Thursday, January 28, 2010

ददिकोटको यात्रा काठमाण्डौको तीनकुने देखि

सुर्यविनायक सम्मको सडक जापानिज सरकारले ६ लेनको रुपमा पिच गदैछ । पिच गर्नका लागी सडक तिनकुने देखि नयाबाटो ठिमी संम्म उसले आफ्ना गाडी निर्माण सामाग्री रोड बनाउदै गर्दा गाडी गुड्नलाई समस्या परेको छ । मलाई दधिकोट जानुपर्ने छ । तिनकुने देखि नयाँबाटो ठिमी सम्म जहाको गाडिमा गएपनि हुन्छ भनेर म १० नंम्बर माइक्रोमा चढे तिनकुनेबाट । प्राय छिटो हिड्ने र पुग्ने भएकाले होला म प्राय जसो साना सार्वजनिक यातायातमा यात्रा गर्दछु । बनिरहेको बाटो भएर होला खाल्डा खुल्डी छरपस्ट देखिन्थे । भक्तपुरको माइक्रो त्यहिमाथि भिडभाड ठेलमठेलागरेर यात्रीलाई चढाउने ओराल्ने काम थियो सहायक डाइभर भाईको काम । म सहितका यात्रुलाई उफार्दै माइत्रो लोकनथली आइपुग्यो । त्यहा एक जना भद्ध युवत्ति चढिन् । मेरो सामुन्नेको सिटमा बसेका एक जना स्कुल पोसाकमा सजिएका भाइले उनलाई बस्नलाई आग्रह गर्यो । मोटि मोटि गोरी गोरी कालो गग र मास्क प्रयोगले अनुहार ढाकेको थियो तिनको । तैपनि माघ महिनाको टन्टलापूर घाम तिनको लागी नै लागेको रहेछ । तैपनि सानो खालको कालो स्कर्ट र सेतो रडको सर्टमा उनि खुबै खुलेकि थिइन् । मैले त अन्तर्राष्टिय आतंकको रुममा स्वाइन फ्लु लिएको र किन मास्क लगाउने भनेर माक्स नै बोकेनछु । यहाको बाटोमा स्वाइन फ्लुभन्दा पनि भक्तपरको धुलो पो रैछ ति युवतत्रको मास्कले अनुहार छोपेको कारण पत्ता लगाएर छोडिहाले म पनि कँहाको कम । यहाको धुलो बाट बच्नको लागी माक्स प्रयोग गर्ने मानिस बग्रति सबैको अनुहार छोप्ने गरि देखिन्छ । माइक्रो चढेको केहि मीनेट मा तिनले आफ्नो माक्स खोल्दै भनिन् गुरु जि अलि राम्रो क्यलन । लगाउनु न । डाइभर पनि कहुका कम थिए उनले पनि लता किस्वका गानाले पो ति युवतिलाई्र हुरुडग बनाएको । तिनकुनेबाट हिडेको माइक्रो करिब बल्लबल्ल्ा १ घण्टा लगाएर नयाबाटो ठिमी काइक्रो स्टेशनमा पुयायो । ती युवति टिबि अस्पताल अगाडी पो झरिछन संडकाइ संडकाको दुनिया मनमनै कुराखेलाउदै ददिकोट घरमा पुगेको थाहानै भएन ।

No comments:

Post a Comment