Thursday, February 11, 2010

मुटुमाथि ढुंगाा राखि हाँस्नु पर्या छ


मुटुमाथि ढुंगाा राखि हाँस्नु पर्या छ
अँखा छोपी नरोऊ भनि भन्नु पर्या छ
भोल्ि उठी कहा जाने हो केहि थाहा छैन
फर्कि आउने होकि होइन केहि थाहा छैन
वाचा छीटै आउछु भनि गर्नु पर्या छ
मुटुमाथि ढुंगाा राखि हाँस्नु पर्या छ
छाती भरी गााउ बेसी पखेरीको छाया
आखा भरी मेलापात मायालुको माया
आफैलाई छाडि कतै जानु पर्या छ
मुटुमाथि ढुंगाा राखि हाँस्नु पर्या छ
भन्ने कुरा कत्ति थियो छाति भित्रै रह्यो
परेलीको ओठबाट आसुझरी रह्यो
कुलचिएर आफैलाई हिड्नुपर्या छ ।
कस्तो हो यो जीन्दगानी कसैलाइ रम्नुमा मस्त छ भने कसैलाइ यसरी सडेर मर्नु पर्या छ कसैको ब्याथा सुन्ने कोहि नभैपछि यस्तौ नै रहन्छ मुटुमाथि ढुडगाराखि हास्नुपर्ने रैछ

No comments:

Post a Comment