउँमा बुसलाई जुत्ता हान्नु नाजायज थिएन । निर्दोष इराकी जनताका आक्रोश र सपनाका बदला बुसलाई नहानेर जैदीले बुट को बुसको बाउलाई हानून् ?
जैदी ! तिमीजस्तै हुन नसके पनि तिम्रो नाम जपिरहनेछौं । नेपालको अस्तित्वमाथि विदेशीहरुले गिद्दे नजर लगाइरहँदा पनि, मुलुकमै थिचोमिचो भइरहँदा पनि 'रोटीकारिता' र 'पार्टीकारिता' गरिरहेका छौं ।
जे भए पनि जैदी स्वीकार सलाम । जैदी सलाम ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete