Sunday, April 11, 2010

बनमंन्त्री दिपक बोहरासंग टेक

















टेक कुँवर
काठमाडौं२७ चैत
५ घण्टे निशुल्क स्वास्थ्य शिविरमा चार गाविसका ३ सय तिस जना महिलाले उपचार गराए जसमा १सय नब्बे जनामा १ सय जना महिलामा पाठेघरको समस्या रहेको थियो ।

ललितपुरको लेले गाविसमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । लेले छम्पी देविचौर र नल्लु गाविसका विरामी पनि उपचार गराउन आएका थिए ।
सबैभन्दा वढि पाठेघरको समस्याका विरामी महिला वढि थिए भने त्यस पश्चात आँखा फोक्सो ढाडदुख्ने टाउको दुख्ने हात खुट्टा दुख्ने रोगका विरामी पनि रहेका थिए उचपारमा कायरत डा।अङ्गुर गाइनाक्लोजीष्टं श्रेष्टले बताइन धेरैजसो हाइजेनिकका कारणले गर्दा तल्लो पेट दुख्ने सेतोपानी बग्ने कारणले गर्दा त्यहाका महिलाहरुमा पाठेघरको समस्या देखापरेको हो उनले बताइन । उपचार गराउन आउने विरामीमा सबैभन्दा वढि क्षेत्रीबाहुन र नेवार समुदायका महिलामा पाठेघरको समस्या रहेको थियो ।

त्यस शिविरमा कायरतडा।रम्मी थापाका अनुसार ढुङगा क्रसर उधोग धेरै भएकाले त्यहाबाट निस्कने धुलो धुवा कच्ची गाडी बाटो भएकाले पनि आँखाका रागी रहेका छन जसले सफापानीले आखा सफा नर्गनाले पनि हो आँखाका बिरामी बढ्नुमा उनले बताइन ।

सदमुकाम ललितपुरदेखि शिविर साचान भएको लेले गाविस करिव १५ किलोमीटर दुरिमा रहेको छ । तर विरामी लाइ पाटन अस्पताल सम्मलैजान अप्ठेरो भएकोले र यहाका मानिसहरुमा जनचेतनाको कर्मी भएका कारणले यहा बढिमात्रामा यस्ता रोगका बिरामी देखिएका हुन कायक्रमका सभापति तथा स्थानिय श्याम बहादुर सिजापतिले बताए
सुविधाभोगी शहर भन्दा दुइ घण्टामा पुग्ने स्थान भएपनि त्यहाको स्वास्थ्य चौकिमा न अहेव छन भएपनि औषधी नभएको नभएकाले यि गाविसमा बिरामी बढेका हुन क्लव फिप्टिका अध्यक्ष रमेश लुइँटेलले बताए ।
त्यहा प्राय घरेलु रक्सी नबनाउने कमै मात्रामा रहेका छन । रक्सी बनाउने व्यावसाय भएकाले निकट भविष्यमा त्यहाको खुल्ला रक्सीलाइ परिवर्तन गर्नको लागी हामीले यस्ता निशुल्क शिविर चलाउने अवसरमा रहेका छौ क्लब फिप्टिका प्रथम उपाध्यक्ष र कार्यक्रम संयोजक शारदा भक्तरंाजीतले बताए ।


आजीवन सदस्य रहेका बनमंन्त्री दिपक बोहरा प्रमुख थिए । कायक्रम उदघाटन गरे पश्चात त्यहाका सुविधाविहीन जनताले विभीन्न सडक उनकै मन्त्रालय रहेको बन विद्यालय स्वास्थ्य र खानेपानिका समस्या उनकै सामु सारे । उनि पनि कम कहा थिए उनले पनि ति समस्या लाइ तपाइहरु एकआपसमा सहकार्य गरेर अगाडी बढाउनुहोस म सहयोग गनेछु मंन्त्री बोहाराले बताए ।
शिविर संाचालन भएको बुद्ध निम्न माध्यामीक विद्यालयलाई माध्यामीक विद्यालय बनाउनको लागी आर्थिक सहयोग लेले गाविस देखि चापागाऊसम्मको सडकलाइ कालोपत्र टिकाभैरव देखि छम्पी हुदै नख्खु सम्मको बाटोलाई फराकीलो गर्नेलेले गाविसमा रहेका विभीनन सामुदायीक बनलाइ संरक्षण गर्ने अहिले ढुङगा खानीले गर्दा क्षति र विनाश भएक्ा बनलाइ संरक्षण गरिदिन लागी लिखित रुपमा आग्रह गरेका हौ कायक्रमका सभापति स्थानिय श्याम बहादुर सिजापतिले बताए ।ललितपुर जिल्लामा परेतापनि दुगर्म गाविसका रुपमा चिनिने गरेको छ।
सो संस्थाले जनजागरण अभियानका रुपमा विभिन्न क्षेत्रमा रहेर सामाजीक कार्य गदै आएको छ लुइटेलले बताए ।



सगरमाथा टेलिभीजन सहकर्मी प्रतिक्षा शर्मा
राजधानी दैनिक का मोहन सर
एभिन्यून का विष्णु जी
यसमा खिचिएका फोटो पत्रकारसाथिहरु हुन जो विभिन्न संाचारमाध्यममा कायरत रहेका छन ।
ललितपुरको लेले गाविसको वडानं ४ स्थित सरस्वति कुण्ड महादेवसरस्वतिनाग चारधाम जसलाई ज्ञानकुण्डसरस्वतिमहादेव र पसुपतिले चिनिनेगदछ । मनकामना मंन्दिरको फोटो पनि रहेको छ जो वडा नं ३ मा पदछ । लेले गाविसको वडानं ८ मा स्वास्थ्य शिविर संाचालन गरेको थियो क्लव फिप्टिले ।

No comments:

Post a Comment