Friday, April 9, 2010

विरामी ओसारपसार गर्ने एम्बुलेन्स लगायतका साधन बाटैमा अड्किने

टेक कँुवर
नागरिक दैनिक
काठमाडौं चैत २६- साँघुरो सडकमै फुटपाथ पसल पनि थपिएपछि राजधानीका दुई अस्पतालको आवागमनमा समस्या उत्पन्न भएको छ । थापाथलीस्थित प्रसुति गृह र नर्भिक अस्पताल जोड्ने उक्त सडकको अवस्थालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पत्राचार गरिसकेको छ । अस्पताल प्रशासन पनि सम्वन्धित निकायसँग गुनासो गरेको बताउँछ । तर कुनै कारबाही नभएको उनीहरु सुनाउँछन् । यी सडकहरु जाम हुन थालेपछि विरामी ओसारपसार गर्ने एम्बुलेन्स लगायतका साधन बाटैमा अड्किने गरेको प्रायः देखिन थालेको छ ।
जथाभावी सवारी पार्किङ र सडक पसलले गर्दा विरामीलाई समेत कठिनाइ भएको उल्लेख गर्दै पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय मार्फत परोपकार प्रसुति गृहलाई पत्र पठाएको थियो । पत्रमा ति कुराहरु हटाउने आदेश थियो । ुकार्यान्वयनका निम्ति हामीले जिल्ला प्रशासन ट्राफिक र महानगरपालिकालाई मौखिक र लिखित जानकारी पनि गरायौंु प्रसुतिका प्रशासन प्रमुख सुदन शर्मा भन्छन्ुतर कसैले हटाउने पहल गरेनन् ।ु
सडकको क्षमताअनुसार यहाँ एकतर्फी आवागमन चलाउनु पर्ने अवस्था देखिए पनि अस्पतालमा विरामी ओसारपसारको संवेदनशीलता हेरेर दुईतर्फी आवागमनलाई निरन्तरता दिएको ट्राफिक बताउँछ । यस्तो साँघुरो अवस्थामा थप आइसकि्रम जुस बच्चाका कपडा र नाङ्गले पसलसमेत राखिएका छन् ।
ुसडक ओगटेर बस्ने ट्याक्सी र फुटपाथका व्यापारीलाई नियन्त्रण गर्न केहि दिन हाम्रै कर्मचारी सडकमा खटायौंु प्रशासक शर्मा भन्छन्ुतर जति गरेपनि हाम्रो कुरा कसैले नटेरेपछि सम्वन्धित निकायलाई गुहारेका थियौं ।ु
नाम उल्लेख गर्न नचाहने एक कर्मचारीका अनुसार यस क्षेत्रमा नगरप्रहरी कहिल्यै परिचालित भएका छैनन् ।
ुमोटरमा आउने विरामी मात्र होइनु स्थानीय व्यापारी जयप्रकाश खड्का भन्छन्ुपैदल हिँड्नेलाई समेत यो बाटोमा समस्या छ ।ु
ुसाघुँरो सडकमा अस्पतालजस्तो भीँड जम्मा हुने संरचना राख्ने निर्णय गर्नुअघि मान्छे ओहोर दोहोर र पार्किङको निम्ति पर्याप्त स्थान भए नभएको हेरिनु पथ्र्योु ट्राफिक डिआईजी डिआइजी विनोद िसंह भन्छन्ुतै पनि त्यो सडकको ट्राफिक व्यवस्थापन गर्ने सक्दो कोशिस गरेका छौं ।ु
अस्पतालका कर्मचारीहरु केवल २० मिनेटको दुरीमा रहेको कार्यालयबाट महानगरप्रहरी एक पटक आउने हो भने अनधिकृत व्यापारीहरु हट्ने बताउँछन् । ुफुटपाथका व्यापारीलाइ हटाउने काममा मात्रै महानगरपालिका केन्द्रित छैनु कामनपास्थित जनसेवा प्रहरी प्रमुख धनपति सापकोटा भन्छन्ुसीमित जनशक्तिलाई ३५ वटै वडामा परिचालित गर्नुपर्ने बाध्यता छ ।ु उनका अनुसार उक्त विभागमा १७ वर्ष अघि १ सय ५० जना रहेकामा अहिले पनि केवल १ सय ९० जना मात्र छन् । ुयो बीचमा काठमाडौंमा बढेको जनसंख्या कति बढेको छ भन्ने सबैलाई जानकारी छु उनले भनेुथोरै नगर प्रहरीले फुटपाथका व्यापारीबाहेक अरु पनि धेरैतिर हेर्नुपर्ने स्थिती छ । यो समाचार २६ गते नागरिक दैनिकमा छापिएको हो ।
Naulaghar@gmail.com

No comments:

Post a Comment