Thursday, January 14, 2010

उपत्यकाका कुख्यात डाकाहरु प्ाक्राउ

श्रृखलाबद्ध तरिकाले अपराध गर्ने काठमाण्डौका पाच्ा डाकाहरुलाइ विहीबार अपराध अनुसन्धान विभागले सार्वजनिक गरिएको छ ।


कपन राममंन्दिरका १९ वर्षिय काले भन्ने सुनिल तामाड बोहराटार का ३२ वर्षिय गगन तामाड गंगबु बस्ने २२ वर्षिय बिक्रम तामाड बालाजुका २४ वर्षिय राज लामा चण्डोलका ४२ वर्षिय नारायण विश्वकर्मा लाइ सार्वजनिक गरीएको हो ।

उनीहरुले भद्रकालीका संकर पाण्डे को घरबाट रु ७ लाख सम्मको धनमाल कपन का मेजर नवीन कुमार झा कोृ घरबाट रु डेढ लाख सम्मको धनमाल आरुबारीका आडआली शेर्पाको घरबाट अन्दाजी रु १५ लाखको धनमाल लुटेको देखिन्छ र उनीहरुजस्तै अन्य नागरिकहरुले पनि उनीहरुका नाममा उजुरी परेको अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरिक्षक रण बहादुर चंन्द बताउनुहुन्छ ।


पक्राउ पश्चात उनीहरुले उपत्यकाका १५ घरहरुमा अपराधमा संलग्न रहेको पाइएको छ चंन्द बताउनुहुन्छ ।


लुटेको धनमाल बाडी सो पैसाले रेष्टुरेन्ट जाने गेष्ट हाउस बस्ने मोटरसाइकल तथा जग्गा समेत खरीद गर्ने गरेको अनुसन्धानमा देखीन्छ ।

बास्तबिक नाम नबताउने बस्ने ठाउ नदेखाउने तथा घटना घटाए पछि उपत्यका बाहिर गइ बस्नेा गरेको समेत पाइन्छ ।


विभिन्न देशका रुपैया व्यक्तीका राहादानी मोबाइल रड नेपाली सेनाको बम्ब्याट ज्याकेट उनीहरुबाट फेला परेका छन ।
अहिले चोरी तथा लुटपाट गर्ने समुह सकि्रय रुपमा उपत्यकामा विभिन्न क्षेत्रहरुमा संगठित रुपले संलग्न भएको पाइन्छ ।


उन्ाीहरुलाइ पक्रने क्रममा प्रहरी घाइते भएका छन ।

No comments:

Post a Comment