Tuesday, January 26, 2010

हो म असक्षम थिएँ


हो म असक्षम थिएँ
गाढा निद्रा र मिठो सपनापछि ब्यूझन्थें
हल्का कुहिरो अनि रातो घाम लागीरहेको हुन्थ्यो
जतिबेला म तिम्रो बाटो हेरिरहन्थ्ये ं
तिमी नआउदा दुख लाग्थ्यो
आएपनि बोल्न सक्ने खुबि थिएन
हो म असक्षम थिएँ
आखिरी वर पीपल पनि त हेराहेर मात्रै गर्थे ॥
रातो घाउ टन्टलापुर बन्न पुग्थ्यो
मेरो छायाँ सानो बन्दै जान्थ्यो
लाग्थ्यो छाया अब आफैमा हराउनेछ
चिटचीट पसीना आउँथ्यो
म बाध्य हुन्थ्ये त्यस वरप्ािपलको सहारा लीन
म वरपीपलको काखमा ब्ास्थे
जतिबेला म तिम्रो बाटो हेरिरहन्थें
हो म असक्षम थिएंँ ॥
फेरि सूर्य ढल्किन पुग्थ्यो
आफ्नै छाया लामो हुन पुग्थ्यो
आशा बढ्यो निराशा घट्थ्यो
जसरि सूर्य अस्ताएर जुन आउँथ्यो
म बाध्य हुन्थें त्यही वरपीपलको सहारा लीन
अनि सोंच्थे मैले अप्सराकी छोरि गुमाएँ
मैले इर्शवरको वरदान गुमाएँ
अनि फेरी तिम्रो बाटो हेरिरहन्थे
हो म असक्षम थिएँ …
प्राय जसो कर्कले उमेरमा देखिरहने मायाका पिडा हुन यी । छु भनेर नमातिनुहोला केवल एक दिन बागमतीको फोहर पानिमा पनि जल्नलाई मुस्किलै पर्ला । सक्छौ् भने सेवा क्ेलाइ भनीन्छ एकपटक गरीदिएरत हेर । सबौ सुखी सम्पन्न भनेझै । नोवेल साइलैन्स ।

No comments:

Post a Comment