Friday, April 23, 2010

२०६७ सालको पहिलो दिनको नागरिक दैनिकमा समाचार







टेक कुँवर
काठमाडौं बैशाख १ नागरिक
गुहेश्वरी स्थित प्रणवानन्द विद्यामन्दिरमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरिएको छ । काठमाडौंका ओम चौधरी र रोटरी क्लवले उपलव्ध गराएको शैक्षिक सामाग्री उपराष्ट्रपति परमानन्द झाले विद्यालयमा आयोजित कार्यक्रममा पोशाक किताव कापी लगायतका शैक्षिक सामाग्री वितरण गरेका थिए ।
चन्दा र सहयोगको भरमा १५ बर्ष देखि सन्चालन हुदै आएको उक्त आश्रमले अनाथ बालबालिकालाई वोर्डिङ सरहको निशुल्क शिक्षा दिदै आइरहेको छ । यसअघि पनि नयाँ बर्षको उपलक्ष्यमा त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण हुदै आएको थियो ।
शैक्षिक सामाग्री वितरण समारोहमा बोल्दै उपराष्ट्रपति झाले यसरी गरिव अनाथहरुलाई शिक्षा दिदै आएको संस्थालाई सवैले सहयोग गर्नुपर्ने बताए ।ुसहयोग जुटाएर निजी क्षेत्र सहर शिक्षा दिनु भनेको प्रशंसनिय कार्य हो । ुउपराष्ट्रपति झाले भने यसलाई सवैले सहयोग गर्नुपर्छ । ु
नेपाल रिपव्लीक मिडियाका अध्यक्ष हेमराज ज्ञवाली संस्कृतविद् गोविन्द टण्डन लगायतले आश्रमको निशुल्क शिक्षाको कारण धेरैले अवशर पाएको बताएका थिए ।
भारतिय नागरिक स्वामी आत्माशुदान्दको पहलमा सन्चालन हुदै आएको प्रणवान्द आश्रमले विद्यालय सन्चालन गरेको हो । विद्यालयमा हाल ७ कक्षा सम्म पढाई हुन्छ ।






२०६७ सालको पहिलो दिनको नागरिक दैनिकमा समाचार र त्यमा लेखक को फोटो पनि रहेको छ ।

No comments:

Post a Comment