Friday, January 29, 2010

१४ ज्ोष्ठ २०६७ मा नयाँ सविध्ाान ! नबने के हुन्छ

संविधान निर्माणको एकमात्र उद्देश्यका साथ २०६५ चैच २८ मा संपन्न संविधानसभाको निवार्चन मार्फत गठित संविधान सभाले ले २०६७ जेठ १४ गते भित्र मुलुकमा नयु संविधान निर्माण गर्नु पर्ने संवैधानिक व्यवस्था र जनमतको वेवास्था गर्दै सत्ता परिवर्तनलाई मुख्य चासोको विषय बनाउदा अब निर्धारित बाँकी ४ महिनामा नयाँ संविधान बन्छ कि बन्दैन भन्ने बहस सतहमा आउन थालेको छ । यो विषय लेखिरहदा ९औं पटक संशोधन भैसकेको संविधान सभाको कार्यतालिका प्रकाशन पछि पाठकको हातमा पुग्दा १०औं पटक संशोधन भैसकेको भए पनि अनौठौ नमाने हुने भएको छ । हाल सम्म्ाको संविधानलेखनको गति बाँकी काम र निर्धारित समय हेर्दा प्रमुख राजनैतिक दलका आधा रातमा सम्पन्न गर्ने पुराना केही चमत्कारीक राजनैतिक सहमति जस्तै केहि भै नहालेमा निर्धारित समयमा संविधान बन्न नसक्ने आजको तर्क सहि हुन सक्ने संभावना प्रबल बन्दै गैरहेको छ । करिब सबै समितिहरुले प्रारम्भिक अवधारणापत्र तथा मस्यौदा तयार पारिसकेता पनि प्रमुख राजनैतिक दलहरुबिचको चुलिदो असमुदारी र समितिका मस्यौदाहरुमा रहेका थुप्रै फरक मत हेर्दा दैविशत्ति बाहेक अरुले सहजै सबै विषयहरुमा सहमति जुटाउन सक्छ जस्तो नलाग्नु स्वाभाविक नै हो । अझ राज्यको पुनःसंरचना एवं राज्य शक्तिको बाँडफाँड र राज्यको शासकीय स्वरुप जस्ता प्रमुख मुद्धाहरुमा झन बढी विबाद र फरकमत रहेका छन् । यस्ता दुरगामी प्रभाव पार्ने महत्वपुर्ण विषयहरुमा अझ बढी छलफल बहस समझदारी र सहमति जरुरी थियो । यसर्थ समितिमै ब्यापक छलफल र सहमति जरुरी भएका विषयहरुमा समेत आवश्यक छलफल भएको पाइएन । यस्ता मुद्धाहरुलाई सहमतिमा ल्याउन अनौपचारिक तथा अन्त्ारदलिय छलफल गर्नुपर्नेमा त्यसको पनि अभाव भएको छ । जसले गर्दा समतिहरुका मस्यौदा तथा अवधारणापत्रमा विषयबस्तु कम फरकमत ज्यादा रहेका छन् । अनौपचारीक तथा अन्तरदलिय संवादको संस्कार विकास गर्न नसक्दा सामान्य ब्यक्तिगत विचारहरुले पनि संविधान सभामा प्रबेश पाएका छन् । जसले अन्तत संविधान निर्माण प्रकि्रया र समयलाई अनाश्यक लामो बनाउने निश्चित छ जसको परिणाम संविधान निर्माण झन झन जटिल र लामो बन्न जान्छ । तसर्थ यि तथ्यगत आधारमा संविधान समयमै बन्दैन कि भन्ने तर्क अब बलियो बन्दै गैरहेको छ । जनताको म्याण्डेट र अन्तरिम संविधानको संवैधानि व्यवस्था १४ जेष्ठ २०६७ भित्र नँया संविधान नबने के हुन्छ देशमा कहाँ पुग्छ नयाँ नेपाल निमार्णको प्रकि्रया संवैधानिक संकटको अपब्याख्या या आफु अनुकुल ब्याख्या गर्दै प्रजातान्त्रिक आवरणको नया तानाशाह के छन् संभावना के छन उपाय स्वायक्त शासनको यो अंकमा यही बिषयलाई मुख्य विषयका रुपमा छलफल गरिएको छ ।
आकाश नै ख्ास्ने होइन
खिमलाल देवकोटा सभासद एनेकपा माओवादी
जनतामा जानुपर्छ
शेर बहादुर के। सी। पुर्व बार उपाध्यक्ष
थुप्रै उपाय छन्
हरिकृष्ण कार्की कानुनविद
संविधान सभाको अवधि बढाउनु पर्छ
सरिता गिरि सभासद सद्भावना आन्ान्देवी

No comments:

Post a Comment