Thursday, February 11, 2010

टेक कुँवरको महाशिवरात्री पर्वबारे भनाइ


महाशिवरात्रि पर्व कैलाशवासी शिवको पूजा आराधना गर्न शुक्रबार देशका विभीन्न ठाउँमा भब्यताका साथ मनाइन्छ । हिन्दुधमावलम्बी शुक्रबार बिहानै देखि नदि ताल तलाऊर धारा पधेरामा स्नान गरी विभिन्न शिवालयमा गई श्रदा भक्ति पूर्वक पूजा आराधना गर्दछन ।
शिवजि उत्पत्ति हुनुभएको रातको नाम बाट नामांकन भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्रि र शिवरात्रि नाम बाट उच्चारीने गरीन्छ । यी चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रुपमा देशभर राष्टिय पर्वका रुपमा विदा दिइन्छ । फागुन कृष्ण चर्तुदर्शिका दिन मनाइने यस पर्वलाइ सम्पूर्ण दिन दुखि र कष्टकर अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रुपमा लिइन्छ यो दिन लाई ।
माघ महिनामा महादेवको रुद्धत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वलॆ गर्दा पत्र विहीन भइ जीण भइरहेको रुख विरुवा वा झार उनै महादेवले शिवत्व - जगतको कल्याण गर्ने तत्व ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिना शिवरात्रि मनाउने गरिएको विश्वास पूराण मा भन्दा पनि हुन्छ र हाम्रा पुर्खाहरु बाट पनि थाहा पाउन सकिन्छ । व्रतोत्सव मध्ये सर्वोतम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भइ शिवमंन्दिरमा पूजा आर्चना गरि ब्रत बस्ने र शिवबाबा को पि्रय वस्तु दुधधततुरो वेलपत्र चढाउने गरिन्छ ।
यस पर्वका दिन उपबास गरि रातभर जाग्राम बसी सर्बोसिद्धीलाभ भई यमलोक जानु नपर्ने धामीर्क विश्वास छ । यस दिन महादेवलाई जाडो हुने जन विश्वासले प्रत्येक घर मठ मंन्दिरमा दाउरा वालेर धुनी जगाई भजन कृतनका साथै सोहि आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । त्यस्तै गरि शिवरात्रिको दिन देशका विभीन्न ठाउमा जस्तै काठमाण्डौको पशुत्ति खोटाङको हलेसी अछामको बैजनाथ जस्ता विभीन्न ठाउमा भव्यताका साथ मनाइन्छ । शिव बाबाको शिवालय भएका ठाउँमा प्राय जसो छरिएर रहेका साधुसन्तहरु ले शिव को दर्शन गरीसकेपछि हरद्धारमा गएर सम्भो जय बाबा शिब ।धार्मिक पर्यटनका हिसाबले राजधानीको शिवबाबाको मंन्दिरपनि एक हो जो पर्यटन भित्राउने ।हरिद्धारको महाकुम्भ दर्शन गर्न पुगेका धेरैजसो भारतीय पर्यटक पशुपति आउछन ।

No comments:

Post a Comment