Sunday, April 25, 2010

गुठि संस्थानले ध्यान नदिदा उपत्यकामा रहेका राजगुठि अन्तरगत सतल व्यक्ति बसोवास अड्डा
















टेक कुँवर
काठमाडौं बैशाख ६ नागरिक
गुठि संस्थानले ध्यान नदिदा उपत्यकामा रहेका राजगुठि अन्तरगत सतल व्यक्ति बसोवास अड्डा बनेको छ । मंन्दिरको सतल अतिक्रम गरेर वढिजसो संखमुलको जगतनारायण मंन्दिर देखि टेकुको पचली मंन्दिरसम्म बसोवास गरेका छन । क्लब मोटरसाइल वर्कसप र संघसंस्थाले पनि स्थान ओगटेर कामकाज गर्ने गरेको पाइन्छ ।
त्यहा बस्नेको अधिकार छैन । अर्कोको सम्पतिमा बस्नलाई अधिकार पनि दिएका छैनौ । अहिले खाली गरेर के गर्ने २ महिना पछि पुन त्यहि आएर बसिहाल्छन । गुठिसंस्थानका उपप्रशासक सरोज थपलियाल भने विकल्पको रुपमा हामीले सामाजीक कायको लागी सिपमुलक कायक्रम संाचालन गर्ने योजनामा रहेका छौ । जसको लागी सतल प्रयोग गरेवाफत जीर्ण रहेका मठमंन्दिर र सतललाई मर्मत सम्भार गर्न निश्चीत अवधीसम्म प्रयोगमा गर्न दिने सोचमा रहेका छौ । यस्तो गरेमा निकट भविष्यमा मठमंन्दिर र सतलमा पुरातत्व स्वरुप दिन सकिन्थ्यो कि सिपमुलक कार्यक्रम भएमा हटाउन सकिन्थ्यो । एउटा गैरसरकारी संस्थाले केहि समय अगाडि सडक वालबालीकालाई सतलमा राखेर सिपमुलक कार्य गर्नको लागी सतल प्रयोग गर्छु भनेर माग गरेको थियो तर कुनै जानकारी आएको छैन त्यसपश्चात संस्थानले सामाजिक कार्यमा लगाउने निणय गरेको हो । मौलिकतामा परिवर्तन नहुनेगरि पुर्न निर्माण गर्ने शर्तमा संघसस्थालाई बस्न दिने निर्णय गरेका छौ । हरेक पटक हटाउनको लागी प्रयास गर्दा पनि कागजमा मात्र सिमीत रहेका छन उनले बताए ।

स्वदेशि तथा विदेशी साधुसन्त मुसाफीरहरु घुम्न आउदा धर्मशालाका रुपमा बस्नको लागी बनाइएका हुन अहिले आएर यसरी घरजम गरेर बस्नुमा गुठि संस्थानको प्रमुख लापरवाहि नै हो संस्थानका एक कर्मचारीले बताए ।
मर्मत सम्भार नभएकोले सतलहरु जुन प्रयोजनका लागी पहिला बनाइएका थिए त्यसकामका प्रयोग नभएको उनले भने ।
बसोवास गर्दा मंन्दिरको संरचनानै बिग्रको छ । मठमंन्दिर र सतल अनाधिकृत रुपमा प्रयोग भइरहेका छन । जस्तो कि मंन्दिर फोहोर भइरहेको छ गुठिका परुाना घर भएकाले स्टोभ प्रयोग गर्ने गरेका छन आगलागी हनसक्छ आगलागी भएमा पुरातात्तिक वस्तुले बनेका झ्यालढोका रहेका छन ति नष्ट भएमा कसले जिम्बेवारी लिने हो गुठि संस्थान शाखा कायालय काठमाडौका प्रमुख हरि प्रसाद जोसीले भने यसरी कब्जा गरेर बस्नलाई बनाइएका होइनन । धर्मकर्मकाण्डगर्छन भनेर बनाइएका हुन यिमात्र होइनन गठि संस्थानका अन्य ठाउमा रहेका जग्गापनि हडपेको छ त्रिपुरेश्वरमा रहेका आखु अस्पताल भएको जग्गा पनि संस्थानको हो पटक पटक मौखिक र कागजी रुपमा आग्रह गर्दा पनि नटेरेको अवस्थामा रहेको पाइन्छ । कस्लाई भन्ने सरकारले पनि संस्थानको सम्पति माथि राज गरेको छ त्रिपुरेश्वरमा पहरा गण रहेको प्रहरी कार्यालय पनि संस्थानको जग्गा हो त्यहापनि हटाइदिनकालागी गृहमंन्त्रालयलाई आग्रह गदाृ सहयोग नै पाइएको छैन । यी त उदाहरण मात्र हुन मान्छेले मात्र होइनन सरकाले पनि गुठि संस्थानको सम्पति हडपेको छ उनले बताए ।
उपत्यकाका मठमंन्दिर सतल अनाधिकृतमा बसोवास भएको छ । सम्बन्धित निकायले चासो नदिदा सतललाई घरको रुपमा प्रयोग भएको पाइन्छ । परातत्व विभागका अधिकृत हिरण्य वैध भन्छन गुठि संस्थानले यसरी मोटरसाइकल ग्यारेज राख्न दिनु नहुने हो राख्न दिएपनि मंंन्दिरमा चाहिने पुजा पाठका सम्बन्धी सामाग्री राख्नदिए पनि राम्रो हुने पुरातत्व विभागले मर्मत सम्भार मात्र गर्ने यसबारे हामीलाई केहि थाहा नभएको उनि ले बताए ।

त्रिपुरेश्वरको पोणेश्वर मंन्दिरको सतलमा बस्ने बालकृष्ण लामा भन्छन भत्केको चुहेको आफै बनाउछौ म यहि सतलमा जन्मेको हू अहिले सम्म कुनै निकाय पनि मर्मत सम्भार गर्न आएका छैनन । सरकारले हामीलाई यहाबाट उठाएर कहा लगेर राख्छ बस्नको लागी जमीनको टालो दिनु पर्यो तवमात्र हट्छौ । यहि जन्मेका यहि हुर्केका विवाह पनि यहिनै भएको हो यहिनै हाम्रो घर हो यहि सतनलबाट नागरिता पनि लिएको हु उनले भने ।
स्थानिका अनुसार सतलमा बस्ने धेरै मान्छे घरवार विहीन रहेका छन भने कसैको उपत्यकामा महल सरकारी जागीर समेत रहेको छ । जसरी मंन्दिरका सतलमा बसोवास गरेका छन त्यसैगरि मंन्दिरको जस्तो वातावरण पनि भएन गाउघरमा जस्तो टोल हुन्छ त्यस्तै भएका छन । चारैतिर मानिसले वसोवास बस्दा खेरि मंन्दिरको असुरक्षा भएको छ उनले बताए ।
ललितपुरको संखमुलमा रहेको जगत नारायण मंन्दिर पाटनको तलेजु मंन्दिर त्रिपुरेश्वरको महादेवपोणेश्वर रणमुक्तेश्वर वंविरविकटेश्वर पचली टेक नक्सालको नन्दीकिश्वर सोह्खुट्टेको महादेव मंन्दिरमा रहेका सतल गाउनै बनेका छन । त्रिपुरेश्वरमा रहेको जंङग हिरण्ड नारायण मंन्दिरको सतल वाहिर बाट बस्ने पाइन्छ ।

नागरिक दैनिकमा छापिएको समाचार हो

No comments:

Post a Comment