Thursday, January 28, 2010

बाच्नु सानोतिनो कुरो होइन


जिउन सजिलो छ


अब मलाई जिउन सजिलो छ
कुनै पीडाले पोल्दैन मलाई
कुनै काडाले घोच्दैन मलाई
म त यि सब भोगेर आएको छु ।
पीडाको अनुभुति संग जुध्न गाह्ो छ
बाच्नु सानोतिनो कुरो होइन
पीडासंग जुध्नु भन्दा मर्नु नै सजिलो छ ॥
किनभने प्रत्येक कुराको चरण बिन्दु हुन्छ
चरम बिन्दुपछि
पीडाहरुले पोल्दैन
बाधाहरुले पिरोल्दैन ।
तर पनि अझै फूलहरु किन फूल्छन्
खै मलाई त अच्चम लाग्छ
किनभने मलाई अन्धकार नै प्यारो लाग्छ
अन्धकार मै म उज्यालो भेट्टाउछु
वास्तविक उज्यालो त
वेल्डिड्ग गर्ने मेसिनबाट निस्केको जस्तो आखानै खाने जस्तो लाग्छ ।
किनभने मलाइ अन्धकार नै प्यारो लाग्छ
अन्धकारमै म उज्यालो भेटाउछु ।
त्यसैले अब मलाई जिउन सजिलो छ
किनभने म अन्धकारमा छु ॥

No comments:

Post a Comment