Wednesday, April 7, 2010

आयुर्वेदका विद्यार्थीलाई आफ्नै अस्पतालमा प्रयोगात्मक अभ्यास

टेक कँुवर
काठमाडौंचैत २५
आयुर्वेद क्याम्पसमा पढ्ने विद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शिक्षण अस्पताल बनेपछि आयुर्वेदका विद्यार्थीलाई आफ्नै अस्पतालमा प्रयोगात्मक अभ्यासगर्न सजिलो भएको छ ।स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गरेमा क्याम्पस प्रसाशन स्नात्तोकतर संाचालन गर्ने छौ । अहिले स्नात्तोकतर पढ्नको लागी भारत वाहेक अन्य देशमा पढ्न जानुपर्ने बाध्यता रहेको छ । क्याम्पस प्रमुख डा।देव बहादुर रोकाय ले बताए ।
५० शैय्याको ओ।पि।डि वहिर्ङ सेवा साचालनमा आएको छ । अन्तरंङग सेवा संाचालन गर्नको लाग्ाी रु।९ करोड आवश्यकता परेकाले चिकित्सा शास्त्र डिनको कार्यालयमा २ महिना अगाडि आवश्यक परेको रकमको माग गरेका छौ सम्बन्धित क्षेत्रका विद्धान प्राविधीकसंग छलफल गरेर कार्याशाला गोष्टी बाट आवश्यक पर्ने आधारभूत सामानको लाग्ाी माग गरेका छौ भने उताबाट केहि जवाफ पाएका छैनौ रोकायले बताए ।

विद्यार्थीले आफ्नै अस्पतालमा व्यावहारीक र प्रयोगात्मक ज्ञान लिन पाउने भएका छन । साढे पाँच वर्षॆ कोर्षमा साढे चार वर्षे व्यावहारीक ज्ञान क्याम्पसमानै पढ्नु परे पनि एक वर्षे प्रयोगात्मक गर्न आयुर्वेद चिकित्सालय नरदेबीमै जानु पेर्ने बाध्यता थियो अब आफ्नै क्याम्पसमा काम गर्न पाउने भएका छन डा।रोकायले नागरिक दैनिकलाई बताए ।
डिन कार्यालय डा।अरुण सायमी यसो भन्छ यो माग जायज छ यो मागलाइ छिटो भन्दा छिटो पुरा गर्ने थियौ लामो समययता टिचिङ अस्पताल बन्द भएका कारणले ढिलो भएछ यस विषयमा केहि दिन यता समाधान हुन्छ ।

किर्तिपुर क्याम्पस साचालन गरेपछि हामीहरुले कम्प्युटरछात्रवासको व्यावस्था गरेका छौ विद्यार्थीहरुलाइ नया नया टेक्नोलोजीमा समावेश गराउने योजना रहेको छ प्रसाशन प्रमुख राजेन्द्र भण्डारीले बताए । केहि दिन भित्रमा हर्वल गार्डेन समेत तयारहुने अवस्थामा रहेको छ जसले विद्यार्थीलाइ प्रयोगात्मक गर्नमा सजीलोहुने छ ।
किर्तिपुर आयुर्वेद्धिक जग्गाको हातामा बन्दैगरेको आयुर्वेद्धिक अनुसन्धान केन्द्र चाइन सरकारको सहयोगमा ६० करोड लागतमा बनाउन बन्न लागेका छ एक महिना भित्र सम्पन्न हुनेछ । सो क्याम्पसका सह प्राध्यापक रामेश्वर अधिकारीले बताए । यसले गुणस्तरीय आयुर्वेद्धिक शिक्षामा विकास गर्नको निम्ति विद्यार्थीहरुलाइ सहयोग पुग्ने छ ।
आफनो शिक्षण अस्पताल नभएकाले आयुर्वेदका विद्यार्थीले विशिष्ट विषयमा ब्यवहारिक ज्ञान लिन पाएका थिएनन् अब कलेजको आफनै शिक्षण अस्पताल भएको छ विद्यार्थीले जुनसुकै समयमा विषयगत र ब्यवहारिक शिक्षा पाउने भएका छन हामी अब पढ्न आउने विद्यार्थी ख’सी भएक्ा छन उनले भने । प्रयोगात्मक गर्न पाउने र यसबाट पढाईको स्तर बृद्धि हुने विश्वास क्याम्पस प्रमुख रोक्काले लिएका छन् ।
कीर्तिपुर क्षेत्रमा १ सय १० रोपनी जग्गामा स्थित यो कलेजले २० रोपनी जग्गामा शिक्षण अस्पताल निर्माण गरेको छ । केहि समय नरुदेविमा रहेको आयुर्वेद क्याम्पसको पढाइ कीर्तिपुरमाहुने भएक्ो छ । साढे पाँच वर्षको कोर्षमा प्रत्येक वर्ष कलेजले १५ विद्यार्थीलाई छात्रवृतिकोटामा र पाँच जना विद्यार्थीले ६ लाख तिर्नु पर्ने ब्यवस्था रहेकोछ । पहिला विद्यार्थीले इन्टनसिप गरेबाफत पारिश्रमीक कम पाउथे भने किर्तिपुरमा पढ्न थाले देखि मासिक सात हजारले पाउने भएका छन ।
काठमाण्डौका जनतालाई आयुर्वेद सेवा दिने हिसावले २०३० सालमा स्थापना भएको हो । आयुर्वेद्धिक क्याम्पसले पाच सय बिद्यार्थी उत्पादन गरिसकेको छ । साढे पाँच वर्षे स्नातक सम्मको मात्र अध्यापन हुने भएकोले उच्च शिक्षाकालािग बातावरण तयार पार्दै जाने क्याम्पस प्रमुख रोक्काले जनाए । आयुर्वेद क्याम्पस करिव २ करोडमा लगानिमा बनेको हो ।

No comments:

Post a Comment