Thursday, February 25, 2010

पत्रकारहरुका लागी संविधान सभा विश्वविधालय हो










बिहिबार थापाथली स्थित मार्टिन चौतारीमा संविधानसभा र संविधान निर्माण प्रकि्रयाले मिडियामा कस्तो स्थान पाएको छ भन्ने बारेमा खुल्ला छलफल कार्यक्रम मार्टिन चौतारी र सामाजिक संवादका लागी सहकार्य एएसडी ले आयोजना गरेका थिए ।
नेपालमा छ वटा संविधान बनिसकेपछि सातौ संविधान बनिरहेका बेला संविधानसभासम्बन्धी कसरी संाचार माध्यमहरुले कभरेज गरिएको । नेपालको संविधानमा मिडियाको भूमिका कस्तो रहेको र संविधानसभा वा संविधान निर्माण प्रकृयाले मिडियामा कस्तो स्थान पाएकॊ छ भन्नेबारेमा खुल्ला छलफल भएको हो । साथै रिर्पोटिङ गर्ने समयमा पत्रकारहरुलाई कस्ता प्रकारका चुनौति रहेका छन भन्ने बारेमा खुल्ला छलफल भएको हो संसदिय रिर्पोटिड मामीला समाजका अध्यक्ष रहेका राजकुमार रेग्मी बताउनुहुन्छ । अनि संविधानसभा वा संविधान निमार्ण प्रकृया बारेमा स्वयम पत्रकारहरुमा कत्तिको जानकारी रहेको छ भन्ने बारेमा पनि खुल्ला छलफल भएको हो । सो खुल्ला छलफल कायक्रममा छापा माध्यम र टेलिभिजनले कसरी संविधानसभा सम्बन्धी गरेको योगदान लाई आम पब्लीकले कसरी बुझेका छन कस्तो प्रकारले नेपाली प्रेसले खबरदारी गरेकोपाइन्छ भन्ने बारेमा पनि छलफल भएको हो । त्यहा बिभिन्न संाचार माध्यमहरुमा संसदिय रिर्पोटिङ गरेका पत्रकारहरुले खुल्ला छलफलका पण्डित हुनुहुन्थ्यो । कान्तिपुर टेलिभिजनका पत्रकार भुवन के।सी भन्दछन मैले ले म्यानले बोलेका कुरालाई पनि प्राथमीकता दिने गरेको छु । र मेरो कलेजको पढाई भन्दा पनि संविधानसभाको पढाइले राम्रो जान्ने अवसर पाएको छु । र अन्नपूर्ण पोष्टका पत्रकाररहेका रेग्मी भन्नुहुन्छ पत्रकारहरुका लागी संविधान सभा विश्वविधालय हो केहि थाहा नभएकाले संसदिय रिर्पोटिङ गदै जादा धेरै कुरा थाहाहुने गर्दछ फरि थप्नुहुन्छ पत्रिकाको सम्पादकलाई केहि कुरा थाहा नभएको हामी हरुले सीकाउनु पर्दछ । कसरी पत्रकारहरुले मुलुकको राज्य साचालन प्रकि्रया कस्तो हुने र कुन ढङगले मुलुकको शासन साचालन गर्ने भन्ने विषयलाई समेट्ने एउटा आधिकारिक दस्ताबेज संविधान हो सो का बारेमा पत्रपत्रिकामा कस्तो स्थानका रुपमा आएको छ भन्ने बारेमा छलफ भएको नागरिक दैनिकका पत्रकार माधब ढुङगेल बताउदछन ।
सधै जसो पलेटिमा बसेर श्रृखालाहुने मार्टिन चौतारीमा बिहिबार भने फरक तरिकाले श्रृखला प्रस्तुत गरियो जो कुर्ची श्रखलामा कायक्रम सुरु भएको थियो । चारघण्टाको सो कार्यक्रममा ५० जनाको उपस्थिती रहेको थियो ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete