Friday, April 23, 2010

अस्पतालको मुख्य गेटनजिकका सडकपेटीमा जथाभावी पसल

टेक कँवर
काठमाडौं २६चैत
अस्पतालको मुख्य गेटनजिकका सडकपेटीमा जथाभावी पसल राख्दा परोकार प्रसुति अस्पताल र नर्भिक अस्पताल दुवै सवारी सडक जामको मारमा परेका छन् ।
सडकपेटी आसकि्रम नाङ्गलो पसलजुस पसल बच्चाका कपडापसल जभाभावी राखेपछि परोपकार र नर्भिक अस्पताल जामको शिकार भएका छन् । जामका कारण आपत परेर आउने बिरामी सजिलै अस्पताल पस्न सक्ने अवस्था छैन ।
बिरामीलाइ उपचार गर्न कठिनाइ भएको जथाभावी सवारी साधन पार्किङ गराएको र सडक पसल हटाउ भनेर पुस महिनाको १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय मार्फत परोपकार प्रसुति लाई पत्राचार गरको थियो । त्यस पश्चात प्रसुतिगृहले जिल्ला प्रसाशन कार्यालय टाफिक कार्यालय र महानगरपालीका कार्यालयलाइ मौखिक का साथै पत्राचार गर्दा पनि उहाबाट केहि पनि पहल नगरेको हो प्रसाशक प्रमुख सुदन शर्माले बताए ।
ट्याक्सीवाला र फुटपाते व्यापारीलाइ जाम नगरुन भनेर केहि दिन हाम्रै कर्मचारी सडकमा खटायौ तर हामीले भनेको केहि लागेन त्यस पश्चात सम्बन्धीत निकायलाइ गुर्हादा समेत नटेरेको शर्माले बताए ।
नाम नबताउने एक जना कर्मचारी नगरपालीका नगरप्रहरी कहिल्यै नआएको उनिहरुको यहा के कमाइहुन्छ कमाइहुने ठाउमा पो जान्छन उनले गुनासो गरे ।
पोके व्यापारी र ट्याक्सी पार्किङको कारणले गर्दा उपचार गरान आउने बिरामीलाइ मात्रैहैन त्यो सडकबाट ओहोरदोहोर गर्ने पैदल यात्रीलाइ समेत गाडिको भिडभाडले समेत अप्ठेरो परेको छ । स्थानिय व्यापारी जयप्रकाश खड्काले बताए ।
त्यहा जाम हुनको प्रमुख कारण प्रसुतिगृहको पनि रहेको छ । यसरी समयमा नसोचेर अस्पताल घरकम्पेक्स बनाउदा आफ्नो जग्गामा पार्किङको व्यवस्था मिलाएर बनाउनुपर्ने हो । आम्दानि अनुसारको सेवा पनि दिन सक्नु पर्ने हो । सेवा दिन्छु भन्ने तर चढेर आएको सवारी साधनलाइ कहा राखेर आउने यसमा प्रसाशनले पाकिङको व्यवस्था मिलाउनु पर्ने हो । समयमा वास्था नगरेकाले अहिले आएर समस्या परेको टाफिक प्रहरी प्रवक्त्ता डिआइजी विनोद सिहले बताए । हामीले पार्किङलाई हटाउदा बिरामीलाइ समस्या पर्दछ भनेर तैपनि टाफिक प्रहरीले दोहोरो सडक लाइन सुचारु गरेको छ उनले थपे ।
महानगरप्रहरीको गाडि त्यहा पुनलाइ २० मिनेट समय लाग्छ त्यहा पुग्दा फुटपाते व्यापारी भागीहाल्छन । फुटपाते व्यापारीलाइ हटाउने हाम्रो काम हो महानगरपालीको फुटपाते व्यापारीलाइ हटाउने मात्रै हैन अन्य काम पनि रहेका छन जनसेवा प्रहरी प्रमुख धनपति सापकोटाले बताए । कसरी हामी महानगरपालीका ३५ वडा भरि परिचालीत हुन सक्छौ सबै क्षेत्रमा हामी संग जन शक्तीको कमी छ १७ वर्ष अगाडि १ सय पचार जना थिए भने अहिले १ सय नब्बे जना रहेका छन दिन प्रतिदिन जनसंङख्या बढिरहेछ तर नगर प्रहरी कम भएका कारणले पनि फुटपाते व्यापारी बढेका कारणले पनि फूटपाथमा हिड्नलाइ समस्या परेको हो उनले बताए ।
थ्ाापाथलीमा परोपकार प्रसुति गृह र नर्भिक अस्पताल रहेका छन जसमा उपचार गराउन आउने बिरामीलाइ जामको कारणले गर्दा उपचार गर्न आउने बिरामीलाइ सास्ती परेकोछ । केहि महीना अगाडि देखि नर्भिक अस्पताले आफ्ना बिरामीको लागी छुट्टै पार्किङको व्यवस्था गरेको छ । तर पनि ठाउहभावका कारणले सडकमा नै गाडि राखेको पाइन्छ ।
नागरिक दैनिकमा छापीएको समाचार

No comments:

Post a Comment