Sunday, April 25, 2010










टेक कुँवर
काठमाडांै वैशाख १२ नागरिक - काठमाडांैको मच्छेगाउ गाविस २ मा रहेको मच्छेनारायण मंन्दिरमा २८ दिने मलमास मेला लागेको छ । प्रत्येक ५ वर्षमा २ पटक मलमास पर्ने भएकोले त्यस समयमा २८ दिने मेला लाग्दछ । अधिकमासको शुक्ल प्रतिपदा देखी औसीसम्म २८ दिन मच्छेनारायण मंन्दिरमा मेला लाग्नेगरेको छ । मलमास लागेकाले २८ दिन सम्म लाग्ने मेला गत २ गते बाट सुरु भएर ३१ गते सम्म लाग्नेछ ।

मेला अवधिभरको लागी ३१ सदस्यीय पूरुषोतममास मेला व्यवस्थापन समिति गठन गरेको छ आयोजक टोलीका संयोजक प्रेम बहादुर शाही भन्छन अघिल्लो वर्षको भन्दा यस वर्षको मेलामा भिड बढेको छ दैनिक २ हजार २५ सय जति दर्शानार्थी दर्शन गर्न आएका छन हाम्रो लक्ष्य ५ देखि १० लाख सम्म दर्शानार्थी भित्राउने ओजना रहेको छ । धेरै भिडभाड भएकोले यातायातको लागी थप गाडीको व्यवस्था गर्नको लागी हाम्रो राजधानी यातायात कृर्तिपुर यातायातलाई गाडि बढाइदिनको लागी आग्रह गरेका छौ ।
स्थानियका अनुसार यस भन्दा अगाडि लाग्ने मेलामा पानीको व्यवस्था थियो तर यस मलमास मेलामा पोखरीमा पानि भएकाले दर्शानार्थीहरुले आन्नदले शुद्र भई नुहाउन पाउथे भने १४ वटा धारामा पानि आउथ्यो भने यस वर्ष सबै धारामा पानि नआएका कारणले दशानार्थीलाई समस्या परेको छ ।
विष्णुका दश अवतार मध्ये पहिलो अवतार मत्स्यअवतार रहेको छ । वेदका सृष्टिकर्ता ब्रम्हा निदाइ रहेका अवस्थामा हृयग्रीव दानवले वेद चोरेर लगेका हुनाले वेदलाई फिर्ता ल्याउनका लागी पालनकर्ता विष्णुले माछाको रुप लिएका हुन श्रीमद् भागवत महापुराणमा राजा सत्यव्रत समुद्रको किनारमा नित्यकर्म गदै थिए । त्यसका लागी पानीउठाउदा उनको अंजुलीमा सुनौलो माछा आइपुग्यो । त्यसमाछालाई पुन समुन्द्रमा छोड्न लाग्दा उसले भन्यो राजन मलाई म भन्दा ठुलो माछाले खान्छन मलाई कोहिले नखाने एक्लो ठाउमा राखीदेउ भनेर त्यस माछाले भन्यो । त्यसमाछा राजाले कमण्डलुमा राखे तर त्यो माछा रातभरि कमण्डलुमा नअट्ने भयो ।त्यसपछि त्यस माछालाई कुवामा राखियो । कुवामा पनि साधुरो भयो भनेर पोखरीमा राखियो त्यहा पनि साघुरो भयो भनेर माछाले फेरि पोखरिमा पनि साघुरो भयो भनेपछि राजाले त्यसमाछालाई समुन्द्रमा पु्याक्ने विचार गरे त्यस बेला पनि माछाले पुन त्यहि कुरा दोह्यायो महाराज मलाई यहा ठुलो माछाले खान्छ त्यसैले समुन्द्रमा नफ्याक यो सुनेपछि राजालाई संङ्का उत्पन्न भयो तपाई साधारण प्राणी होइन कृपण तपाई मलाई आफनो पुरा परिचय दिनुहोस त्यस पश्चात त्यो माछा विष्णु भगवान प्रकट भए । त्यसपछि आफ्नो हृयग्रीवको संहारका लागी जानलागेको विष्णुले बताए त्यो विष्णु रुपी माछा राखीएको पोखरी अहिले त्यहि पोदरीमा मंन्दिर रहेकॊ छ । पुजारी सुदामा आर्चाले भने त्रेतायुगमा कुवा उत्खनन गर्दा सुनको माछा पाइयो त्यसपछि त्यस ठाउमा मच्छेनारायणको मंन्दिर स्थापना भएको कुरा पौराणकि कथनअनुसार रहेको छ । प्राचीन इटा र प्रस्तर कलाको प्रयोग गरेर बनाइएकोले मंन्दिर भित्र एक वर्ग मीटर चौडा ठाउको बिचमा मत्स्यनारायणको मुर्ती रहेको छ ।
मलमास मेलाले पर्यटन वर्ष २०११ का लागी नेपालमा भित्रियका बाह्य लाई केहि पर्यटकलाई सो मेलामा भित्राउनको लागी विभीन्न स्थानमा प्रचार प्रसार गरिएको आयोजक समितिले बतायो ।
मत्स्यनाराणय मन्दिरमा लागेको मलमास मेलामा गुठि संस्थानले पुजा आजाको लागी सामान्य खर्च मात्र व्यहोदै आएको छ पहिलाको जस्तो सम्पूण खर्च व्यहोरेको छैन काठमाडौं शाखा प्रमुख हरि प्रसाद जोशीले भने मच्छेनारायण क्षेत्र विकास समिति भएकोले त्यस समितिले सम्पूर्ण आम्दानी लिने र मेला संाचालन गर्ने जिम्मा समितिको रहेकोछ उनले बताए ।

No comments:

Post a Comment