Friday, January 8, 2010

अग्रेजी नामबाट धम्काउने पक्राउ

अप्रेसन ग्याङ्गको नामबाट फोन धम्की दिइ फिरौती माग्ने दुई जनालाई बुधवार प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।

रसुवा लहरेपौवा आठ का ३० बर्षिय राजु लामा भन्ने राजु स्याङवा र काठमाण्डौ सामाखुसीका २१ वर्षिय प्रताप बस्नेतलाई महानगरीय प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको छ ।
केहि समय अगाडीदेखि उनीहरुले व्यापारी मेनपावर जग्गा दलाल तथा विभिन्न संघ सस्थामा कार्यरत व्यक्तिलाई फोनबाट १० लाख सम्म रकम माग्ने र सो रकम नदिएमा ज्यान मार्ने धम्की समेत दिने गरेको बताउदछन पिडित चन्द्रा पौडेल ।
पुख्यौली वस्तु संकलन केन्द्र संाचालन गदै आइरहेकी छिन उनी मात्र हैन उनि जस्तै अन्य २४ व्यावसायीहरुलाइ पनि धम्काउने गरेको पाइन्छ । उक्त अप्रेसन ग्याङ्गको उनीहरुको नाममा २४ वटा उजुरी प्रहरी कार्यालयमा परेको थियो ।
पिडीतहरुको प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा उनीहरुलाई प्रक्राउ परेको बताउनुहुन्छ हनुमान ढोकाका प्रहरी वरिष्ठ उपरिक्षक जय बहादुर चंन्द ।
फिरौति मागेको भनी उजुरी दिए उपरिक्षक चंन्दले बताए । अनुसन्धान पश्चात उनीहरु लाई कार्वाहीको लागी महानगरीय प्रहरी परिसरकाठमाण्डौ लगीएको छ । राजधानीमा उक्त अप्रेसन ग्याङ्गको धरैजनाको समरह रहेको छ ।

No comments:

Post a Comment