Monday, April 5, 2010

नक्सालको भगवतीवहाल तीन तले मन्दिर भत्काएर पहिलोपटक जगैदेखि पुननिर्माण भइरहेको






टेक कुँवर
काठमाडौं चैत २३
नक्सालको भगवतीवहाल तीन तले मन्दिर भत्काएर पहिलोपटक जगैदेखि पुननिर्माण भइरहेको छ ।
जीर्णोद्रार पछि पनि मन्दिरको बिभिन्न भाग मक्किने तथा भत्किएपछि पुर्निर्माण शुरु गरिएको स्थानीय वासिन्दाले बताए । स्थानीयका अनुसार छानावाट पानी चुहिने दलिन तथा काठहरु मक्किने गाह्रो चर्केको थियो ।ुबर्षातमा पानी भित्र भिरंदा मन्दिर भित्रको म’र्ति समेत डुब्न जान्थ्यो ुउपभोक्ता समितिका संयोजक देवरत्न शाक्यले भने ।
शाक्यका अनुसार मन्दिरको पर्खाल दक्षिण तर्फ ढल्केको र काठहरु धेरै नै कुहिएको अवस्थामा थियो ।
मंन्दिरको पुननिर्माण गर्नको लागी अनुमानित रकम ३ करोड पचास लाख लाग्ने भएता पनि मंन्दिरको छानामा सुनको जलप लेपन गर्न १ करोड लाग्ने अनुमानित गरिएपनि तर सुनको मूल्य दिनप्रतिदिन बढ्दै गएकोले लागत रकम बढ्न सक्ने अनुमान गरिएको छ । त्यति मात्रामा पैसा नभएमा मंन्दिर मात्र बनाउने सुनको लेप नलगाउने छौ संयोजक शाक्यले जानकारी दिए ।
दायित्व भनेको पुरातत्व विभागको हो कुनै सहयोग गरेको छैन केहि सहयोग गर्नुपर्ने त हो तर केहि सहयोग गरेको छैन । - शाक्य
उपभोक्ताको पहलमा निर्माण गर्न लागेका हौ अध्यक्ष समेत रहेका शाक्यले बताए । मंन्दिर पूननिमाणका लागी घटस्थापना दिन देखि थालिएको चंन्दा संङकलन बाट एक हप्ता अगाडि सार्वजनिक गरेअनुसार रु ७५ लाख रहेको छ भने महानगरपालिकाले ४० लाख र गुठि संस्थानले ५ लाख सहयोग रकम रहेको छ । उपत्यकाको शक्ति पीठहरु मध्ये रहेको नक्साल भगवती पूजा बडा दशैको नवरात्रमा वढि दशनार्थीहरुको घुइचो लाग्दछ । सो मंन्दिरको स्थापना का बारेमा एकिन मिति नभएकोले ऐतिहासीक प्रमाणकतै उल्लेख नभएतापनि किम्वदन्ती र जनश्रुति अनुसार संम्बत १०५० तिर तत्कालीन राजा बिक्रमकेशरकी पत्नी महारानी नवसागर लाई कलाकारले देविको मुर्ति बनाइ चढाएपछि महारानि प्रशन्न भएर त्यो मुक्तिलाई विशालनगर अहिले मूर्ति भएको ठाउँलाई त्यतिबेला विशालनगर भनिन्थ्यो को मध्य भागमा स्थापना गरि उनको नामबाट नवसागर भगवती भनेर पुजा गरि प्रसिद्धि चलाएकी हुन भन्ने भनाइ रहेको छ । उक्त मुक्तिको तेजीलो शक्ति प्रवाह भइ सवसाधारणले उक्त तेज सहन गर्न नसक्ने भएकोले बिक्रम सम्बत ६६४ तिर राजा शंकरदेवले भगवतिको उक्त मुतिलाइ भित्रि भागमा राखि अर्को त्यस्तै मुपि स्थापना गरी प्रत्येक वर्षको प्रेत चतुर्दशिका दिन रथारोहण जात्रा चलाइ दिएको र नेपालको प्रमुख चार भगवती पलााचोकनाला शोभा र नक्साल भगवती एउटै कलाकारले बनाएको हो भन्ने समेत किम्बदन्ती रहेको छ । उक्त मुतीलाई कन काल खण्डमा कसले निमार्ण गयो ऐतिहासीक कस्तो रुप थियो भन्ने कुनै जानकारी सो समितिका पदाधिकारीलाइ समेत थाहा छैन । यस अघि सो मंन्दिरलाइ वि।सं २०४३ मा अन्तिम पटक गरेर सातौ पटक सम्म जीर्णोद्धार मर्मत सम्भार गरिएको थियो । अहिले नक्साल भगवती जीर्णोद्रार उपभोक्ता मूल समितिले मर्मत सम्भारको सम्पूर्ण कार्य गदै आएको छ ।
उता पुरातत्व विभागका इन्जिनियर लक्ष्मणराज वासुकला यसो भन्छन हाम्रो काम भनेको अन्वेशणउत्खन्न र संरक्षण गर्ने हो नेपालमा रहेका कति मठ मंन्दिरलाइ मर्मत गर्न सक्छौ थोरै बजेटले कसरी पुगाउन सकिन्छ उहाहरुले आफैनै आर्थिक बन्दोवस्त गछौ भनेपछि हामीले मर्मतको लागी सहयोग गरेनौ । एक त सरकारले हाम्रो विभागलाइ थोरै बजेट दिएका कारण हामी ले त्यसतर्फ ध्यान दिन सकेहा हैनौ एक दुइ लाख रकमले नगुग्ने मागे पछि बढि रकम को माग हुन्छ हामी संग सहयोग गर्न सक्ने क्षमता नभएका कारणले पनि सहयोग नगरेका हौ ।
फेरि भन्छन प्रयोग भइरहेको आधुनिक निर्माणका साम्रागीलाइ हटाएर परम्परागत सामाग्रीको प्रयोगहुने गरि सहमति भएको छ । यसभन्दा अगाडि काठले थेग्न नसकेर फलामको विम सिमेन्टको पिलर थिए भने अब त्यस्तो नभएर चुना इटालाइ धुलो बनाएर र बालुवा मिसाएर बनाइने छ ।
२०६७ को अन्तिमसम्ममा मर्मत गरेर सक्ने योजना रहेको छ सह कोषाध्यक्ष रामशरण श्रेष्ठले बताए ।
प्रशिक्षार्थी यो समाचार नागरिक दैनिक मा छाप्नको लागी दिएको छ ।

No comments:

Post a Comment