Friday, April 23, 2010

अछाम त्यसै पनि यो जिल्ला एकदम पिछडिएको जिल्लाका रुपमा चिनिन्छ

अछाम त्यसै पनि यो जिल्ला एकदम पिछडिएको जिल्लाका रुपमा चिनिन्छ । मुलुककै सबैभन्दा पहिला मदिरा निशेधित क्षेत्रका सुख्खा क्षेत्र घोषणा गरिएको जिल्ला अछाम हो तर त्यहाको सदमुकाम साफेबगरबयलपाटाश्रीकोट चौखुट्टे बजारको अवस्था हेर्दा यो मदिरा निशेधित जिल्ला हो भन्नुमा त्यति उपयुक्त नहोला । किनकी सदुमुकाम लगाएत व्यापारिक केन्दहरुमा र सिमाना जस्ता विभिन्न स्थान यतिबेला मदिरामय बनेको छ । यहा मदिरा सेवन गर्नेहरुलाइ त लाज लाग्ने कुरै भएन मदिरा बेच्नेहरुले समेत आफूले गैरकानुनी धन्दा गरेकोमा चिन्ता छैन । प्रहरी प्रशासनको भने आखामा धन्दा वालाले कालो चस्मा लगाइदिएको अवस्था रहेको छ । सरदमुकाम लगाएत अछाममा यतिखेर प्रायजसो सबै स्थानका २ चार पसल बाहेक लेवल र घरेलु मदिरा सेवन टन्न पाइन्छ । यतिमात्र नभएर यहाका चिया पसलले कपडा सिलाउने किनारा पसल आदि ठाउमा मदिराको व्यापार फस्टाइरहेको छ तर त्यसको फाइदा केवल सोसक व्यापारिहरुले लिने गरेको पाइन्छ । यहाका बासीन्दाले भोग्न परेको पिडाबारे कसैलाइ ज्ञान छैन । प्रत्येक महिना प्रहरीप्रशासनलाई प्रतिमहिनाको हिसाब बाडेर एक त राजस्वमा कमी भएको छ । अन्य व्यावसाय गर्ने व्यापारिका पसल घर डेरामा समेत चाहेको बेलामा समेत अछामी रक्सीको खुल्ला रुपमा चुस्की लिन सकिने अवस्था रहेको छ । कतिपयले त अन्य व्यावसाय छोडेर समेत मदिरा व्यावसायमा लागेको पाइन्छ । बिहानै उठेर मदिराको चुस्कि लिनेहरु पनि यहा प्राय कमै मात्रामा रहेको पाइनछ ।यतिखेर अछामका दरुवाहरु इज्जत नभएकाहरु वरवरउने गाली बेज्जतले गर्ने गर्दछन । यहा बान्ड लेवलको घरेलु मदिराउत्पादन नभएपनि त्यो भन्दा मह्रगो घरेलु मदिराका दजौनो भटटीहरमा साचालीत छन भने बान्ड लेवलको मदिरा समेत यहा सजिलैसंग पाइने गरेको छ ।
अछामकै भटटीमा उत्पादित हुने मदिरा स्वास्थ्यको लागी गुण्स्तरहिन भएपनि एक कप चिया गिलास बरावर रु २५ बिक्ती हुने गरेको पाइन्छ ।
अछामको स्थिति आजात रहेको छ । विहानै बाट बिक्री वितरणहुने मदिरा बाट अछुतो कुनै वर्ग रहेको छैन । मदिरा उत्पादकहरु बिहानै बिहानै हुलाक बाडेझै आआफ्नौ विक्री केन्द्धमा मदिरा पुयाउछन भने ग्राहकहरुलाइन लागेर निडरका साथ विहानको सुर्यदयबाट बेच्ने गरेका छन ।
अछामको मदिरा को समस्यालाइ गम्भीरताका साथ कसैले उठाएको पाइदैन । कहि कतै बाट सुन्नमा आएको पाइएको पनि छैन ।
बुद्धिजीहरुनै मदिराको कारोवारमा तथा सेवनमा प्रत्यक्ष अप््रत्यक्ष रुपमा लागी परेका हुन्छन । यहाको मदिराको अवस्था हेदा कानुनको खिल्ली उडाएको पाइन्छ । एकातिर राज्यले कर बाट ढगीनु परेको छ । सेवन कर्ताको स्वास्थ्यमा नराम्रो असर परेको पाइन्छ भने पैसाको र्बबादीभएको छ । अव पछाीड फकैर नजाउ सबैले एकै चोटि सोचौ र अछामको मदिरालाइ कसरी यस्तै हुन नदिने वा बन्द गर्ने कि खुल्ल्ाा गर्न तपाइहामीले सोचौ व्यापक छलफल गर्न त्यसका लागी स्थानिय प्रशासन राजनितीज्ञ बुद्धिजीवीवर्ग राजनितीक दलका नेर्ता कायकता समाजसेवि संाचारकर्मी कानुन व्यावसायी लगाएतका सबै वर्गले आम सहमतीकोमा बन्द गर्ने कि खुल्ला गर्नेमा ध्यान सबैको जाआस भन्नेृ मेरो चाहान रहेको छ । हाल आएर उहाको स्थितीलाई नियाले हेर्ने हो भने लज्जापस्द एवम पिडादायीक बनेको छ । ड्इ एरिया रुपमा भए पनि किन यहा खुल्ला रुपमा जाड रक्सी को व्यापार हन्छ । किन यसमा कुनै निकायले ध्यान दिएको छ । न कुनै राजनितीक पार्टीले ध्यान दिएको छ । सरकारले के गदछ भनेर सर्वसाधारण अछामी जनता हेरेर बसेका थिए तर कालो बजारीयाहरुलाई रोक्नमा कति सक्षम रहेको छ हेदै जाऔ अछामी जनता । गृहमंन्त्री भिम रावल पाकिस्तानका राजदुत बलबहादुर कुँवर पूर्व आईजिपि को गृह जिल्ल्ाा भएकाले हो कि मदिरामय बनेको । वेरोजगारको चुल्होमा आगो बल्न सकेको छैन मदिराका कारणले किनभने घरको मुली मान्छे नै भट्टी धाउन थालेपछि कसरि बलोस त चुल्होमा आगो यस्ता थुप्रै घटना रहेका छन । मदिराका कारण ले घरवार विहीन बनेका । जती विकास भएपनि अछाममा मदिराकारोवार गर्नेले विकासको रकम जति मदिरामा भएको छ । खुल्ला एरियामा पाइने ब्रान्ड लेवल मदिराको अछाममा तिन पाँच गुणाज्यादा तिरेर किन्नु परेको छ । एक त स्वास्थ्यका लागी हानिकारक मदिरा पाइन्छ भने अर्को अचुक पैसा तिनु पर्ने अवस्था रहेको छ ।
टेक कँुवर
अछाम श्रीकोट
naulaghar@gmail.com

नागरिक दैनिकमा पाठ पत्र २०६७ बैशाख ९ गतेकोमा

No comments:

Post a Comment