Sunday, April 25, 2010

नक्सालकी कान्छी बज्यै लाई पनि दर्शन गर्न क्रममा उनको पनि निधारमा चोट












टेक कुँवर
काडमाडांै ४ बैशाख नागरिक
ग्ात हप्ता मोहन प्रसाद र उनकी श्रीमती बिन्द्रा रेग्मीको नन्दीकेश्वर मंन्दिरमा दर्शन गर्ने क्रममा मंन्दिरको छाना खसेर टाउको चोट लागेर टाका लगाउनुनै पर्यो । त्यसैगरि नक्सालकी कान्छी बज्यै लाई पनि दर्शन गर्न क्रममा उनको पनि निधारमा चोट लागेछ ।
नक्साल स्थित नन्दीकेश्वर बहालमा रहेको नन्दीकेश्वर महादेव मंन्दिरमा भएका घटना हो जुन लामौ समय देखि मर्मत सम्भार नगर्दा पूर्णरुपमा भत्किने अवस्थामा रहेको छ । यस्ता थुप्रै घटना घटेका छन पुजारी वालकृष्ण गुरागाइले बताए । यि त केहि दर्शानार्थीहरुका उदाहरण मात्रहुन । छाना भत्केरर पानि चुहिन थालेको झण्डै १२ वर्ष भयो ।
त्यसैगरि थापाथलीको पोणेश्वर मंन्दिरको गजुरबाट कोल्टे फेरेर मंन्दिर भित्र पानी चुहिन थालेको २० औ वर्ष भयो । यस्तै अवस्था वसन्तपुरमा रहेका मंन्दिरहरुकने अवस्था पनि कम छैन । गोरखनाथ चारगणेश तलेजु मंन्दिरलाई पनि छानामा टायलको ठाउमा कतै कतै टिनको पाताले पानीरोक्नको लागी विकल्पको रुपमा प्रयोग गरेको पाइन्छ । थापाथली पोणेश्वर मन्दिरमा बसोवास गदैआएका काले नगरकोटीले भन्छन दशै तिहारमा आफै पैसा उठाएर रंगरोगन गर्न गरेका छौ ।भत्के भत्कोसबिग्रे बिग्रोस सम्बन्धीत निकायलाई केहि चासो छैन । पिपल उम्रेको १० औ वर्ष भइसक्यो कुनै निकायले ध्यान नै दिएका छैनन उनले बताए ।
त्यस्तै अवस्थामा अर्को मंन्दिर पनि रहेको छ जो कालमोचन त्रिपुरेश्वरमा रहेको जंग हिरण्ड नारायण मंन्दिरको चौकुनामा रहेका िसंहका मुर्तीको रंग उडेको वर्षौ भइसक्यो र हिरण्ड नारायण मंन्दिरमा पिपलको बोट उम्रेर पानी चुहिनथालेको पाच बर्ष भइसक्यो । त्रिपुरेश्वरमा रहेको महादेवको मंन्दिरको उत्तर पटिटको भाग मर्मत सम्भार भएपनि अन्य भाग मर्मत सम्भार गनुपर्ने अवस्थामा रहेका छन । पशुपति क्षेत्र भित्र पर्ने मृगस्थलीमा रहेका मठ मंन्दिरमा रहेको गोरखनाथ मंन्दिरको अवस्था पनि दहनिय रहेको छ । काडमाडौ शहरमा रहेका धेरै मठमंन्दिर मर्मत सम्भार गर्न नसक्नाले जीर्ण बन्दै गएका छन ।sाठमाडौ महानगरपालीका गुठि स्ंास्थान र पुरात्व विभाग बिच एक आपसमा मर्मत सम्भारको लागी र कसले के काम गर्न हो त्यसको निक्याल नहुदा मठमंीन्दर जीर्ण अवस्थामा रहेका हुन । काठमाडौ महानगरपालीका भवन तथा सम्पदा महाशाखा प्रमुख इनद्रमान सिहं सुवालले बताउदछन नियमीत मर्मत सम्भार ठिक समयमा नहुदा काठमाडौंका धेरै मठमंन्दिरको अवस्था जीर्ण छ । २०२४ सालदेखि मर्मत सम्भार नगरेका मठामंन्दिरलाई एकैचोटि अहिले मर्मत सम्भार गर्दा समस्या परेको हो ।
