Friday, April 23, 2010

अन्धकारमय उपत्यका

टेक कुँवर
काठमाडौं चैत ३१ नागरिक
देश को प्रशासकीय केन्द्रबिन्दु जहा साझपर्नथाले पछि अर्को विहानको उज्यालो नहुनुजेलसम्म त्यहाको सडकमा उज्यालोमय हुन्छ भन्ने अड्कल गर्नुहुन्छ होला तर त्यसो नभएर राजधानी काठमाडौले त्यस उदाहरणको पाठसिक्नुपर्ने भएको छ ।

आपसी समझदारी नभएका कारणले विवादमा रहेको विषय स्टिट ल्याम्प जो लामो समय देखी मर्मत सम्भार नहुदा सडक अन्धकारमय बनेका छन।
ममर्तसम्भार नहुदा काठमाण्डौ मध्य वितरण केन्द्र एरियाका स्टिट ल्याम्प बिग्रेर नवल्ने स्थितीमा रहेका छन ।
नेपाल विधुत प्राविधीकरण काठमाडौ मध्य वितरण केन्द्र ले काठमाडौ को प्रमुख प्रशासकिय केन्द लगाएत आसपासका स्थानको पनि स्टिट ल्याम्प हेने जिम्बेवारी लिएको छ । तर उसले महानगरपालीका र ट्राफिक प्रहरीले काम गर्नमा सहयोग नगरेको कारणले गर्दा अन्धकार बनेको कुरा स्वीकारगर्दछ । नेपाल विधुत प्राविधीकरण बागमति क्षेत्रीयं कायालय प्रमुख सुवास दाहाले भने ।
मध्यवितरण केन्द्रले विधुत हेर्ने स्थान विजुलि बजार पुलदेखि बबरमहल माइतिघर मण्डलाथापाथली त्रिपुरेश्वरकालीमाटीपुलसम्म र माइतिघरमण्डलादेखि सिहदरवार पुतिलीसडक दरवारमार्ग नागपोखरी गैरीधारा लाजीम्पाट रातोपुल कालोपुल धुम्वाराहि साग्रीला होटल सम्म वालाजु पुलदेखि लैनचौर जमल रत्नपार्कन्यूरोड शहिदगेटसम्मका आसपास एरियाका स्टिट ल्याम्प हर्ने जिम्बेवार उक्त वितरण केन्द्रको भएपनि प्राय गरेर यी स्थानमा बति बल्दैनन ।
नेपाल विधुत प्राविधीकरण काठमाडौ मध्य वितरण केन्द्रका इन्जिनियर प्रज्वल श्रेष्ठका अनुसार मर्मत सम्भार गर्ने क्रममा नयाँ सामान लगाएर बनाएपनि साझको समयमा बति नबल्नेधेरै ठाउमा पाइएको छ एक त लोडसेडिङ भएक्ा कारणले पनि हो । अन्डरग्राउन्डमा विधुतलाइन भएक्ोले सडक विस्तार गर्दा तार टुटेका कारणले पनि स्टिट ल्याम्प नबलेको हो उनले बताए ।
मर्मत गर्नमा समस्या परेको पाइन्छ पुतलिसडकमाइतिघरत्रिपुरेश्वरमा मर्मत गर्न जादा ट्राफिकले जाम समस्याआउन सक्छ भनेर काममा अवरोध पुयाउछ । हामीले मर्मत सम्भार गरेका छौ तर नवल्ने स्थितिमा रहेको छ मध्य वितरण केन्द्रमा करिव ६ सय स्टिट ल्याम्प रहेका छन तर अधिकांस विधुत प्राधिकरणको लापरवाहीका कारणले १ सय स्टिट ल्याम्पसम्म मात्र बल्ने गरेकाछन नाम नदिने शर्तमा प्राधिकरणका एक जना कर्मचारीले बताए ।


महानगरपालीकाले हेर्ने बनाउने भनेको भित्री सडकको मात्र हो सा्रवजनि स्थानमा विजुली बालेवाफत विधुत प्राविधीकरणलाई हामीले विना मिटरका आधारमा हचुवाको भरमा पैसा लिने गरेको छ के हामीलाई अन्याए परेको छैनन र प्राधिकरणले महानगरपालीकाका कर्मचारीले नाम नलेख्ने सर्तमा नागरिकलाइ बताए । यस्तो प्रमुख क्षेत्रमा बति नबल्दा माथिल्लो निकायले सोच्नुपर्ने हा उनले भने ।

अपराधीकालागी अध्यारो भनेको नै उनिहरुको उज्यालो हो । अध्यारोको समयमा अपराधीले लुटपाट हत्या तोडफोड गर्नमा सहयोग गरेको पाइन्छ र सानातिना दुर्घटना दिउसो वढि हुने भएपनि मृत्युसम्मका दुर्घटना रातीहुने भएकोले दुर्घटनाहुने अनेक कारण मध्ये एउटा कारण सडक बति नभएकोले पनि हो टाफिक प्रहरी प्रवक्त्ता डिआइजी विनोद सिहले बताए । गत हप्ताको ट्राफिक कार्यालयले निकालेको सवारी दुर्घटना रेकड अनुसार सबैभन्दा वढि साझको ६ बजे देखी विहानको ६ बजेको समयका २४ वटा दुर्घटना भएका छन जसमा सडक बति नभएका वढि मात्रामा रहेका े पाइन्छ ।
स्टिट ल्याम्प नभएकाले सडकमा भएको डिभाइडरमा साइननिङअध्यारोमा टल्कीने एक्प्रकारको स्टिकर नभएका कारणले रातको समय ट्याक्सीको लाइट अध्यारो भएकोहुदा डिभाइडरमा ट्याक्सी ठोकियो भनेर प्रत्येक दिन मर्मत सम्भार गर्नको लागी भनेर निवेदन आएका हुन्छनखासगरेर अध्यारो समयमा ट्याक्सी चालकलाई लुटेर हत्या समेत गरेको पाइन्छ गत वर्ष काठमाडौको चंन्डोलको अध्यारो ठाउमा लगेर राम बहादुर थिङको हत्यात्यस्तै कोटेश्वरको नरेफाटमा सडकबति नभएको स्थानमा लगेर हत्या गरेको थियो यि त उदाहरण मात्र हुन नेपाल मिटर ट्याक्सी व्यवसायी संघ दिवा गरेको पाइन्छ तथा रात्री सेवाका उपाध्यक्ष अर्जुन गौतमले बताए । अपराधीले सडकमा बति नभएको ठाउमा लगेर लुट्ने र हत्या गर्ने गरेको पाइन्छ । रातको समयमा सडक बति नभएक्ा कारणले यातायातलाइ मात्र होइन पैदल यात्रुलाइ हिड्न समेतसार्वजनि स्थानमा असजीलो भएक्ो छ उनले बताए यो एक उदाहरण मात्र हो उपत्यकाका प्राय सार्वजनिक स्थानमा रहेका सडक बति बल्दैनन ।
प्रशिक्षार्थी पत्रकार

naulaghar@gmail.com

No comments:

Post a Comment