Sunday, April 11, 2010

महानगर र खानेपानी संस्थान बिच विवाद

टेक कुँवर
काठमाडौं २८ चैत

उपत्यकाभित्र उठाइने ढल निर्माण तथा मर्मत महसुललाई लिएर खानेपानी संस्थान र काठमाण्डौं महानगरपालिकाबीच विवाद चर्केको छ । ढल तथा मर्मतका लागि खानेपानी संस्थानले महसुल उठाउने तर निर्माणको काम महानगरपालिकाले गर्नुपरेकाले विवाद बढेको हो ।

ुमर्मतसम्भारको पैसा लिने संस्थानले मर्मत पनि गरिदिनुपयो निु महानगरपालिकाका मर्मतसम्भार महाशाखा प्रमुख साजयराज उपाध्यायले भने ुसंस्थानले पैसा लिन मिल्दैन जसले मर्मत गर्छ उसैले लिनुपर्छ ।ु

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सेवाग्राहीबाट खानेपानीको मासिक महसुल जति आउँछ त्यतिनै महसुल ढलको भनेर लिने गरेको छ ।

ुहामीले स्रोत-साधनले भ्याएसम्म ढलको व्यवस्था गरेका छौं हैन भने महानगरपालिकाले आफूखुसी ढल व्यवस्थापन गर्ने गरेको छ ।ु काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सहायक ब्यवस्थापक समेत रहेका प्रवक्क्ता सुरेश प्रसाद आचार्य ले बताए ।

खानेपानी संस्थानका पनि आफ्नै समस्या छन् । खानेपानी उत्पादन प्रशोधन र वितरणका लागि ठूलो रकम खर्च हुने गरेको छ । मर्मत सम्भार गर्न बजेट नै पुग्दैन । ुढल निर्माण तथा मर्मतको लागी भनेर जनताबाट महशुल नलिने हो भने संस्थान डुब्ने स्थितिमा छु प्रवत्ता सुरेश बताउँछन् ।

महानगरपालीकाले ढल निकासको काम पहिल्यै देखि गर्दै आएको हो । महानगरपालिकाले ढल निकासामा करोडौ रकम छुट्याउथ्यो । यस वर्ष महानगरपालिकाले ढल निकासको लागी ४० लाख मात्र छुट्याएको छ । बजेटमानै महानगरपालीकाले ढल निकासीलाई कम प्राथमीकतामा राखेको छ । ुपूर्व योजना नभएका कारणले यस्तो समस्या परेको होु महानगरपालीका का भवन तथा सम्पदा प्रमुख इन्द्र सुवालले बताए ।
महानगरपालिका पनि बिना योजाना काम गर्दै आएको छ । ुउपभोक्तो जे गुनासो गर्छन् हामी मर्मत गरिदिन्छौ महानगरपालिकाका इन्जिनीयर रोशन शाक्य बताउछन् ।
महानगरपालिकाले नगरवासीबाट कर लिन्छ भने सहुलिएत पनि दिनु पर्छु प्रवत्ता सुरेश भन्छन् ुयसमा महानगरपालीका र खानेपानी संस्थान बिच एक आपसमा समन्वयको अभाव देखिन्छ ।

No comments:

Post a Comment