काठमाडौका मठ मंन्दिरको जीर्णद्रार मर्मत सम्भार तथा रेखदेख नियमीत रुपमा नर्गनाले अधिकांस मठमंन्दिर चुहेको भित्ता चर्केकार टँडाल तथा गजुरलगाएका संरचना टुटेफुटेका रंगरोगर्न नगर्दा पुरानो अवस्थामा देख्न पाइन्छन । उपत्यकामा भएका मठमंन्दिरलाई रंग निक्लेर खाली इटाढुङगा मात्र देखिन्छन लगाएक्ो सिमेन्ट समेत उप्कीसकेका छन गुठि संस्थानका कमचारीले बताए ।
गुठि संस्थानले अधिकरण मात्र गर्ने मात्र हो भूमिका निवार्ह गर्नुपर्ने काम केहि पनि गरेको छैन । पुरात्व विभागमा मर्मत सम्भारका लागी सिमीत बजेट भएकाले मर्मत सम्भार गर्नलाई समस्या परेको हो ।सतल पार्टी पौवामा धेरै वजेट लाग्ने भएकाले मर्मत सम्भार गर्नलाइ समस्या परेको । उपत्यकामा न्यूनतम ८ सय ८० भन्दा वढि मंन्दिर रहेका छन । पुरात्व विभागका अनुसन्धान अधिकृत मोहन िसंह लामाले बताए । मर्मत सम्भारको योजनामा परेपछि मात्र मर्मत सम्भार गर्ने गरेका छौ कसरी एकैसाथमा मर्मत सम्भार गर्न सकिन्छ टेक दोभान देखि संखमुल सम्मसतल पार्टि मर्मत सम्भार गर्नुपर्ने छन कसरी सबै लाइ मर्मत सम्भार गर्न सकिन्छ विस्तारै सम्भार गर्ने छौ । एक त हामीलाई थोरै बजेटले देशभरिका पुरात्वमा लगानि गर्नमा पैसा पुग्दैन पुरात्व विभागका अधिकृत हिरण्ड वैधले बताए ।
गुठि स्ंास्थानका उप प्रशासक सरोज थपलीया का अनुसार गुठि संस्थानले राजगुठिको मात्र मर्मत सम्भार गर्ने गरेको छ । निजी गुठिको व्यावस्थापन गदैन । पर्व पुजा र जात्रा साचालन गर्नमा वार्षिक ३ करोड रुपैया खर्च गर्छ । मालपोत र मोहिबाट कुत लगाएर वार्षिक २ करोड जति कमाइ हुन्छ र अन्य रकम संस्थानको वहालबाट बैङ्क व्याज बाट आउने रुपैयाबाट खर्च गर्ने गरेका छौ । पटक पटक सरकारलाई संस्थानको जग्गा उपभोग गरेवाफत पाउने रकम लागी गुहादा पनि उहाहरुबाट केहि सुनुवाइ नभएको संस्थान अन्योलमा परेको छ । सरकार बाट पाउने रकम पाएमा मर्मत सम्भारको लागी केहि राहत मिल्थ्यो कि आम्दानी अनुसार ६८ जिल्लामा मर्मत सम्भारको लागी रकम पुयाउनुनै पयो थोरै रकम भएकोले सामान्य मर्मत सम्भारको लागी संरक्षण गर्ने गरेका छौ उनले बताए ।
यो समाचार बैशाख ५ गते नागरिक दैनिकमा छापिएको हो ।

No comments:

Post a Comment